• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
शनिबार, साउन १६, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

सामाजिक सञ्जालमा किन बढ्दै छ मनोज कँडेलको चर्चा? नयाँ शृङ्खलाले बढायो उत्सुकता

भजनमा रमाउँदै चितवनका युवाः मन्दिरदेखि समाजसेवासम्म फैलिँदै एमआरआर अभियान

नेपाली बजारमा प्रवेशसँगै VIDA ले थाल्यो अन्तर्राष्ट्रिय यात्रा

नारायणी लिफ्टको १३ किलोमिटर नहर अतिक्रमणमा

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ

कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण

पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना

चार लाख भारतीय रकमसहित पक्राउ

सञ्चारमन्त्री डा तिमिल्सिनाद्वारा ककनीका समस्याबारे जनप्रतिनिधिसँग छलफल

लोकप्रिय समाचार

  • १. सामाजिक सञ्जालमा किन बढ्दै छ मनोज कँडेलको चर्चा? नयाँ शृङ्खलाले बढायो उत्सुकता

  • २. नेपाली बजारमा प्रवेशसँगै VIDA ले थाल्यो अन्तर्राष्ट्रिय यात्रा

  • ३. भजनमा रमाउँदै चितवनका युवाः मन्दिरदेखि समाजसेवासम्म फैलिँदै एमआरआर अभियान

जनार्दन शर्माले भने, ‘माओवादी अब गर्जिनुपर्छ’



  •   शनिबार, मङि्सर १८, २०७८
  • A
  • A+
  • A++

विराटनगर । नेपाल सरकारका अर्थमन्त्री तथा माओवादी नेता जनार्दन शर्मा प्रभाकरले माओवादी अब गर्जिनुपर्ने बताएका छन् । उनले जनयुद्धकालमा विकास गरेको प्रचण्डपथ विचारधारा पुनः ब्यूँताउनु पर्नेमा जोड दिए ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) विराटनगर नगरसमितिको पहिलो अधिवेशन उद्घाटन कार्यक्रममा अर्थमन्त्री शर्माले यस्तो बताएका हुन् । उनले आउँदो पुस ११ गतेदेखि हुने राष्ट्रिय सम्मेलनले समाजवादको बाटोमा जाने विचार, पार्टी र नेतृत्व निर्माण गर्ने दाबी गरे ।

‘प्रचण्डपथ छोडेर हामीले गल्ती गर्यौं, केन्द्रीय समितिको बैठकले त्यस्तो निर्णय गरेर गल्ती गर्यो, त्यसले हामीलाई क्षति भयो,’ शर्माले भने, ‘त्यस विचारलाई माथि उठाउनुको सट्टा छोड्यौं, अब त्यसलाई सच्याउनु पर्छ ।’ यस्तै मन्त्री शर्माले पार्टीका संगठनलाई व्यवस्थित परिचालन गर्न नसकेको र केही मानिस मन्त्री तथा जनप्रतिनिधि भएर अलग वर्ग जस्तो व्यवहार प्रदर्शन गर्दा पार्टी बन्न नसकेको पनि बताए । त्यसलाई सच्याएर लाने खालको विचार निर्माणमा आफूहरु लागेको उनको भनाइ थियो । विगत २५ वर्षसम्म देशलाई लिड गर्ने विचार प्रचण्ड र माओवादीले लिएको र अब ५० वर्ष जाने गरि नयाँ विचार निर्माण गर्ने उनको दाबी थियो ।

यस्तै उनले सामन्ती राजतन्त्र पराजित गरेर, वर्गीय मुक्ति र असमानता विरुद्ध आन्दोलन गरेर आएको पार्टीले संविधान जारी गर्दै पछिल्लो समय प्रतिगमनलाई पनि पराजित गरेको बताए । ‘गणतन्त्रको लागि लडेको, शान्ति प्रक्रियाको नेतृत्व गरेको, संविधान निर्माण गरेको र पछिल्लो पटक प्रतिगमनलाई पछारेको पार्टी र त्यसको नेतृत्व प्रचण्ड हामीसँग हुनुहुन्छ,’ उनले भने, ‘अब माओवादी झोक्राएर होइन, गर्जिएर अगाडि बढ्नु पर्छ ।’

राज्यमा भ्रष्टाचार, कुरिती र अनियमितता बढेको बताउँदै उनले यसलाई बदल्न पूर्ण समानुपातिक निर्वाचन प्रणाली अवलम्बन गर्नुपर्ने र प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख हुने व्यवस्था आवश्यक भएकोमा जोड दिए । उनले अहिलेको प्रमुख कार्यभार भनेको सामुदायिक पूँजी निर्माण गर्दै राष्ट्रिय पूँजीको विकास गर्नु रहेकोमा जोड दिए ।

अहिले ८ लाख पार्टी सदस्यहरु बनेको बताउँदै शर्माले ८ लाखको हाराहारीमा साधारण सदस्य र १६ लाखको संख्यामा जनवर्गीय संगठनको सदस्यहरु बनाएर ३२ लाख समर्थक संख्या पुर्याउनुपर्नेमा उनको जोड थियो । अधिवेशनमा माओवादी केन्द्र प्रदेश १ का अध्यक्ष सुरेशकुमार राई (हिमाल), प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बो, माओवादी मोरङका इन्चार्ज तथा केन्द्रीय सदस्य गोपीबहादुर आछामी, महिला नेतृ गीता तिम्सिनालगायतले शुभकामना व्यक्त गरेका थिए ।

माओवादी महानगरको अधिवेशनबाट ९९ सदस्यीय कमिटी निर्वाचित गर्नेछ । अध्यक्ष, ३ उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्षसहितको कमिटीमा ३५ प्रतिशत महिला, २५ प्रतिशत दलित, २० प्रतिशत युवा र ५ प्रतिशत मुस्लिम समुदायको प्रतिनिधित्व हुने व्यवस्था रहेको पार्टीले जनाएको छ । प्रथम अधिवेशनले १४ जना प्रदेश प्रतिनिधि पनि छनोट गर्नेछ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

सामाजिक सञ्जालमा किन बढ्दै छ मनोज कँडेलको चर्चा? नयाँ शृङ्खलाले बढायो उत्सुकता

भजनमा रमाउँदै चितवनका युवाः मन्दिरदेखि समाजसेवासम्म फैलिँदै एमआरआर अभियान

नेपाली बजारमा प्रवेशसँगै VIDA ले थाल्यो अन्तर्राष्ट्रिय यात्रा

ट्रेन्डिङ

सबै

सामाजिक सञ्जालमा किन बढ्दै छ मनोज कँडेलको चर्चा? नयाँ शृङ्खलाले बढायो उत्सुकता

भजनमा रमाउँदै चितवनका युवाः मन्दिरदेखि समाजसेवासम्म फैलिँदै एमआरआर अभियान

नेपाली बजारमा प्रवेशसँगै VIDA ले थाल्यो अन्तर्राष्ट्रिय यात्रा

नारायणी लिफ्टको १३ किलोमिटर नहर अतिक्रमणमा

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

सामाजिक सञ्जालमा किन बढ्दै छ मनोज कँडेलको चर्चा? नयाँ शृङ्खलाले बढायो उत्सुकता

नेपाली बजारमा प्रवेशसँगै VIDA ले थाल्यो अन्तर्राष्ट्रिय यात्रा

भजनमा रमाउँदै चितवनका युवाः मन्दिरदेखि समाजसेवासम्म फैलिँदै एमआरआर अभियान

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.