• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
आइतबार, जेठ १७, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

उद्यमशीलता विकासमा ‘नाफल ५.०’ को योगदान : नारायणगढ जेसीजको पहलमा सफलतापूर्वक सम्पन्न

इला कम्फर्टमा झरीसँगै गुञ्जियो सङ्गीत र खुशी, पानीको अनौठो संगम, उर्लियो भीड

चितवनमा नयाँ इलेक्ट्रिक एसयूभी MG S6 EV Trophy Long Range को औपचारिक शुभारम्भ

बजेट र नीति कार्यक्रममा जनसहभागिता बढाउन सुझाव संकलन पोर्टल सुरु

टाटा पेन्ट्सद्वारा प्रदेश १ का डिलरहरूका लागि सौरहामा डिलर मिट सम्पन्न

घरघरमा पानी पुर्‍याउँदै रत्ननगर खानेपानी: शुल्क घटाएर सेवा विस्तार

सर्वनाम थिएटरमा चैत २७ र २८ गते मदन श्रेष्ठ निर्देशित नाटक ‘१२ दुर्वासा’ मञ्चन हुने

अमलाचौर सम्पर्क समाजको प्रथम अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

राप्तीमा फोटो पत्रकार महासंघको तेस्रो महाधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

लोकप्रिय समाचार

  • १. उद्यमशीलता विकासमा ‘नाफल ५.०’ को योगदान : नारायणगढ जेसीजको पहलमा सफलतापूर्वक सम्पन्न

लिम्पियाधुराले पायो संवैधानिक मान्यता

  •   शुक्रबार, असार ०५, २०७७
  • A
  • A+
  • A++

कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नेपालको नयाँ नक्साले संवैधानिक र कानुनी मान्यता पाएको छ। संघीय संसद्का दुवै सदनले सर्वसम्मत पारित गरेको संविधान संशोधन विधेयकलाई राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार प्रमाणीकरण गरेकी हुन्। यससँगै मुलुकको चुच्चे नक्सा तत्कालै लागू भई प्रयोगमा आएको छ।

संसद्को माथिल्लो सदन राष्ट्रियसभाको बिहीबारको बैठकले लिम्पियाधुरासहितको नक्सा संविधानको अनुसूचीमा राख्ने संविधान संशोधन विधेयक सर्वसम्मत पारित गरेको थियो। प्रतिनिधिसभाले शनिबार सर्वसम्मत पारित गरेको उक्त विधेयक राष्ट्रियसभाले पनि पारित गरेको सूचना बिहीबार प्रतिनिधिसभा बैठकमा सुनाइएको थियो। दुवै सदनबाट पारित भएपछि सभामुख अग्नि सापकोटाले विधेयकलाई प्रमाणित गरेर राष्ट्रपतिसमक्ष प्रमाणीकरणका लागि पठाएका थिए।

राष्ट्रियसभा बैठकमा उपस्थित ५७ जना सबै सांसदले विधेयकको पक्षमा मतदान गरेका थिए। ५९ सदस्यीय राष्ट्रियसभामा एक सिट खाली छ। मत बराबर भए मात्र निर्णायक मत दिन पाउने व्यवस्थाका कारण अध्यक्ष गणेश तिमिल्सेनाले मत दिन पाएनन्। विधेयक पारित हुन दुवै सदनमा दुईतिहाइ मत चाहिन्छ।

भारतले झन्डै ६० वर्षदेखि अतिक्रमण गरेका कालापानी, लिपुुलेक र लिम्पियाधुरा समेटेर सरकारले जेठ ५ मा नयाँ नक्सा जारी गरेको थियो। संविधानको अनुसूचीमा रहेको निसान छापभित्रको नक्सा सच्याउन सरकारले जेठ ९ मा संशोधन विधेयक दर्ता गरेको थियो। संसद्का दुवै सदनमा दलहरूले राष्ट्रियता, स्वाधीनता, सार्वभौमसत्ता र राष्ट्रिय अखण्डताका पक्षमा अभूतपूर्व एकता रहेको सन्देशसहित विधेयकलाई सर्वसम्मत पारित गरेका हुन्।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री डा. शिवमाया तुम्बाहाङफेले संशोधन विधेयक पारित गर्न राखेको प्रस्तावलाई राष्ट्रियसभाले सर्वसम्मत पारित गरेको हो। त्यसअघि विधेयकमाथि भएको दफावार छलफलमा सत्तासीन नेकपाका प्रवक्ता एवं पूर्वपरराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले भारतले अतिक्रमित भूमिबाट आफ्ना सेना, सुरक्षाकर्मी र अरू प्रशासनिक संरचना हटाउनुपर्ने माग गरे। उनले दुई देशबीचको सम्बन्ध नकारात्मक हुन नदिन भारतले तत्काल वार्ताको बाटो समात्नुपर्ने बताए।

विपक्षी दलका नेता राधेश्याम अधिकारीले नेपाल–भारत सीमाको विवादमा भारतले घ्यु थपेको बताए। नेपालले वार्ताका लागि आग्रह गरिरहेका बेला भारतले नयाँ नक्सा जारी गर्ने र बाटो बनाउने काम गरेर विवादमा घ्यु थपेको अधिकारीको दाबी थियो। सीमा विवादबारे भारत र नेपालबीच वार्ता र संवादको विकल्प नभएको पनि अधिकारीले बताए।

निसान छापमा नेपालको नक्सा गलत रहेको समाचार अन्नपूर्ण पोस्ट्ले प्रकाशन गरेको थियो। लिम्पियाधुरासम्म समेटिएको नक्सा अन्नपूर्ण पोस्ट्मै प्रकाशन गरिएको थियो। त्यसपछि सरकारले नयाँ नक्सा सार्वजनिक पहल गरेको थियो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

उद्यमशीलता विकासमा ‘नाफल ५.०’ को योगदान : नारायणगढ जेसीजको पहलमा सफलतापूर्वक सम्पन्न

इला कम्फर्टमा झरीसँगै गुञ्जियो सङ्गीत र खुशी, पानीको अनौठो संगम, उर्लियो भीड

चितवनमा नयाँ इलेक्ट्रिक एसयूभी MG S6 EV Trophy Long Range को औपचारिक शुभारम्भ

ट्रेन्डिङ

सबै

उद्यमशीलता विकासमा ‘नाफल ५.०’ को योगदान : नारायणगढ जेसीजको पहलमा सफलतापूर्वक सम्पन्न

इला कम्फर्टमा झरीसँगै गुञ्जियो सङ्गीत र खुशी, पानीको अनौठो संगम, उर्लियो भीड

चितवनमा नयाँ इलेक्ट्रिक एसयूभी MG S6 EV Trophy Long Range को औपचारिक शुभारम्भ

बजेट र नीति कार्यक्रममा जनसहभागिता बढाउन सुझाव संकलन पोर्टल सुरु

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

उद्यमशीलता विकासमा ‘नाफल ५.०’ को योगदान : नारायणगढ जेसीजको पहलमा सफलतापूर्वक सम्पन्न

टाटा पेन्ट्सद्वारा प्रदेश १ का डिलरहरूका लागि सौरहामा डिलर मिट सम्पन्न

बजेट र नीति कार्यक्रममा जनसहभागिता बढाउन सुझाव संकलन पोर्टल सुरु

चितवनमा नयाँ इलेक्ट्रिक एसयूभी MG S6 EV Trophy Long Range को औपचारिक शुभारम्भ

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.