• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
मङ्गलबार, जेठ १२, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

उद्यमशीलता विकासमा ‘नाफल ५.०’ को योगदान : नारायणगढ जेसीजको पहलमा सफलतापूर्वक सम्पन्न

इला कम्फर्टमा झरीसँगै गुञ्जियो सङ्गीत र खुशी, पानीको अनौठो संगम, उर्लियो भीड

चितवनमा नयाँ इलेक्ट्रिक एसयूभी MG S6 EV Trophy Long Range को औपचारिक शुभारम्भ

बजेट र नीति कार्यक्रममा जनसहभागिता बढाउन सुझाव संकलन पोर्टल सुरु

टाटा पेन्ट्सद्वारा प्रदेश १ का डिलरहरूका लागि सौरहामा डिलर मिट सम्पन्न

घरघरमा पानी पुर्‍याउँदै रत्ननगर खानेपानी: शुल्क घटाएर सेवा विस्तार

सर्वनाम थिएटरमा चैत २७ र २८ गते मदन श्रेष्ठ निर्देशित नाटक ‘१२ दुर्वासा’ मञ्चन हुने

अमलाचौर सम्पर्क समाजको प्रथम अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

राप्तीमा फोटो पत्रकार महासंघको तेस्रो महाधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

लोकप्रिय समाचार

  • १. उद्यमशीलता विकासमा ‘नाफल ५.०’ को योगदान : नारायणगढ जेसीजको पहलमा सफलतापूर्वक सम्पन्न

आज प्रजातन्त्र दिवसमा कुन नेताले के भने

देउवाले भनेका छन्, ‘वास्तवमै हामी आज स्वतन्त्र देशका सम्मानित र सार्वभौम नागरिक भएका छौँ। राजनीतिकरूपमा मुलुकले ठूलो फड्को मारेको छ। यसका लागि २००७ सालको राजनीतिक क्रान्तिदेखि २०४६ र २०६२-६३ सालको जनआन्दोलनसम्मको ठूलो भूमिका रहेको छ ।’

  •   शनिबार, फागुन ०७, २०७८
  • A
  • A+
  • A++

आज ७२ औँ राष्ट्रिय प्रजातन्त्र दिवस । १०४ वर्षे निरङ्‍कुस, जहानिया, तानाशाही र एकतन्त्रीय राणा शासनको अन्त्य गरी नेपालमा प्रजातन्त्र स्थापना भएकाे थियाे ।

२००७ सालको क्रान्ति सफल भएर १०४ वर्षे लामो निरङ्‍कुस राणा शासन अन्त्य भई प्रजातन्त्र स्थापना भएको सम्झनामा हरेक वर्ष फागुन ७ गते प्रजातन्त्र दिवस मनाइन्छ। राज्यशक्तिको स्रोत जनता हुन् र मुलुकको सार्वभौमसत्ता जनतामा निहित हुनुपर्दछ भन्ने मान्यतालाई नेपालले स्थापित र कार्यान्वयन गर्न गरिसकेकाे छ । अर्थात मुलुकमा गणतन्त्र स्थापना भइसकेकाे छ ।

प्रजातन्त्र दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री शेरबहादुर देउवाले शुभकामना दिएका छन् ।

राष्ट्रपति भण्डारीले सामाजिक न्याय, समानता र समृद्धिका माध्यमबाट वास्तविक परिवर्तनको अनुभूति जनतालाई गराउनुपर्ने बताएकी छन् । ‘हामीले सधैँ स्मरण गर्नुपर्दछ, प्रजातन्त्र वा लोकतन्त्र जुनसुकै नाम दिए पनि जनतामा आधारित शासन प्रणालीले जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउन सक्नुपर्दछ । हाम्रो संविधानले अवलम्बन गरेको राजनीतिक व्यवस्थाले जनतालाई नै राज्य शक्तिको सम्पूर्ण स्रोत मान्दछ,’ राष्ट्रपतिले भनेकी छन् ।

उपराष्ट्रपति सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस्थालगायत राजनीतिक उपलब्धिको संरक्षणमा सबैले जोड दिनुपर्ने बताएका छन् । उनले मुलुकको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय हित, स्वाभिमान र लोकतन्त्रको रक्षार्थ भएका विभिन्न आन्दोलनहरूमा योगदान गर्ने सबैप्रति सम्मान प्रकट गरेका छन् ।

प्रधानमन्त्री २००७ सालको राजनीतिक क्रान्तिबाट प्राप्त सफलतामा टेकेर अघि बढ्दै जाँदा नै आज मुलुकमा संघीय, लोकतान्त्रिक गणतन्त्रात्मक र समावेशी शासन प्रणाली स्थापना हुन सकेको बताएका छन् । २००७ सालको क्रान्त्रिको जगमा उभिएर नै आज सबैले स्वतन्त्रता र आत्म सम्मानका साथ बाँच्न पाइरहेको, नागरिक हकअधिकारको उपभोग गर्न पाएको तथा राज्यको सबै तह र संरचनामा आम नागरिकको पहुँच स्थापित हुन सकेको उनले शुभकामना सन्देशमा उल्लेख गरेका छन् ।

देउवाले भनेका छन्, ‘वास्तवमै हामी आज स्वतन्त्र देशका सम्मानित र सार्वभौम नागरिक भएका छौँ। राजनीतिकरूपमा मुलुकले ठूलो फड्को मारेको छ। यसका लागि २००७ सालको राजनीतिक क्रान्तिदेखि २०४६ र २०६२-६३ सालको जनआन्दोलनसम्मको ठूलो भूमिका रहेको छ ।’

लोकतन्त्रका मूल्य, मान्यता र आदर्शलाई स्थापित गर्नु अहिलेको मुख्य कार्यभार : सभामुख सापकाेटा

सभामुख अग्निप्रसाद सापकोटा राष्ट्रिय प्रजातन्त्र दिवस–२०७८ का अवसरमा देश विदेशमा रहेका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गरेका छन् ।

‘देशमा लोकतन्त्र प्राप्ति एवं राष्ट्रियताको सम्वर्द्धनका लागि विभिन्न समयमा भएका संघर्षमा जीवन आहुति दिनु भएका सम्पूर्ण सहिदप्रति ससम्मान भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु,’ ७२औँ प्रजातन्त्र दिवसका अवसरमा जारी सन्देशमा सापकाेटाले भनेका छन् ।

‘हामी सात दशक यताका सबैखाले संघर्ष र आन्दोलनबाट प्राप्त उपलब्धिहरुको साँचो अर्थमा कार्यान्वयनको चरणमा छौं । यस क्रममा हाम्रा सामु थुप्रै चुनौती देखा परेका छन् । चुनौतीको सामना गर्दै लोकतन्त्रका मूल्य, मान्यता र आदर्शलाई स्थापित गर्नु अहिलेको मुख्य कार्यभार हो । लोकतन्त्र सिद्धान्तसँगै हाम्रो चिन्तन, जीवन पद्धति, व्यवहार र पुस्तान्तरणको महत्वपूर्ण संस्कारसमेत हो । यसको विकास, विस्तार र सुदृढीकरणको प्रक्रिया निरन्तर चलिरहनु अनिवार्य हुन्छ ,’ उनकाे भनाइछ ।

२००७ सालको क्रान्ति सफल भएर १०४ वर्षे लामो निरङ्‍कुस राणा शासन अन्त्य भई प्रजातन्त्र स्थापना भएको सम्झनामा हरेक वर्ष फागुन ७ गते प्रजातन्त्र दिवस मनाइन्छ।

सापकाेटाले लोकतन्त्रको समीक्षा यसको अभ्यासमा आधारित रहने बताएका छन् । ‘जिम्मेवार निकायबाट लोकतान्त्रिक अभ्यासको व्यवहारिक पुष्टि भए मात्र जनस्तरमा यसप्रति गहिरो विश्वास पैदा हुन्छ । लोकतन्त्रप्रतिको साँचो प्रतिबद्धता र यसको रक्षाको दायित्व हामी सबैको हो । थप सजग र सचेत भएर लोकतन्त्रको संस्थागत अभ्यास सुनिश्चित गर्न सक्दा नागरिकमा सकारात्मक सन्देश प्रवाह हुने विश्वास लिएको छु,’ सापकाेटाले उल्लेख गरेका छन् ।

प्रजातन्त्रकै जगमा मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रमा : अध्यक्ष तिमिल्सिना

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रजातन्त्रकै जगमा मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा प्रवेश गरेकाे बताएका छन् ।

७२ औँ राष्ट्रिय प्रजातन्त्र दिवस-२०७८ को शुभ अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्बिको शुभकामना व्यक्त गर्दै तिमिल्सिनाले राज्यशक्तिको स्रोत जनता हुन् र मुलुकको सार्वभौमसत्ता जनतामा निहित हुनुपर्दछ भन्ने मान्यतालाई हामीले स्थापित र कार्यान्वयन गर्न सकेकाे बताएका छन् । ‘वीर सहिदको बलिदानबाट जहानिया राणा शासनको अन्त्य र प्रजातन्त्रको स्थापना गर्न सफल भएकोले आजको दिन नेपालको इतिहासमा गौरवपूर्ण र अविस्मरणीय छ,’ उनले सन्देशमा भनेका छन् ।

२००७ सालको क्रान्ति सफल भएर १०४ वर्षे लामो निरङ्‍कुस राणा शासन अन्त्य भई प्रजातन्त्र स्थापना भएको सम्झनामा हरेक वर्ष फागुन ७ गते प्रजातन्त्र दिवस मनाइन्छ।

प्रजातन्त्र स्थापनाका लागि भएका संघर्षको मार्गदर्शनस्वरुप नेपालको वर्तमान संविधानले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई अङ्गीकार गर्दै न्याय र समानतामा आधारित समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने लक्ष्य लिएको उनले बताएका छन् ।

‘विकसित र समृद्ब नेपाल निर्माणका लागि राष्ट्रिय एकता आजको आवश्यकता हो। तर सङ्‍कीर्ण स्वार्थका लागि जेजस्ता गतिविधि भइरहेका छन् त्यस्ता प्रवृत्ति प्रति सम्पूर्ण राजनीतिक दलहरु र आम नेपाली जनता सजग र सचेत हुन आवश्यक छ। व्यक्तिगत र दलगत सङ्‍कीर्ण स्वार्थ त्यागेर राष्ट्र निर्माणको महान अभियानका लागि सबै राजनीतिक दलहरु बीचको सहमतिले शहिदहरु प्रतिको सम्मान हुने छ,’ तिमल्सिनाले भनेका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

उद्यमशीलता विकासमा ‘नाफल ५.०’ को योगदान : नारायणगढ जेसीजको पहलमा सफलतापूर्वक सम्पन्न

इला कम्फर्टमा झरीसँगै गुञ्जियो सङ्गीत र खुशी, पानीको अनौठो संगम, उर्लियो भीड

चितवनमा नयाँ इलेक्ट्रिक एसयूभी MG S6 EV Trophy Long Range को औपचारिक शुभारम्भ

ट्रेन्डिङ

सबै

उद्यमशीलता विकासमा ‘नाफल ५.०’ को योगदान : नारायणगढ जेसीजको पहलमा सफलतापूर्वक सम्पन्न

इला कम्फर्टमा झरीसँगै गुञ्जियो सङ्गीत र खुशी, पानीको अनौठो संगम, उर्लियो भीड

चितवनमा नयाँ इलेक्ट्रिक एसयूभी MG S6 EV Trophy Long Range को औपचारिक शुभारम्भ

बजेट र नीति कार्यक्रममा जनसहभागिता बढाउन सुझाव संकलन पोर्टल सुरु

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

उद्यमशीलता विकासमा ‘नाफल ५.०’ को योगदान : नारायणगढ जेसीजको पहलमा सफलतापूर्वक सम्पन्न

उद्यमशीलता विकासमा ‘नाफल ५.०’ को योगदान : नारायणगढ जेसीजको पहलमा सफलतापूर्वक सम्पन्न

टाटा पेन्ट्सद्वारा प्रदेश १ का डिलरहरूका लागि सौरहामा डिलर मिट सम्पन्न

बजेट र नीति कार्यक्रममा जनसहभागिता बढाउन सुझाव संकलन पोर्टल सुरु

चितवनमा नयाँ इलेक्ट्रिक एसयूभी MG S6 EV Trophy Long Range को औपचारिक शुभारम्भ

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.