नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा साँसद मोहम्मद आफ्ताब आलमविरुद्ध आज जिल्ला अदालत रौतहटमा मुद्दा दायर हुने भएको छ । प्रहरीले बुझाएको अनुसन्धान प्रतिवेदनका आधारमा आफ्ताब आलम, उनका भाई महताब सहित मबिन आलम, शेख भदइ, शेख एराज, बद्री सहनी, लगायत ११ जनालाई सर्वस्व सहित जन्मकैदको माग गर्दै मुद्दा दायर गर्ने तयारी रहेको जिल्ला सरकारी वकिल कार्यालयले जनाएको छ । ब
लुका ४ बजेसम्ममा जिल्ला अदालतमा मुद्दा दायर गरिने जिल्ला सरकारी वकिल खडिन्द्रराज कटुवालले जानकारी दिनुभयो । आज मुद्दा दायर भए भोलीदेखि आलमसँग अदालतमा बयान र थुनछेकको बहश शुरु हुनेछ । आलम लगायतले २०६४ सालमा रौतहटको राजपुरमा बम बनाउने क्रममा विष्फोट हुँदा घाइते भएकालाई जिउँदै इटाभट्टामा जलाएको आरोप लागेको छ ।