• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
शनिबार, साउन १६, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

सामाजिक सञ्जालमा किन बढ्दै छ मनोज कँडेलको चर्चा? नयाँ शृङ्खलाले बढायो उत्सुकता

भजनमा रमाउँदै चितवनका युवाः मन्दिरदेखि समाजसेवासम्म फैलिँदै एमआरआर अभियान

नेपाली बजारमा प्रवेशसँगै VIDA ले थाल्यो अन्तर्राष्ट्रिय यात्रा

नारायणी लिफ्टको १३ किलोमिटर नहर अतिक्रमणमा

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ

कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण

पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना

चार लाख भारतीय रकमसहित पक्राउ

सञ्चारमन्त्री डा तिमिल्सिनाद्वारा ककनीका समस्याबारे जनप्रतिनिधिसँग छलफल

लोकप्रिय समाचार

  • १. सामाजिक सञ्जालमा किन बढ्दै छ मनोज कँडेलको चर्चा? नयाँ शृङ्खलाले बढायो उत्सुकता

  • २. नेपाली बजारमा प्रवेशसँगै VIDA ले थाल्यो अन्तर्राष्ट्रिय यात्रा

  • ३. भजनमा रमाउँदै चितवनका युवाः मन्दिरदेखि समाजसेवासम्म फैलिँदै एमआरआर अभियान

समुदायस्तरमै हैजा फैलिएपछि वीरगञ्जका विद्यालयहरू २ दिन बन्द



  •   आइतबार, भदौ ०८, २०८२
  • A
  • A+
  • A++

८ भदौ, काठमाडौं । हैजाको प्रकोप समुदायस्तरमै फैलिएपछि वीरगञ्ज महानगरपालिकाभित्रका सम्पूर्ण शैक्षिक संस्थाहरू बन्द गरिएको छ ।

महानगरको शैक्षिक प्रशासन महाशाखाको आह्वानमा दुई दिन सामुदायिक तथा संस्थागत विद्यालहरूको पठनपाठन बन्द गरिएको हो ।विगत केही दिनदेखि वीरगञ्जमा बढ्दै गएको हैजाको संक्रमणलाई मध्यनजर गर्दै आइतबार र सोमबार दुई दिनका लागि वीरगञ्ज महानगरपालिका अन्तर्गतका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरूको पठनपाठन स्थगित गरिएको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।

जिल्ला जनस्वास्थ्य कार्यालयका अधिकृत जयमोद ठाकुरका अनुसार शनिबार अबेर रातिसम्म वीरगञ्जका विभिन्न अस्पतालमा उपचाररत बिरामीमध्ये ४२ जनामा हैजा संक्रमण पुष्टि भएको छ । विभिन्न अस्पतालहरूमा १२९ जना बिरामी उपचाररत छन् ।ठाकुरका अनुसार वीरगञ्ज महानगरपालिका वडा नम्बर ११, १२, १३ र १६ नम्बर वडामा हैजाको संक्रमण फेला परेको हो ।

शुक्रबार राति वीरगञ्ज महानगरपालिका-१२ स्थित मुर्ली टोलका स्थानीयमा हैजाको संक्रमण देखिएपछि स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको थियो । शनिबारसम्म आइपुग्दा वीरगञ्ज महानगरपालिकाका चार वडासम्म हैजाको संक्रमण फैलिएको उनले बताए ।

ठाकुरका अनुसार, पर्सा जिल्लामा पछिल्लो १० वर्षयता पहिलो पटक हैजाको प्रकोप देखिएको बताए । भिब्रियो कोलरी नामक जीवाणु दूषित खाना वा पानीमार्फत शरीरमा प्रवेश गरेपछि हैजा लाग्ने गर्दछ । यस रोगका लक्षणमा निरन्तर झाडापखाला लाग्ने, वान्ता हुने, पेट दुख्ने, आँखा गाडिने, शरीरमा पानी कमी भई मांसपेसी दुख्ने र ज्वरो आउने जस्ता समस्या देखिने गर्छन् । समयमै उपचार नपाए मृत्यु समेत हुन सक्ने उनले बताए ।

ठाकुरले अनलाइनखबरसँग भने, ‘हैजाको लक्षण देखिएका दुई जना बिरामीको मृत्यु भएको छ । एक जना पोखरिया नगरपालिका-९ की महिला र वीरगञ्ज महानगरपालिका-१२ का पुरुष बिरामीको मृत्यु भएको हो । उनीहरूको परिवारले दिएको जानकारी अनुसार उनीहरूमा झाडापखलाको लक्षण थियो । तर हैजाकै कारण उनीहरूको मृत्यु भएको भनेर भन्न सकिँदैन ।’

ठाकुर भन्छन्, ‘२८ साउनमा मुरली क्षेत्रका स्थानीयमा फाट्फुट्ट झाडापखला लक्षण भएका बिरामी देखा परेका थिए । विस्तारै यो संख्या बढ्दै गयो । झाडापखला देखिएका व्यक्तिहरूको आरडीटी परीक्षण गर्दा हैजाको संक्रमण पुष्टि भयो । यो संख्या शनिबार राति अबेरसम्म आइपुग्दा ४२ जनामा संक्रमण पुष्टि भइसकेको छ । यो महामारीको रूप नै हो ।’

हैजाको संक्रमण देखिएका ११ ठाउँका पानीका नमुना परीक्षणका लागि काठमाडौंको टेकुस्थित स्वास्थ्य विज्ञान प्रयोगशालामा पठाइएको उनले बताए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

सामाजिक सञ्जालमा किन बढ्दै छ मनोज कँडेलको चर्चा? नयाँ शृङ्खलाले बढायो उत्सुकता

नारायणी लिफ्टको १३ किलोमिटर नहर अतिक्रमणमा

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ

ट्रेन्डिङ

सबै

सामाजिक सञ्जालमा किन बढ्दै छ मनोज कँडेलको चर्चा? नयाँ शृङ्खलाले बढायो उत्सुकता

भजनमा रमाउँदै चितवनका युवाः मन्दिरदेखि समाजसेवासम्म फैलिँदै एमआरआर अभियान

नेपाली बजारमा प्रवेशसँगै VIDA ले थाल्यो अन्तर्राष्ट्रिय यात्रा

नारायणी लिफ्टको १३ किलोमिटर नहर अतिक्रमणमा

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

सामाजिक सञ्जालमा किन बढ्दै छ मनोज कँडेलको चर्चा? नयाँ शृङ्खलाले बढायो उत्सुकता

नेपाली बजारमा प्रवेशसँगै VIDA ले थाल्यो अन्तर्राष्ट्रिय यात्रा

भजनमा रमाउँदै चितवनका युवाः मन्दिरदेखि समाजसेवासम्म फैलिँदै एमआरआर अभियान

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.