सफल पौडेल ,काठमाडौ ,नेपाली काङ्ग्रेसका बरिस्ठ नेता रामचन्द्र पौडेल र उनका पक्षधरका नेताहरुको उपस्थिती नभएका कारण आज बस्ने भनिएको नेपाली काङ्रेस कार्यसमितिको बैठक बस्दै नबसि टुंगिएको छ।
बैठक दिउँसो एक बजे बस्ने भनिएपनी पौडेल पक्षधर नेताहरु ,बैठक सुरु हुदा सम्म उपस्थित नभएपछि बैठक स्थगित गरिएको थियो ।सभापती शेरबहादुर देउवा सहित यसअघि नै पार्टी कार्यलय पुगेका सस्थापन पक्षधरहरु भने आन्तरिक छलफल गरेर फर्किएका छन ।
पौडेल पक्षधरले भने १४औं महाधिवेशनको कार्यतालिका बनाउने सहमती नबन्दासम्म बैठकमा नआउने अडान लिगेको छ ।पौडेल समुहले अगिल्लो हप्ता बसेको बैठक समेत बहिस्कार गरेको थियो । बैठक बस्नुपुर्व उपसभापति विमलेन्द्र निधिले पौडेल समूहको वार्ता टोलीलाई भेटेर छलफल गरेका थिए । निधिका अनुसार कुराकानी सकारात्मक भएता पनि कुनै सहमति हुन भने सकेको थिएन।