• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
सोमबार, भदौ ०१, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

श्रावण शुक्ल पञ्चमीः नागको पूजा, आराधना गरी नागपञ्चमी पर्व मनाइँदै

एम्बुलेन्स अभावले मुस्ताङका गम्भीर बिरामीको उपचारमा चुनौती

कारागार सुधार र कैदीबन्दीको मानव अधिकार कार्यान्वयनमा सरकार गम्भीर छ : गृहमन्त्री

चौकी डाँडामा नेपाल टेलिकमको टावर निर्माण कार्य तीव्र गतीमा

राष्ट्रियसभाः खाना पकाउने ग्याँसको कृत्रिम अभाव अन्त्य गर्न आग्रह

ग्यासको कालोबजारी रोक्न अनुगमन तीव्र

फापरखेत पहिरोको विकल्पमा मोटरेबल पुल

पूर्वमेयर तथा कांग्रेस नेता सिंह गोरुसिङ्गे जंगलमा मृत भेटिए, अनुसन्धान जारी

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

लोकप्रिय समाचार

  • १. चौकी डाँडामा नेपाल टेलिकमको टावर निर्माण कार्य तीव्र गतीमा

  • २. राष्ट्रियसभाः खाना पकाउने ग्याँसको कृत्रिम अभाव अन्त्य गर्न आग्रह

  • ३. कारागार सुधार र कैदीबन्दीको मानव अधिकार कार्यान्वयनमा सरकार गम्भीर छ : गृहमन्त्री

  • ४. एम्बुलेन्स अभावले मुस्ताङका गम्भीर बिरामीको उपचारमा चुनौती

  • ५. श्रावण शुक्ल पञ्चमीः नागको पूजा, आराधना गरी नागपञ्चमी पर्व मनाइँदै

बाढीमा बगेर ज्या’न गुमाउने ३ जनाको श’व अझै सनाखत भएन



  •   बिहिबार, भदौ ०४, २०७७
  • A
  • A+
  • A++

डोटी । कैलाश खोलामा आएको बाढीमा बगेर निधन भएका तीन जनाको श’व अझै सनाखत हुन सकेको छैन । अछामको रामारोसन गाउँपालिका–५ कैलाश खोलामा बुधबार आएको बाढीमा बगेर निधन भएका ६ जनामध्ये तीन जनाको श’व अझै स’नाखत हुन नसकेको हो । मृ’तक सबैको शव सदरमुकाम मङ्गलसैन ल्याएको भएपनि उनीहरुको अनुहारमा चोटपटक लागेको र शरीरमा कपडा पनि नभएका कारण शवको पहिचान गर्न कठिन भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

बाढीमा बगेर बेपत्ता भएका १७ मध्ये ६ जनाको श’व बुधबार दिउँसो फेला परेको थियो भने बाँकी ११ जनाको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख तथा प्रहरी नायव उपरीक्षक योगेन्द्रसिंह थापाले बताए । उनले भने, “हामीले सेनाको हेलिकप्टरको प्रयोग गरेर बुधबार रातीसम्म बेपत्ता भएका हरुको खोजी गर्दापनि फेला पार्न सकेनौँ, अहिले बिहानैदेखि खोजी उद्दार टोली खटिएको छ ।”

बे’प’त्ता भएकाहरुको खोजी तथा उद्दारका लागि आज बिहानैदेखि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीयबासीको टोली खटिएको जिल्ला प्रशासन कार्यालय अछामले जनाएको छ । उक्त खोलाले बगाएर बेपत्ता भएका १७ जना स्थानीयबासीको नाम भने खुलेको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका निमित्त प्रदेश प्रहरी प्रमुख एंव प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहका अनुसार उक्त खोलाको बाढीमा परि बगेर बेपत्ता हुनेहरुमा रामारोसन गाउँपालिका–५ का ४७ वर्षीय नन्दु साउद, ४५ वर्षीया गङ्गा साउद, १७ वर्षीय रुपेश साउद, छ वर्षीया प्राकृति साउद, ५५ वर्षीय जोगा साउद, ४५ वर्षीय अम्मर शाह, ४० वर्षीया पवित्रादेबी शाह, चार वर्षीय समिर शाह, ३५ वर्षीया सम्झना शाह, ४५ वर्षीय बासु साउद, ४५ वर्षीया लालसरा शाही र आठ वर्षीया बसन्ती शाही रहेका छन् । बेपत्तामध्ये दुई जनाको नाम नखुलेको प्रहरीले जनाएको छ ।

राती पसल तथा घरमा सुतिरहेको अवस्थामा अचानक बाढी आउँदा उनीहरु सबै बगेर बेपत्ता भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलले जनाएको छ । बाढीले बगाएरनिधन भएका छ जनामध्ये रामारोसन गाउँपालिका–५ का १५ वर्षीय नबिन साउद, ३३ वर्षीया गौरी शाह र ४८ वर्षीय चन्द्र साउदको शव सनाखत भएको प्रहरीले जनाएको छ ।

कैलाश खोलामा आएको बाढीले सैनीबजारमा रहेका ३० वटा पसल, एक जीप, पाँच चौपायासहित १७ जना बगाएको थियो । पानीको वहाव उच्च रहेका कारण शवको खोजी कार्य गर्नमा निकै समस्या हुँदै आएको अछामका प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायले जानकारी दिए ।

रातो पाटि साभार

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

श्रावण शुक्ल पञ्चमीः नागको पूजा, आराधना गरी नागपञ्चमी पर्व मनाइँदै

एम्बुलेन्स अभावले मुस्ताङका गम्भीर बिरामीको उपचारमा चुनौती

कारागार सुधार र कैदीबन्दीको मानव अधिकार कार्यान्वयनमा सरकार गम्भीर छ : गृहमन्त्री

ट्रेन्डिङ

सबै

श्रावण शुक्ल पञ्चमीः नागको पूजा, आराधना गरी नागपञ्चमी पर्व मनाइँदै

एम्बुलेन्स अभावले मुस्ताङका गम्भीर बिरामीको उपचारमा चुनौती

कारागार सुधार र कैदीबन्दीको मानव अधिकार कार्यान्वयनमा सरकार गम्भीर छ : गृहमन्त्री

चौकी डाँडामा नेपाल टेलिकमको टावर निर्माण कार्य तीव्र गतीमा

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

श्रावण शुक्ल पञ्चमीः नागको पूजा, आराधना गरी नागपञ्चमी पर्व मनाइँदै

चौकी डाँडामा नेपाल टेलिकमको टावर निर्माण कार्य तीव्र गतीमा

राष्ट्रियसभाः खाना पकाउने ग्याँसको कृत्रिम अभाव अन्त्य गर्न आग्रह

कारागार सुधार र कैदीबन्दीको मानव अधिकार कार्यान्वयनमा सरकार गम्भीर छ : गृहमन्त्री

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

सामाजिक सञ्जालमा किन बढ्दै छ मनोज कँडेलको चर्चा? नयाँ शृङ्खलाले बढायो उत्सुकता

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.