Narayani Dainik skip
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
शनिबार, असोज ०६, २०८०
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

Nepse Bajar Introduces Innovative Portfolio Management System (PMS) – Empowering Investors to Take Control of Their Stock Portfolios

अर्किड कलेजकी परीक्षा भइन चितवन जिल्ला प्रथम

भि ग्रुपले प्राप्त गर्यो अन्तरास्ट्रिय गुणस्तर(ISO) चिन्हको प्रमाणपत्र

गठबन्धन सरकार कसैले हिलाएर हिल्दैन, पाँच वर्ष चल्छ : प्रधानमन्त्री दाहाल

रत्ननगर नगरपालिकाकाको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम सार्वजनिक

पोखरामा चट्याङ लागेर एकको मृत्यु

उच्च अदालतको आदेश अनुसार काम गर्न पाउनुपर्ने चंखपुरबासीको माग !!

श्रमजीवी पत्रकारको न्युनतम तलब ४० प्रतिशत बढाउन सिफारिस

चितवनमा ट्रकले स्कुटरलाई ठक्कर दिदा एकजनाको मृत्यु ,एक गम्भिर घाइते

लोकप्रिय समाचार

ओमिक्रोन असर : हङकङसहित यी ९ मुलुकबाट नेपाल आउन प्रतिबन्ध



  •   शुक्रबार, मङि्सर १७, २०७८
  • A
  • A+
  • A++

काठमाडौं– कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनको सङ्क्रमण देखिएका अफ्रिकासहितका नौ मुलुकबाट आउने यात्रुलाई नेपाल प्रवेशमा रोक लगाइएको छ। दक्षिण अफ्रिका, बोत्सवाना, जिम्बाब्वे, नामिबिया, लेसोथो, इसवाटिनी, मोजाम्बिक, मलावी र हङकङबाट नेपाल आउनेलाई प्रवेश अनुमति नदिने निर्णय मन्त्रिपरिषद्को मङ्सिर १३ गतेको बैठकले गरेको हो।

ती मुलुकलाई ट्रान्जिट बनाई नेपाल आउने वा गएको तीन हप्ताभित्र ती मुलुक भ्रमण गरेका यात्रुलाई पनि बिहीबार राति १२ बजेदेखि नेपाल प्रवेशको अनुमति नदिने निर्णय गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ।

केही दिन अघि अफ्रिकी मुलुकमा देखापरेको कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन युरोप तथा एशियालगायतका मुलुकमा क्रमिक रूपमा फैलिदै गइरहेको सन्दर्भमा नेपालले पनि समयमै सावधानी अपनाई नयाँ भेरियन्टलाई मुलुकभित्र प्रवेश हुनबाट रोकथाम गर्न यो निर्णय गरेको हो।

सरकारबाट आदेश जारी हुँदाका बखत ती मुलुकमा ट्रान्जिटमा रहेका सम्पूर्ण यात्रु नेपाल आगमनपछि आफ्नै खर्चमा अनिवार्यरूपमा सात दिन होटल क्वारेन्टिनमा बस्नुपर्नेछ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार अरु मुलुकको हकमा ती मुलुकमा कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन सङ्क्रमणका आधारमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जोखिमयुक्त मुलुकको पहिचान गरी सोको जानकारी अध्यागमन विभागलाई उपलब्ध गराउनेछ। अध्यागमन विभागले सोही आधारमा यात्रा सुझाव जारी गर्नेछ।

सङ्क्रमण जोखिम भएका मुलुकबाट नेपाल भ्रमणमा आउने यात्रुलाई अनअराइभल भिसा पनि नदिने सरकारले निर्णय गरेको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

Nepse Bajar Introduces Innovative Portfolio Management System (PMS) – Empowering Investors to Take Control of Their Stock Portfolios

अर्किड कलेजकी परीक्षा भइन चितवन जिल्ला प्रथम

भि ग्रुपले प्राप्त गर्यो अन्तरास्ट्रिय गुणस्तर(ISO) चिन्हको प्रमाणपत्र

ट्रेन्डिङ

सबै

Nepse Bajar Introduces Innovative Portfolio Management System (PMS) – Empowering Investors to Take Control of Their Stock Portfolios

अर्किड कलेजकी परीक्षा भइन चितवन जिल्ला प्रथम

भि ग्रुपले प्राप्त गर्यो अन्तरास्ट्रिय गुणस्तर(ISO) चिन्हको प्रमाणपत्र

गठबन्धन सरकार कसैले हिलाएर हिल्दैन, पाँच वर्ष चल्छ : प्रधानमन्त्री दाहाल

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

Nepse Bajar Introduces Innovative Portfolio Management System (PMS) – Empowering Investors to Take Control of Their Stock Portfolios

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६
सम्पर्क
मोबाइल – 9846782512
ई–मेल
narayanidainik@gmail.com

हाम्रो टीम

सम्पादक
विक्रम रेग्मी

संवाददाता
सिर्जना ढकाल
बिबेक अधिकारी
अमिर

भिडियो न्युज
बबिता

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2023 Narayani Dainik | All rights Reserved.