• समाचार
  • नारायणी सेरोफेरो
  • राजनीति
  • स्वास्थ्य / जीवनशैली
  • कृषि
  • खेलकुद
  • मनोरञ्जन
  • साहित्य
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • ग्यालरी / फिचर
  • भिडियो
  • रोचक समाचार
  • रोजगारी
  • विचार
  • विज्ञान/प्रविधि
  • समाज
×
मङ्गलबार, जेठ ०३, २०७९
☰
मङ्गलबार, जेठ ०३, २०७९
    • समाचार
    • राजनीति
    • नारायणी सेरोफेरो
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

चितवनमा बहुप्रतिक्षित चलचित्र ‘म यस्तो गीत गाउँछु २’ को प्रिमियर शो हुँदै


  •   शनिबार, माघ २९, २०७८
  • A
  • A+
  • A++

चितवन । चितवनको नारायणगमा बहुप्रतिक्षित चलचित्र ‘म यस्तो गीत गाउँछु २’ को प्रिमियर शो हुँदैछ । मोफसलकै चर्चित लक्की मिडिया हाउस चितवनले विभिन्न नेपाली कलाकाहरुको साथमा चलचित्र देखाउने तयारी गरेको हो ।

कोभिड १९ बाट सबैभन्दा बढी प्रभावित भएको चलचित्र क्षेत्रलाई चलायमान बनाउन र आम दर्शकहरुलाई फिल्म हलमा चलचित्र हेर्नका लागि आह्वान गर्दै प्रिमियर शो कार्यक्रम गर्न लागिएको छ । नेपाली सिनेमा बजारको प्रचार-प्रसार र सिनेमा क्षेत्रको प्रवद्धनको लागि निरन्तर लागिरहेको लक्की मिडिया हाउसले चर्चित कलाकारहरुको साथमा बहुप्रतिक्षित चलचित्र ‘म यस्तो गीत गाउँछु २’ को प्रिमियर शोको तयारी गरिएको लक्की मिडिया हाउस चितवनका महाप्रबन्धक तथा कार्यक्रम संयोजक हरि कार्की ‘लक्की’ले जानकारी दिनुभयो।

प्रिमियर शो चितवनको सुबिधा सम्पन्न सिजी ल्याण्डमार्कमा रहेको चितवन सिनेप्लेक्समा फागुन १२ गते, बिहीबार साँझ ६ बजे गरिदैछ । कार्यक्रममा नेपाली सिने क्षेत्रमा अतुलनीय योगदान दिनुभएका कलाकार संगै चितवनमा बिभिन्न क्षेत्रमा आबद्र रहेका व्यक्तिहरुलाई सम्मान गरिने मिडिया हाउसका महाप्रबन्धक तथा कार्यक्रम संयोजक हरि कार्की ‘लक्की’ले बताउनुभयो।

कार्यक्रममा चलचित्र ‘म यस्तो गीत गाउँछु २’ का कलाकारहरु संगै अन्य चलचित्रकर्मीहरुको पनि बाक्लो उपस्थिती रहने छ । लक्की मिडिया हाउस चितवनले विभिन्न नेपाली चलचित्रहरुको कलाकाहरुको साथमा रेड कार्पेट प्रिमियर शो, प्रिमियर शो, विशेष शो तथा च्यारीटी शो गर्दै आएको छ । यस अघि पनि विभिन्न कलाकार तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरुलाई चलचित्रको विशेष शोको आयोजना गर्दै सम्मान गरेको थियो ।

सिनेमामा पल शाह, पूजा शर्मा, हरिहर शर्मा, दिनेश डिसी, राजा राजेन्द्र पोखरेल, सोनिका रोकाय लगायतका कलाकारको अभिनय रहेको छ । शिवम अधिकारी र दिनेश न्यौपानेले मिलेर सिनेमाको कथा लेखेका हुन् । निर्देशक सुदर्शन थापा र अभिनेत्री शर्माको लगानी रहेको सिनेमाका सह निर्माता जन्मजय र साम्पाङ्ग राई हुन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

चुनावमा खटिन नमान्ने कर्मचारीलाई कारबाही हुने

सत्ता गठबन्धनको चुनावी सभा Live , भरतपुर बाट

ट्रेन्डिङ

सबै

चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

चुनावमा खटिन नमान्ने कर्मचारीलाई कारबाही हुने

सत्ता गठबन्धनको चुनावी सभा Live , भरतपुर बाट

निर्वाचन नजिकदै गर्दा घर भेटमा तीब्रता

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

आजदेखि देशभरका बालिबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

जहाजको टायर पड्किदा, भैरहवा विमानस्थल अवरुद्ध

विवेकशील साझा पार्टीको भरतपुर मेयरको उम्मेदवार प्रविन काफ्ले

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
सम्पर्क
मोबाइल – 9846782512
ई–मेल
narayanidainik@gmail.com

हाम्रो टीम

सम्पादक
विपिन कंडेल

संवाददाता
सृजना ढकाल

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2022 Narayani Dainik | All rights Reserved.