• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
आइतबार, जेठ १७, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

उद्यमशीलता विकासमा ‘नाफल ५.०’ को योगदान : नारायणगढ जेसीजको पहलमा सफलतापूर्वक सम्पन्न

इला कम्फर्टमा झरीसँगै गुञ्जियो सङ्गीत र खुशी, पानीको अनौठो संगम, उर्लियो भीड

चितवनमा नयाँ इलेक्ट्रिक एसयूभी MG S6 EV Trophy Long Range को औपचारिक शुभारम्भ

बजेट र नीति कार्यक्रममा जनसहभागिता बढाउन सुझाव संकलन पोर्टल सुरु

टाटा पेन्ट्सद्वारा प्रदेश १ का डिलरहरूका लागि सौरहामा डिलर मिट सम्पन्न

घरघरमा पानी पुर्‍याउँदै रत्ननगर खानेपानी: शुल्क घटाएर सेवा विस्तार

सर्वनाम थिएटरमा चैत २७ र २८ गते मदन श्रेष्ठ निर्देशित नाटक ‘१२ दुर्वासा’ मञ्चन हुने

अमलाचौर सम्पर्क समाजको प्रथम अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

राप्तीमा फोटो पत्रकार महासंघको तेस्रो महाधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

लोकप्रिय समाचार

  • १. उद्यमशीलता विकासमा ‘नाफल ५.०’ को योगदान : नारायणगढ जेसीजको पहलमा सफलतापूर्वक सम्पन्न

घरआँगनमै झार मार्ने विषादी प्रयोग



  •   शुक्रबार, साउन १६, २०८२
  • A
  • A+
  • A++

१६ साउन, चितवन । चितवनमा धेरैजसो व्यक्तिहरुले झार मार्ने रासायनिक विषादी घरआँगनमै छर्ने गरेको पाइएको छ । घर आँगनको झार मार्ने विषादीको जथाभावी प्रयोगले घरका सानासाना बालबालिका, वृद्धवृद्धा तथा पशु चौपायाहरुलाई नकारात्मक असर पर्ने जानकारहरु बताउँछन् । तर यसको बढ्दो प्रयोग चिन्ताको विषय बनेको छ ।

पहिले–पहिले व्यावसायिक किसानहरूले खेतबारीमा झार मार्ने विषादीको प्रयोग गरेपनि अहिले भने घरको आँगनमै विषादी छर्किन थालेपछि यसको नकारात्मक असर पनि बढी देखिने कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवनका किट विज्ञ प्रा.डा.सुन्दर तिवारी बताउँछन् ।‘हरियो त मान्छेको आँखाका लागि पनि राम्रो हुन्छ भनिन्छ, तर घर अगाडिको हरियो मन पर्न किन छाडेको हो, अचम्म लाग्छ’ प्रा.डा. तिवारीले भने, ‘आँगनमा नै विष हाल्दा त्यसले कलिला बाबुनानी, पशु चौपाया, कुखुरा–हाँस, चराहरुदेखि सबैलाई असर गर्छ भन्ने कुरा किन नबुझेको हो ?’

असार, साउन र भदौंमा झार मार्ने विषादीको अत्याधिक प्रयोग हुने गरेको देखिएको छ । झार मार्ने विषादी धान रोप्ने खेतदेखि तरकारी लगाउने बारी हुँदै घरकै आँगनमा समेत प्रयोग हुन थालेको छ ।

विषादी व्यवसायी संघ चितवनका अध्यक्ष ईश्वरी अर्याल हरेक वर्ष झार मार्ने विषादीको प्रयोग १० प्रतिशतभन्दा बढीको दरले बढेको बताउँछन्।  उनका अनुसार चितवनमा पाराक्वेट ८० प्रतिशत र ग्लाइफोसेट २० प्रतिशत जति प्रयोग हुने गरेको अनुमान छ ।

‘हामीले त झार मार्ने विषादी बेच्ने भएपछि किन्न आउनेलाई दिनु नै पर्‍यो, कति मात्रामा छर्किने पनि भनेका हुन्छौं तर हामीले भनेको भन्दा बढी मात्रामा किसान वा उपभोक्ताले छर्किनुहुन्छ’ अध्यक्ष अर्याल भन्छन्, ‘यसरी जथाभावी र जेमा पनि विषादी हाल्नु गलत हो ।’

घर आँगनको झार मार्न पाराक्वेट र ग्लाइफोसेट नामका कडा विषादीहरू प्रयोग हुने गरेका छन् । सरकारले पाराक्वेट विषादीको बिक्रीवितरण रोकेको छ । तर बाँकी रहेको स्टक बेच्ने अनुमति दिएको भन्दै किनबेच भइरहेको पाइएको छ । अझै डेढ वर्षसम्म नेपाल भित्र स्टकको रुपमा रहेको पाराक्वेट विषादी बेच्ने अनुमति छ ।

पाराक्वेट झारमा छर्किँदा केही घण्टामा नै झार मर्न सुरु गर्छ । यो विषादी परेको ठाउँमा झारको अवशेष पनि बाँकी रहँदैन । तीन महिनासम्म अर्को झार उम्रिँदैन । यसले बिरुवाको सन्चार सिस्टममै पुगेर मार्छ ।

पाराक्वेट र ग्लाइफोसेट दुवै विषादीको पर्खने समय ९० दिन तोकिएको छ । तर आँगनमै विष हाल्दा कति दिन पर्खने ? यसबाट कति दिनसम्म कडा असर गर्ला भन्ने कुराको ख्याल प्रयोगकर्ताले गरेको पाइँदैन । ‘पाराक्वेट झरेको ठाउँमा कम्तीमा पनि ७/८ दिनसम्म जान हुँदैन भनेका हुन्छौं, तर घरको आँगनमा नजाने भन्ने कुरा भएन’ विषादी व्यवसायी संघका अध्यक्ष अर्यालले भने, ‘घरआँगनमै विष छर्कनु चाहिँ राम्रो होइन ।’

खैरहनी नगरपालिकाका कृषि अधिकृत गौरव न्यौपानेले घर वरपर विषादीको बढ्दो प्रयोग चिन्ताको विषय भएको बताए । ‘आँगनमै विष हाल्दा एक त हाल्नेलाई असर गर्ने भयो, अर्कोतिर घर परिवारका सबै सदस्य, आउने आफन्तलाई पनि कुनै न कुनै रुपमा त असर गर्ने नै भयो,’ न्यौपाने भन्छन्, ‘विषादीले माटोमा भएको सूक्ष्म जीवलाई पनि मार्ने भयो, पाराक्वेट जस्ता विषादी माटोको माध्यमबाट पानीको सम्पर्कमासमेत पुग्ने गर्दछ ।’

घर वरपरको झार मार्ने विषय फेसन र देखासिकीका रुपमा अगाडि आएको उनको भनाइ छ । ‘विष त आखिर विष हो नी, त्यसले त जरुर असर गर्छ, सामान्य हावा चल्दा एकातिर हालेको विषको असर अर्को बारीमा समेत पुगेर तरकारी खेती मरेको थाहा पाएको छु’ न्यौपाने भन्छन्, ‘मानिसहरुलाई घर अगाडि नै झार उखेल्ने फुर्सद हुन छाड्यो, मोबाइल, फेसबुक र टिकटकले भुलायो ।’

न्यौपानेको जस्तै धारणा छ विज्ञ प्रा.डा.सुन्दर तिवारीको पनि । ‘पहिले पहिले सारा सेरोफेरो खेती किसानी गर्ने हाम्रो अघिल्लो पुस्ता थियो, दुःख गर्ने मेहनत गर्ने थिए, तर अहिले उनीहरुकै छोराछोरीका पाखुरामा घर अगाडिको आँगनको झार उल्खेल्ने जाँगर छैन’ प्रा.डा. तिवारी भन्छन्, ‘ज्यानको बोसो घटाउन बरु जिम जान्छ तर आँगनको झार उखेल्दैन र विष छर्छ । विषादीको तत्कालीन र दीर्घकालीन असर हुने कुरा कतिपयलाई थाहा पनि छैन ।

खैरहनी नगरपालिकाका कृषि अधिकृत न्यौपानेले पालिकाले जनचेतना जगाउन सक्ने भए पनि झार मार्ने विषादी रोक्न नसक्ने बताए । प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापान केन्द्रले नै यसमा रोक लगाउनुपर्ने उनको भनाइ छ । न्यौपानेले व्यावसायिक कृषि प्रयोजन बाहेक अन्यत्र झार मार्ने विषादीको प्रयोग रोक्नु उचित हुने बताए ।

विषादी व्यवसायी संघ चितवनका अध्यक्ष ईश्वरी अर्याल धान खेतमा झार मार्ने विषादी हालेकै कारण पछिल्ला वर्षहरुमा धान गोडेको देख्न छाडिएको बताउँछन्। ‘एकातिर खेताला नपाउने, पाए पनि महंगो पर्ने हुँदा धेरैजसोले धान रोपेको हिलोमा नै विष हाल्ने गरेका छन्’ अध्यक्ष अर्यालले भने, ‘खेतीमा विष त हालेहाले तर आँगनमा नै झार मार्न विषादी हाल्न उपयुक्त हैन, यसले विषादीलाई मानिसको सहज पहुँचमा लग्यो, त्यसका धेरै असरहरु छन् । के गर्ने मान्छेहरुले बुझेर पनि बुझ पचाएका छन् ।’ उनले चितवनमा दुई सयदेखि दुई सय पचाससम्म विषादी बिक्रेताहरु रहेको हुन सक्ने बताए ।

फिजिसियन डा. भोजराज अधिकारीले श्वासप्रश्वास, छाला र अप्रत्यक्ष रुपमा मानिसमा विषादीले असर गर्ने बताउँछन् । ‘अस्पतालमा खुट्टा झमझम गर्‍यो, ज्यान पोल्यो, वाकवाकी लाग्यो भनेर मानिसहरु आएको पाउँछु, हिस्ट्री लिँदै जाँदा विषादीसँग डाइरेक्ट वा इनडाइरेक्ट कनेक्ट भएको नै पाइन्छ’ डा. अधिकारी भन्छन्, ‘आँखा पोल्ने, चक्कर लाग्ने, कम्पन हुने, सास फेर्न गाह्रो हुने, बालबालिकाहरुलाई पखाला लाग्ने, बान्ता गर्ने, र्‍याल निकाल्ने विषादीका असर हुन् ।’

गर्मी, हावा र पानी यी तिनवटै अवस्था अहिले विषादीलाई मानिसको सम्पर्कमा पुर्‍याउन क्याटलिष्टको रुपमा काम गरेको डा. अधिकारीले बताए ।

घर आँगनमा पनि विषादी छर्कने र विषादीको सहज पहुँचमा मानिसहरु पुग्ने अर्को खतरनाक अवस्था भएको डा. अधिकारीको भनाइ छ । हर्भिसाइटहरुको जथाभावी र मनपर्दी प्रयोग कसैका लागि पनि फाइदाजनक नभए पनि हरेक वर्ष यसको बढ्दो प्रयोगले दीर्घकालमा ठूलो असर गर्नेतर्फ सचेत हुन ढिला भैसकेको उनले बताए ।

डा. अधिकारीले घर आँगनमा विषादी हालेर हाम्रा कलिला बालबालिकालाई दीर्घकालमा गम्भीर प्रकृतिको रोगी बनाउने काम त भैरहेको छैन भन्ने बारेमा विषादी हाल्नु अगाडि सोच्नुपर्ने बताए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

उद्यमशीलता विकासमा ‘नाफल ५.०’ को योगदान : नारायणगढ जेसीजको पहलमा सफलतापूर्वक सम्पन्न

इला कम्फर्टमा झरीसँगै गुञ्जियो सङ्गीत र खुशी, पानीको अनौठो संगम, उर्लियो भीड

चितवनमा नयाँ इलेक्ट्रिक एसयूभी MG S6 EV Trophy Long Range को औपचारिक शुभारम्भ

ट्रेन्डिङ

सबै

उद्यमशीलता विकासमा ‘नाफल ५.०’ को योगदान : नारायणगढ जेसीजको पहलमा सफलतापूर्वक सम्पन्न

इला कम्फर्टमा झरीसँगै गुञ्जियो सङ्गीत र खुशी, पानीको अनौठो संगम, उर्लियो भीड

चितवनमा नयाँ इलेक्ट्रिक एसयूभी MG S6 EV Trophy Long Range को औपचारिक शुभारम्भ

बजेट र नीति कार्यक्रममा जनसहभागिता बढाउन सुझाव संकलन पोर्टल सुरु

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

उद्यमशीलता विकासमा ‘नाफल ५.०’ को योगदान : नारायणगढ जेसीजको पहलमा सफलतापूर्वक सम्पन्न

टाटा पेन्ट्सद्वारा प्रदेश १ का डिलरहरूका लागि सौरहामा डिलर मिट सम्पन्न

बजेट र नीति कार्यक्रममा जनसहभागिता बढाउन सुझाव संकलन पोर्टल सुरु

चितवनमा नयाँ इलेक्ट्रिक एसयूभी MG S6 EV Trophy Long Range को औपचारिक शुभारम्भ

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.