• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
सोमबार, भदौ ०१, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

श्रावण शुक्ल पञ्चमीः नागको पूजा, आराधना गरी नागपञ्चमी पर्व मनाइँदै

एम्बुलेन्स अभावले मुस्ताङका गम्भीर बिरामीको उपचारमा चुनौती

कारागार सुधार र कैदीबन्दीको मानव अधिकार कार्यान्वयनमा सरकार गम्भीर छ : गृहमन्त्री

चौकी डाँडामा नेपाल टेलिकमको टावर निर्माण कार्य तीव्र गतीमा

राष्ट्रियसभाः खाना पकाउने ग्याँसको कृत्रिम अभाव अन्त्य गर्न आग्रह

ग्यासको कालोबजारी रोक्न अनुगमन तीव्र

फापरखेत पहिरोको विकल्पमा मोटरेबल पुल

पूर्वमेयर तथा कांग्रेस नेता सिंह गोरुसिङ्गे जंगलमा मृत भेटिए, अनुसन्धान जारी

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

लोकप्रिय समाचार

  • १. चौकी डाँडामा नेपाल टेलिकमको टावर निर्माण कार्य तीव्र गतीमा

  • २. राष्ट्रियसभाः खाना पकाउने ग्याँसको कृत्रिम अभाव अन्त्य गर्न आग्रह

  • ३. कारागार सुधार र कैदीबन्दीको मानव अधिकार कार्यान्वयनमा सरकार गम्भीर छ : गृहमन्त्री

  • ४. एम्बुलेन्स अभावले मुस्ताङका गम्भीर बिरामीको उपचारमा चुनौती

  • ५. श्रावण शुक्ल पञ्चमीः नागको पूजा, आराधना गरी नागपञ्चमी पर्व मनाइँदै

कांग्रेसमाथि एकाएक किन यसरी खनिए प्रचण्ड, अब गठबन्धनको के हुुन्छ ?



  •   आइतबार, मङि्सर २६, २०७८
  • A
  • A+
  • A++

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सत्तारुढ गठबन्धन नै धरापमा पर्नेगरी अभिव्यक्ती दिन थालेका छन् । उनले एमाले कांग्रेसलाई एकसाथ तारो बनाएका छन् ।

प्रचण्डले समापन भएको नेकपा एमाले र जारी नेपाली कांग्रेसको अधिवेशन विचार र सिद्धान्तमा केन्द्रित नभई भीड जम्मा गर्नकै लागि गरिएको आरोप लगाएका हुन् ।

शनिबार पार्टीको सबै प्रदेशको प्रदेश सम्मेलनलाई भर्चुअल माध्यमबाट उद्घाटन गर्दै एमाले र कांग्रेसको अधिवेशनले कुनै नयाँ विचार नजन्माउने भन्दै भीड जम्मा गर्नका लागि महाधिवेशन गरिएको अध्यक्ष प्रचण्डले बताए ।

एमालेको महाधिवेशनलाई अध्यक्ष प्रचण्डले पञ्च र्यालीको संज्ञा दिए । माक्र्सवादको म उच्चारण नगरेर व्यक्ति पूजा गरिएको प्रचण्डको भनाइ छ ।
‘कमरेड नाराणकाजीजीले भन्नुभएको कुरा ठीकै हो, भीडका लागि महाधिवेशन गरिएको छ । एमालेको महाधिवेशनमा पनि देख्यौँ । कांग्रेसको अधिवेशन पनि चलिरहेको छ । एमालेलाई त म पञ्च र्यालीभन्दा केही देख्दै देख्दिन । निभ्ने बेलाको बत्तीजस्तोमात्र हो त्यो ।

न त्यहाँ कुनै विचा, बहस, न कुनै विधि, न कुनै पद्धति, निरंकुशताको रुपमा गयो,’ उनले भने, ‘दुनियाँले देख्यौँ । तपाई हामी सबैले देख्यौँ नि, त्यहाँ कुनै प्रस्ताव माथि छलफल भयो रु कुनै विचारमा बहस भयो रु त्यहाँ माक्र्सवादको म पनि उच्चारण गरियो नेतृत्वबाट कहीँ रु समाजवादको कुरा गरियो भन्दा कहीँ केही छैन । त्यहाँ व्यक्ति पूजाको कुरा गरियो । व्यक्तिको अन्धताको प्रचार गरियो । र सिद्धान्तहीनताको प्रदर्शन गरियो ।’

एमाले महाधिवेशपछि हाल जारी कांग्रेसको अधिवेशनमा पनि राष्ट्र कस्तो बनाउने र समाजवादउन्मुख राज्य कसरी बनाउने भन्ने सम्बन्धमा बहस नगरिएको भन्दै अध्यक्ष प्रचण्डले त्यसको आलोचना गरे ।

उनले भने, ‘नेपाली कांग्रेस पनि हामी हेरिरहेका छौँ । उहाँहरुको त झन् विचार, सिद्धान्त, सम्मेलन भनेको हिजो उद्घाटन भयो, आज नोमिनेसन हुन्छ, भोलि फिर्ता लिने गर्ने हुन्छ । पर्सि चुनाव हुन्छ सिद्धियो । त्यहाँ राष्ट्र कस्तो बनाउने रु कसरी लैजाने रु हाम्रो संविधानले भनेको समाजवादउन्मुख राज्य कसरी बनाउने होला भन्नेतिर बहस छैन ।’

महाधिवेशनको नाममा भेला र मेला गर्न माओवादीले पनि गर्न सक्ने अध्यक्ष प्रचण्डको भनाइ थियो । अध्यक्ष प्रचण्डले अहिले माओवादीलाई भेला र मेलामा जम्मा नभएर विचार बहसमा केन्द्रित हुन जरुरी रहेको बताए ।

‘भेला सदस्यता नवीकरणदेखि प्रदेश सम्मेलनसम्म आइपुग्दा नयाँ विचार र पार्टीको खोजीमा छौँ । हामीलाई कसैले भन्यो कि हामी पनि त्यस्तै ताझाम गरौँ । ८ लाख सदस्यता भएको पार्टी त हामी भइनैसक्यो,’ उनले भने, ‘८ लाखमध्ये ४ लाखलाई मात्रै जम्मा हुन उर्दी जारी गर्यो भने पनि अरुकाभन्दा चाहीँ ठूला मेला र भेला हामी पनि गर्न सक्छौँ । गरौँला पनि कुनै दिन तर, अहिले हामी विचारमै केन्द्रित हुन जरुरी छ । हामी तामझाम देखाउनेभन्दा गुण तत्व निर्माणमै केन्द्रित हुन भेला, सम्मेलन गरिरहेका छौँ ।’

अध्यक्ष प्रचण्डले माओवादी पार्टीभित्र वैचारिक अस्पष्टताका कारण गुटबन्दी र अराजकता लगायतका समस्या देखिएको पनि बताएका छन्। साथै, आगामी राष्ट्रिय सम्मेलनबाट २१ औँ शताब्दीलाई सुहाउँदो नयाँ विचार लिएर आउने र पार्टीलाई विचारमा सशक्त बनाउने उनले बताए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

श्रावण शुक्ल पञ्चमीः नागको पूजा, आराधना गरी नागपञ्चमी पर्व मनाइँदै

एम्बुलेन्स अभावले मुस्ताङका गम्भीर बिरामीको उपचारमा चुनौती

कारागार सुधार र कैदीबन्दीको मानव अधिकार कार्यान्वयनमा सरकार गम्भीर छ : गृहमन्त्री

ट्रेन्डिङ

सबै

श्रावण शुक्ल पञ्चमीः नागको पूजा, आराधना गरी नागपञ्चमी पर्व मनाइँदै

एम्बुलेन्स अभावले मुस्ताङका गम्भीर बिरामीको उपचारमा चुनौती

कारागार सुधार र कैदीबन्दीको मानव अधिकार कार्यान्वयनमा सरकार गम्भीर छ : गृहमन्त्री

चौकी डाँडामा नेपाल टेलिकमको टावर निर्माण कार्य तीव्र गतीमा

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

श्रावण शुक्ल पञ्चमीः नागको पूजा, आराधना गरी नागपञ्चमी पर्व मनाइँदै

चौकी डाँडामा नेपाल टेलिकमको टावर निर्माण कार्य तीव्र गतीमा

राष्ट्रियसभाः खाना पकाउने ग्याँसको कृत्रिम अभाव अन्त्य गर्न आग्रह

कारागार सुधार र कैदीबन्दीको मानव अधिकार कार्यान्वयनमा सरकार गम्भीर छ : गृहमन्त्री

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

सामाजिक सञ्जालमा किन बढ्दै छ मनोज कँडेलको चर्चा? नयाँ शृङ्खलाले बढायो उत्सुकता

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.