काठमाडौं। विद्यालयवाट घर फर्कदै गरेकी एक स्कूले विद्यार्थीको बाटोमै ज्यान लिइएको छ । यो घटना उदयपुरको बेलका नगरपालिका ३ मा भएको हो । विद्यालयले विज्ञप्ती जारी गर्दै आफ्नो विद्यालयको एक छात्राको ह त्या भएको उल्लेख गरेको छ । उदयपुरको कोशी जनता माध्यमिक विद्यालय रामपुरमा कक्षा १० मा अध्ययनरत कविता सुनुवारको ज्यान लिएको हो ।
उनी विद्यालयवाट आउने क्रममा यसोदा खोलामा घटना भएको प्रहरीले जनाएको छ । उनी विद्यालय आउने क्रममा बाटोमै क्रुर र हिं स्रक ढंगले ह त्या भएको विद्यालयका प्रधानाध्यापक सूर्य नारायण साहले जानकारी दिएका छन् ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेश बस्नेत र प्रधानाध्यापक साहले संयुक्त विज्ञप्ति प्रकाशित गरी घटनाको निष्पक्ष छानबिन गरी अपराधी पत्ता लगाउन र कडा सजायँ दिन माग गरेका छन् । फाइल तस्बिर