Connect with us

सामाजिक अभियान्ता निराज रानाभाटज्यूूकाे पहलमा बाँके जिल्लाको कोहलपुरकाे एक घरपरिवारले राहत पाएका छन्

कोहलपुर , बाँके – विश्वव्यापी  महामारीको  रूपमा  फैलिरहेकाे  काेराेना  भाइरस ( काेभिड – १९ )  ले  गर्दा  नेपाल  सहित  विश्वका  धेरै  देशहरूमा  अहिले  लकडाउन  भइरहेको  छ । नेपालमा  मिति  २०७६  साल  चैत  ११  गते , मंगलबार , बिहान  ६:००  बजेदेखि   अहिलेसम्म  लकडाउन  भइरहेको  छ । अहिले  नेपालकाे  ७७  वटै  जिल्लाकाे  विभिन्न  ठाउँमा  राहत  वितरण  भइरहेको  छ ।

नेपालकाे  प्रदेश  नम्बर  ५  मा  पर्ने बाँके  जिल्लाको  कोहलपुर  नगरपालिका -११, नयाँ  बस्ती , क्रिकेट  मैदान , सुकुम्बासी  निवासी  माग्या सार्कीकाे  घरपरिवार  अहिले  केही  राहत पाएका  छन् । सामाजिक  अभियान्ता  निराज  रानाभाटज्यूूकाे  पहलमा  माग्या  सार्कीको  घर  परिवार  राहत  पाएका  हुन् । माग्या  सार्कीको  घर  परिवारले  २०  किलोग्राम  चामल  र  दुई  किलोग्राम  दाल  पाएका  छन् । माग्या  सार्कीको  घर  परिवारमा  श्रीमती , एउटा  छाेरा  र  एउटी  छाेरी  रहेको  छन् , छाेरा  भने  अहिले  भारतकाे  सिम्ला  शहर  मजदुर  काम  गर्ने  गर्छन् । माग्या  सार्की  भने  आफ्नो  घर  नजिकको  सडक  पेटीमा  जुत्ता  र  चप्पल  सिलाउने  काम  गर्छन् । अहिले  नेपाल  लकडाउन  भइरहेको  कारणले  माग्या  सार्की  काम  गर्न  पाएका  छैन ।

 

केही  दिन  अगाडि  माग्या  सार्कीकाे  छाेरा  सुरेन्द्र  सार्कीले  भारतकाे  सिम्ला  शहर  बाट  सामाजिक  अभियान्ता  निराज  रानाभाटज्यूूलाई  सामाजिक  संजाल  फेस्बुकमा  नेपालमा  आफ्नो  घरपरिवारले  राहत  नपाएको  गुनासो  गरेको  थिए । साथै  नेपालमा  आफ्नो  खेतबारी  नभएको , बुबाआमा  बृद्ध  भइसक्नु  भएको , आमा  समयसमयमा  बिरामी  भइरहनु  भएको , आदि  कुराकानी  समेत  गरेका  थिए । त्यसपछि  सामाजिक  अभियान्ता  निराज  रानाभाटज्यूूूूले  बाँके  जिल्लाको  कोहलपुर  नगरपालिकाको  वडा  नम्बर  ११  काे  वडा  अध्यक्षज्यूूसँग  कुराकानी  गर्नुभएको  थियो । साथै  सामाजिक  अभियान्ता  निराज  रानाभाटज्यूूूूले  माग्या  सार्कीसँग  समेत  कुराकानी  गर्नुभएको  थियो ।

राहत  पाएपछि  अहिले  माग्या  सार्कीको  घरपरिवार  खुसी  भएका  छन् । भारतकाे  सिम्ला  शहर  बाट  सुरेन्द्र  सार्कीले  सामाजिक  अभियान्ता  निराज  रानाभाटज्यूूलाई  सामाजिक  संजाल  फेस्बुकमा  ` हजुरलाई  धेरै  धन्यवाद  सर ´ भनेका  थिए । आफ्नो  पहलमा  बाँके  जिल्लाको  कोहलपुर  नगरपालिका -११, नयाँ  बस्ती , क्रिकेट  मैदान, सुकुम्बासी  निवासी  माग्या  सार्कीको  घरपरिवारले  राहत  पाएकामा  सामाजिक  अभियान्ता  निराज  रानाभाटज्यूू  खुशी  हुनुभएको  छ ।

यदि  अझै  पनि  नेपालकाे  ७७  वटै  जिल्लाको  विभिन्न  ठाउँमा  बस्नु  भएका  व्यक्तिहरुले  राहत  तथा  अत्यावश्यक  सामग्रीहरु  पाउनु  भएको  छैन  भने  सामाजिक  अभियान्ता  निराज  रानाभाटज्यूूलाई  ९८४५४२२५०२  अथवा  ९८०९१८९१११ मा  सम्पर्क  सक्नुहुन्छ । सामाजिक  अभियान्ता  निराज  रानाभाटज्यूू  अझै  पनि  आफूले  आफ्नो  व्यक्तिगतबाट  अथवा  स्थानीय निकायलाई  वा  सरकारी  निकायलाई  सम्पर्क  गरेर  राहत  तथा  अत्यावश्यक  सामग्रीहरु  नपाएका  व्यक्तिहरुलाई  सहयोग  गर्ने  बताउनुभएको  छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
सम्पर्क

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.

भरतपुर–१० , चितवन

सूचना बिभाग दर्ता नं.

१६९९/०७६-७७

सम्पर्क

मोबाइल - 9846782512

ई–मेल

narayanidainik@gmail.com
हाम्रो टिम
संचालक बिक्रम शर्मा
सम्पादक विपिन कंडेल
संवाददाता सृजना ढकाल
हाम्रो फेसबुक