निराज रानाभाट , काठमाडौं : कश्यप गोत्रीय रानाभाट केन्द्रीय प्रतिष्ठानको ` प्रथम अधिवेशन , ऐतिहासिक पुस्तक बिमोचन तथा बडा दशै र शुभ दिपावलीको शुभकामना आदानप्रदान कार्यक्रम ´ हुँदै छ
कार्यक्रम आगामी असोज ०८ गते , शनिबार , गण्डकी प्रदेशमा पर्ने तनहुँ जिल्लाको अाँबुखैरेनी गाउँपालिका – ०२ , बगुवास्थित रोयल्स हाेम रिसोर्ट प्रा. लि. सम्पन्न हुने भएको छ ।
कश्यप गोत्रीय रानाभाट केन्द्रीय प्रतिष्ठानको ` प्रथम अधिवेशन , ऐतिहासिक पुस्तक बिमोचन तथा बडा दशै र शुभ दिपावली को शुभकामना आदानप्रदान कार्यक्रम ´ लाई भव्य समारोहकाबीच सम्पन्न गर्न राजधानी काठमाडौंमा कश्यप गोत्रीय रानाभाट केन्द्रीय प्रतिष्ठानले प्रारम्भिक बैठक समेत गरिसकेको छ । केन्द्रीय अध्यक्ष नेपालहरि रानाभाटको अध्यक्षतामा बसेको बैठकले प्रमुख अतिथि निमन्त्रणा , लेखापरीक्षक नियुक्ति स्थान तथा प्रवेश शुल्क निर्धारण लगायतका कार्यक्रम व्यवस्थापन सम्बन्धी महत्वपूर्ण निर्णय गरेको छ ।