• समाचार
  • नारायणी सेरोफेरो
  • राजनीति
  • स्वास्थ्य / जीवनशैली
  • कृषि
  • खेलकुद
  • मनोरञ्जन
  • साहित्य
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • ग्यालरी / फिचर
  • भिडियो
  • रोचक समाचार
  • रोजगारी
  • विचार
  • विज्ञान/प्रविधि
  • समाज
×
मङ्गलबार, जेठ ०३, २०७९
☰
मङ्गलबार, जेठ ०३, २०७९
    • समाचार
    • राजनीति
    • नारायणी सेरोफेरो
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

पिसिआर परीक्षणको रेट नतोकिएको , हल्ला फैलाउनेलाई स्वास्थ्य मन्त्रालयले कारबाही गर्ने


  •   बुधबार, जेठ ०७, २०७७
  • A
  • A+
  • A++

काठमाडौं । गत २ जेठमा बसेको मन्त्रिपरिषद बैठकले कुनैपनि विदेशी वा स्वदेशी नागरिकले आफ्नो कोरोना भाइरस परीक्षण गर्न चाहेमा सःशुल्क परीक्षण गर्न पाउने निर्णय गर्यो ।

सो निर्णय मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट तोकिएको मापदण्ड र सूचनाको गोपनीयता तथा नियमित रिपोर्टिङ गर्ने अनिवार्य शर्तमा तोकिएका दररेटमा परीक्षण गर्न पाउने बताए ।

उक्त निर्णय सुनाएको केहीबेरमा सामाजिक सञ्जालमा विभिन्न टिकाटिप्पणी सुरु भयो ।

टिकाटिप्पणी सुरु हुनुको कारण थियो, पिसिआर परीक्षणका लागि सरकारले १५ हजार तोकेको खबर । मन्त्रालयले निर्णय सुनाएको केहीबेरमा सामाजिक सञ्जालमा सरकारले पिसिआर परीक्षणको शुल्क १५ हजार बाएको भन्दै हल्ला फिँजिएको थियो ।

तर मन्त्रालयले कुनै दररेट नतोकिएको स्ष्पट गरेको छ । सो विषयमा सामाजिक सञ्जालमा व्यापक विरोध हुन थालेपछि मन्त्रालयका आईसीएस कोर्डिनेटर डा. गुणराज लोहनीले एक विज्ञप्ति नै जारी गरेर स्पष्टिकरण दिएका छन् ।

उनले भनेका छन्,‘सूचनालाई तोडमोड गरी केही अनलाइन मिडियाहरुले निजी संस्थाबाट परीक्षण गराउन रु १५ हजार रेट तोकिएके भनी समाचार सम्प्रेषण गरेको र यसैलाई आधार मानी सर्वसाधरणले व्यक्त गरेको अत्यन्त धेरै प्रतिक्रियाहरु प्रति यस मन्त्रालयको ध्यानाकर्षण भएको छ ।’

सार्वजनिक अस्पताहरुमा लामबद्ध भएर समय खेर फाल्न नचाहने र भिडभाडमा गएर जोखिम मोल्न नचाहने स्वदेशी तथा विदेशीहरुको अनुरोधमा नै मन्त्रालयले सःशुल्क परीक्षण्को व्यवस्था गर्न लागेको उनले स्ष्पट पारेका छन् । ‘निशुल्क परीक्षण गराउने कि सशुल्क गराउने त्यो व्यक्तिको इच्छामा भरपर्ने कुरा हो ।

सशुल्क परीक्षण गर्ने संस्थाहरुले परक्षिणको लागि तोकिएको सम्पूर्ण मापदण्डहरु पुर्याएको हुनुपर्छ र यहाँबट भएका परीक्षणहरुके गोपनियता कायम गर्दै नियमित रिपोर्टिङ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाउनपर्ने हुन्छ ।

यसप्रकारको परीक्षणका लागि मन्त्रालयले दररेट तोकिदिने भएपनि हालसम्म कुनै दररेट तोकि नसकेको व्यहोरा सर्वसाधरणमा जानकारी गराइन्छ ।’ अहिले पनि सरकारले तोकिएको स्वास्थ्य संस्थामा कोरोनाको उपचार र परीक्षण भने निःशुल्क नै हुँदै आएको छ । अपरान्ह मन्त्रालयले चेतावनीयुक्त विज्ञाप्ति नै निकालेर यस्तो गलत सूचना दिनेमाथि कारवाहीको चेतावनीसमेत दिएको हो ।

‘राज्यको चौंथो अंगको रुपमा मानिएको पत्रकारहरुले यस्तो संकटको घडीमा सही सन्देशमात्र प्रवाह गर्न अनुरोध छ अन्यथा यसरी पटक–पटक भ्रमपूर्ण समाचार सम्प्रेषण गरी समाजमा उत्तेजना फैलाउने कार्य भएमा कानुन बमोजिम कडा कारबाही गरिने व्यहोरा जानकारी गराइन्छ ।’ विज्ञप्तिमा भनिएको छ ।

संसारभर आरडिटीका लागि चाहिने किट र पिसिआर किट तथा रिएजेन्टको मूल्यमा ठूलो अन्तर छ । त्यसो त आरडिटी परीक्षणका सन्दर्भमा १ हजार ५ सयसम्म शुल्क लिन सक्ने निर्णय सरकारले गरिसकेको छ ।

समाचार दैनिकबाट

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

चुनावमा खटिन नमान्ने कर्मचारीलाई कारबाही हुने

सत्ता गठबन्धनको चुनावी सभा Live , भरतपुर बाट

ट्रेन्डिङ

सबै

चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

चुनावमा खटिन नमान्ने कर्मचारीलाई कारबाही हुने

सत्ता गठबन्धनको चुनावी सभा Live , भरतपुर बाट

निर्वाचन नजिकदै गर्दा घर भेटमा तीब्रता

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

आजदेखि देशभरका बालिबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

जहाजको टायर पड्किदा, भैरहवा विमानस्थल अवरुद्ध

विवेकशील साझा पार्टीको भरतपुर मेयरको उम्मेदवार प्रविन काफ्ले

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
सम्पर्क
मोबाइल – 9846782512
ई–मेल
narayanidainik@gmail.com

हाम्रो टीम

सम्पादक
विपिन कंडेल

संवाददाता
सृजना ढकाल

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2022 Narayani Dainik | All rights Reserved.