भरतपुर-७ स्थित लिटिल स्टार्स स्कुल नेपाल युवा रेडक्रस सर्कल परिवार द्वारा लिटिल स्टार्स स्कुलका प्रिन्सिपल, फाउन्डर मेम्बर , शिक्षक शिक्षिका , कर्मचारी एवं बिद्यार्थीहरुको उपस्थितिमा विभिन्न कारणबाट सडक पेटीमा कष्टकर जीवन यापन गर्न बिबस,अनाथ,अशक्त,मानसिक सन्तुलन गुमाएका,मागेर पनि खान असमर्थ व्यक्तिहरुको सेवा गर्दै आईरहेको चितवन मानव सेवा आश्रममा नगद १२४७०/- प्रदान गर्नुभएको छ।
उहाँहरुले गर्नु भएको सहयोग र सद्दाभ प्रती चितवन मानव सेवा आश्रमले धन्यवाद तथा कृतज्ञता ज्ञापान गरेको छ /