नेपालमा अधिकांस युवा शक्ति विदेश जानु रहर नभई बाध्यता भएको छ । आजभन्दा १० बर्ष पहिला धेरै युवा शक्ति खाडी मुलुक गएको पाइन्छ। तर हाल आएर धरै भन्दा धरै युवा शक्ति तथा बिधार्थी युवा युरोपिएन देशहरु गएको देखिन्छ ।
एक हिसाबले हेर्दा युवा शक्ति बिदेशीएको कारणले नेपालमा रेमिट्यान्स भित्रिएको त छ तर अब हामी रेमिट्यान्स मा मात्र निर्भर पर्नु हुदैन। आहिलेको यो विषम परिस्थितिमा अर्थात कोरोना भाइरसले सिकाएको एक पाठ पनि हो । अब देश बिकासको लागि रेमिट्यान्स मा मात्र निर्भर पर्नु भनेको मजदुरको रगत र पसिनामा सरकारले फोहरी राजनिति गर्नु हो ।
त्यसैले अब फोहरी राजनीति गर्न छोडौ सरकार, जनतालाई हार्डवोर्क होइन स्मार्टवोर्कको बाटो सहज बनाइदेउ । अहिलेको यो कोरोना भाइरसले बिश्वलाई नै तहसनहस बनाएको बेलामा नेपाललाई रेमिट्यान्स आउने सम्भबना छैन। त्यसैले हाम्रो जस्तो मुलुकको लागि यो एक चुनौती पनि हो ।
राज्यले अब रेमिट्यान्स नआउदा पनि देशको अर्थन्तंत्रलाई थेग्न सक्नु पर्छ । युवा शक्ति देशमै परिचालन कसरी गर्न सकिन्छ, भन्ने बिषयको तत्काल बहस गर्न सक्दैन भने नेपालको अर्थतन्त्र नै धोस्त भयर भोकमरी नलाग्ला भन्न सक्दिन म । नेपालको अर्थतन्त्रलाई जोगाउन सर्वप्रथम अहिले कार्यरत ब्यबसायी पछाडी नहट्नको लागि राज्यले उनिहरुको पिर-मर्का बुझ्नु जरुरी छ ।
किन ब्यबसाय वा किसानले काम सुरुवात गर्न नपाउदै बन्द गरि विदेश जान बाध्य हुन्छन ? तत्काल बुझ्नु जरुरी छ । मेरो विचार र आनुभबमा नेपालमा अब उधोग , कलकारखाना , अन्य ब्यबसायिक र आधुनिक कृषि जस्ता कार्यहरु गर्नु नै सर्बश्रेष्ठ रहन्छ । नेपालमै उत्पादित बस्तु तथा सेवालाइ विदेशबाट आउन रोक लगाउनु तथा जति पनि घाटामा भएका फर्महरुलाई तत्काल कर छुटको दायरामा लैजाने जस्ता कार्यहरुलाइ सरकारले बिशेष ध्यान दिनु पर्दछ ।
अहिलेको यो परिस्थितिमा पनि नेपालमा भारतबाट लगभग ४ अर्बको तरकारी तथा फलफुलहरु आयात भएको देखिन्छ जहाँकी नेपालमा नेपाली किसान दाजु भाईहरुले आफुले लगायको तरकारी तथा फलफुल बारीमै जोत्नु परको छ। आखिर किन यस्तो गलत कार्य गर्दै छ सरकार । भोट माग्न जादा सम्पूर्ण कुरा निर्मुल पार्छु भन्ने तर कुर्चीमा पुगे पछि काम नगर्ने तर गफ गर्न सिंह झैँ गर्जिने नेपालका राजनति दलहरुले खोइ बुजेको ?
भाषणमा मात्र कृषि क्रान्ति गर्नुपर्छ भन्ने तर काम चै नगर्ने र किसान र ब्यबसायको रगत र पसिनामा रमाउनेले खोइ के गर्लान र अब पत्याउन गाह्रो भईसकेको छ । अब नेपालमा ३ करोड जनता अत्याचारमा परेका छन् । नेपालीमा भानिन्छ ‘अति गर्नु तर आत्याचार नगर्नु’ । जसरी राजाको पालामा राजाबाट अत्याचार नै भएको भएर नै राजा निस्कनु परेकॊ उद्हाहरण पनि देखिएको छ ।
यदि आफु मर्दा जनता दुखि हुने वा आशु आउने बनाउनि हो भने , अमर हुने कर्म गर । नेपालका श्रमजीबी उद्योग किसान र अन्य ब्यबसाय साथीहरु माथि फोहोरी राजनति गर्न छोड सरकार ।
यो त भयो सरकारले अहिलेसम्म गरको कामहरु अब यसको बाबजुत कसरी जान सकिन्छ त वा सरकारले अबका दिनहरुमा कसरी आगाडी बढ्न सक्छ त ।
(१) सरकारले खाली जग्गा भाडामा लिएर उक्त ठाउँमा कृषि वा उद्योग सम्बंधी कार्य गर्न नेपाली युवा शक्तिलाई परिचालन गर्न सकिन्छ। यसले गर्दा आफ्नै देशमा उत्पदन बढ्छ र आयात होइन निर्यातमा पनि जान सकिन्छ र राज्यको पैसा बाहिर जादैन। कुनै पनि युवा शक्ति बेरोजगारी बस्नु पर्दैन ।
(२) राज्यले किसान तथा ब्यबसायिक साथीहरुलाई नै प्रोत्सान गरेर पनि गर्न सकिन्छ । त्यसको लागि राज्यले नेपालमा उत्पादित बस्तुहरुको आयातमा कम गरेर नेपाल मै उत्पादित बस्तु तथा सेवा बजारमा पुर्याउने त्यसले गर्दा बजार मूल्यमा उतार-चडाब आउदैन र सरकारले मूल्यको ग्यारेन्टी लिनु पर्छ ।
(३) प्रत्येक जिल्लामा आबश्यकता आनुसारका सहकारी तरिकाले किसान केन्द्र बनाउनु पर्दछ । जसले गर्दा लगातार समानहरु प्रयोग गर्न सकिन्छ र किनबेच गर्न सहज हुन्छ । नेपालीहरु खुशी र सुखी हुन्छन र समृद्द नेपाल बन्नको लागि बाटोहरु खुल्ला हुन थाल्छन ।
बिमल पौडेल