• समाचार
  • नारायणी सेरोफेरो
  • राजनीति
  • स्वास्थ्य / जीवनशैली
  • कृषि
  • खेलकुद
  • मनोरञ्जन
  • साहित्य
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • ग्यालरी / फिचर
  • भिडियो
  • रोचक समाचार
  • रोजगारी
  • विचार
  • विज्ञान/प्रविधि
  • समाज
×
मङ्गलबार, जेठ ०३, २०७९
☰
मङ्गलबार, जेठ ०३, २०७९
    • समाचार
    • राजनीति
    • नारायणी सेरोफेरो
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

कक्षा ११ को  पाठ्यक्रमको अन्यौलता अन्त्य गर्न विद्यार्थी परिषद्को माग 


  •   मङ्गलबार, मङि्सर ३०, २०७७
  • A
  • A+
  • A++
असोज महिनामा नेपाल सरकार शिक्षा मन्त्रालयद्वारा कक्षा ११ मा नयाँ पाठ्यक्रम लागू गर्न गरिएको आग्रहको विरुद्घमा २०७७ असोज महिनामा सर्वाेच्च अदालतमा दायर भएको मुद्दालाई सम्बोधन गर्दै २०७७ कार्तिक २० गते नयाँ पाठ्यक्रम लागू नगर्ने अन्तरिम आदेश जारी गरेको थियो ।
उक्त मुद्दाको फैसला मंसिर अन्त्यसम्म पनि नभएको र विद्यार्थी ,शिक्षक एवं विद्यालय क्षेत्रमा विद्यमान अन्यौलता प्रति  प्राज्ञिक विद्यार्थी परिषद्ले राष्ट्रिय महासचिव सुरेन्द्र प्रसाद भट्टद्वारा जारी गरिएको बिज्ञप्ति मार्फत ध्यानाकर्षण गराएको छ ।
 सर्वाेच्च अदालतले पटक– पटक पेसी सार्दै पुष ६ गते सम्म पु¥याउनुले सरकार देशभरका लाखौं विद्यार्थीहरूको भविष्य जोडिएको शिक्षाप्रति गम्भीर नरहेकोमा परिषद्ले आपत्ति जनाएको छ।
साथै मुद्दाको यथाशीघ्र फैसला गरी देशभर पाठ्यक्रम पाठनमा देखिएको अन्यौलता (कतिपय स्थानमा नयाँ पाठ्यक्रम र पुरानो पाठ्यक्रम पढाइ भइरहेको, आगामी परीक्षा कुन पाठ्यक्रममा आधारित हुने, कुन पाठ्यक्रमका आधारमा पठनपाठन गराउने आदि )अन्त्य गरिदिन सम्मानित सर्वाेच्च अदालत समक्ष परिषद्ले आग्रह गरेको छ  ।
सम्भव भएसम्म पेसी अगाडि सारी सक्दो चाँडो फैसला सुनाई सर्वाेच्चको गरिमा र आम शिक्षा जगतको सर्वाेच्च अदालत प्रतिको विश्वास कायम राख्न परिषद्ले अपिल गरेको छ  ।
शिक्षा जस्तो महत्वपूर्ण क्षेत्रमा कोभिड १९ को परिस्थितिका कारण विद्यार्थी वर्गमा देखिइरहेको विचलनको अवस्थामा आधा शैक्षिक सत्रको समय सकिँदा–सम्म  सरोकारवाला निकाय एवं शैक्षिक संघसंस्थाले ठोस पहल नगर्नु लज्जास्पद रहेको परिषद्को ठहर छ ।
शैक्षिक क्षेत्रलाई अन्यौलको वातावरणबाट मुक्त गर्दै सहज  वातावरण निर्माण गर्ने दिशामा रचनात्मक दबाब सिर्जना गर्न सम्पूर्ण प्राज्ञिक वर्ग, शिक्षाविद्, आमसञ्चार जगत् एवं विद्यार्थी समूहलाई परिषद्ले अनुरोध समेत गरेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

चुनावमा खटिन नमान्ने कर्मचारीलाई कारबाही हुने

सत्ता गठबन्धनको चुनावी सभा Live , भरतपुर बाट

ट्रेन्डिङ

सबै

चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

चुनावमा खटिन नमान्ने कर्मचारीलाई कारबाही हुने

सत्ता गठबन्धनको चुनावी सभा Live , भरतपुर बाट

निर्वाचन नजिकदै गर्दा घर भेटमा तीब्रता

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

आजदेखि देशभरका बालिबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

जहाजको टायर पड्किदा, भैरहवा विमानस्थल अवरुद्ध

विवेकशील साझा पार्टीको भरतपुर मेयरको उम्मेदवार प्रविन काफ्ले

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
सम्पर्क
मोबाइल – 9846782512
ई–मेल
narayanidainik@gmail.com

हाम्रो टीम

सम्पादक
विपिन कंडेल

संवाददाता
सृजना ढकाल

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2022 Narayani Dainik | All rights Reserved.