• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
आइतबार, जेठ १७, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

उद्यमशीलता विकासमा ‘नाफल ५.०’ को योगदान : नारायणगढ जेसीजको पहलमा सफलतापूर्वक सम्पन्न

इला कम्फर्टमा झरीसँगै गुञ्जियो सङ्गीत र खुशी, पानीको अनौठो संगम, उर्लियो भीड

चितवनमा नयाँ इलेक्ट्रिक एसयूभी MG S6 EV Trophy Long Range को औपचारिक शुभारम्भ

बजेट र नीति कार्यक्रममा जनसहभागिता बढाउन सुझाव संकलन पोर्टल सुरु

टाटा पेन्ट्सद्वारा प्रदेश १ का डिलरहरूका लागि सौरहामा डिलर मिट सम्पन्न

घरघरमा पानी पुर्‍याउँदै रत्ननगर खानेपानी: शुल्क घटाएर सेवा विस्तार

सर्वनाम थिएटरमा चैत २७ र २८ गते मदन श्रेष्ठ निर्देशित नाटक ‘१२ दुर्वासा’ मञ्चन हुने

अमलाचौर सम्पर्क समाजको प्रथम अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

राप्तीमा फोटो पत्रकार महासंघको तेस्रो महाधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

लोकप्रिय समाचार

  • १. उद्यमशीलता विकासमा ‘नाफल ५.०’ को योगदान : नारायणगढ जेसीजको पहलमा सफलतापूर्वक सम्पन्न

प्लास्टिकको त्रिपालमुनि राखिएकी सुत्केरी ११ दिनपछि घरमा

  •   सोमबार, साउन १२, २०८२
  • A
  • A+
  • A++

१२ साउन, हुम्ला । प्लास्टिकको त्रिपालमुनि राखिएकी हुम्लाको सिमकोट गाउँपालिका–७ पाङलाथुङकी २२ वर्षीया एक सुत्केरीलाई ११ दिनपछि घर लगिएको छ ।

उनले साउन १ गते चौगानफया आधारभूत स्वास्थ्य इकाइमा छोरा जन्माएकी थिइन् । लगत्तै उनलाई घरका सदस्यहरुले तरकारी खेतिमा टनेलको रुपमा प्रयोग हुने प्लास्टिकको त्रिपालमुनि राखेका थिए ।स्वास्थ्य इकाइबाट स्टाफ नर्स सुस्मिता रावत र स्वास्थ्य स्वयंसेविका लक्ष्मी शाहीले दुई–दुई पटक गएर सम्झाउँदा पनि घरपरिवारले सुत्केरीलाई घर लैजान मानेनन् ।

‘प्लास्टिकको त्रिपालमुनि बस्दा बच्चाको शरीरमा खटिरा आइसकेको थियो,’ स्टाप नर्स रावतले भनिन्, ‘बेलाबेला सम्झाउँदा घरपरिवारले मानेन ।’

स्वास्थ्य स्वयंसेविका शाहीले पनि धेरै पटक सम्झाउँदा पनि ‘देउता रिसाउने’ भनेर परिवारका सदस्यहरुले घर लैजान नमानेको बताइन् ।

शाहीले अनलाइनखबरसँग भनिन्, ‘मैले मेरो घरको एउटा कोठामा आएर बस्नुस् भन्दा पनि सुत्केरीले मानिनन्, सायद घरपरिवारको डरले पनि होला ।’ ११ औं दिनपछि बल्ल–बल्ल घर भित्राइएको शाहीले बताइन् ।

सुत्केरीलाई शिशुसहित प्लास्टिकको त्रिपाल मुनि राखिएको समाचार अनलाइनखबरले प्रकाशित गरेपछि नेपाल प्रहरीले चासो व्यक्त गरेको थियो । त्यसपछि जिल्ला प्रहरी कार्यालयले धारापोरी प्रहरीचौकीबाट एक टोली पाङलाथुङ गाउँ पठाएको थियो ।

डिएसपी शंकर पोखरेलले भने, ‘सुत्केरीलाई त्यसरी बाहिर राख्न पाइँदैन । हामीले प्रहरीको एक टोली त्यसतर्फ पठाएका छौं ।’

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

उद्यमशीलता विकासमा ‘नाफल ५.०’ को योगदान : नारायणगढ जेसीजको पहलमा सफलतापूर्वक सम्पन्न

इला कम्फर्टमा झरीसँगै गुञ्जियो सङ्गीत र खुशी, पानीको अनौठो संगम, उर्लियो भीड

चितवनमा नयाँ इलेक्ट्रिक एसयूभी MG S6 EV Trophy Long Range को औपचारिक शुभारम्भ

ट्रेन्डिङ

सबै

उद्यमशीलता विकासमा ‘नाफल ५.०’ को योगदान : नारायणगढ जेसीजको पहलमा सफलतापूर्वक सम्पन्न

इला कम्फर्टमा झरीसँगै गुञ्जियो सङ्गीत र खुशी, पानीको अनौठो संगम, उर्लियो भीड

चितवनमा नयाँ इलेक्ट्रिक एसयूभी MG S6 EV Trophy Long Range को औपचारिक शुभारम्भ

बजेट र नीति कार्यक्रममा जनसहभागिता बढाउन सुझाव संकलन पोर्टल सुरु

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

उद्यमशीलता विकासमा ‘नाफल ५.०’ को योगदान : नारायणगढ जेसीजको पहलमा सफलतापूर्वक सम्पन्न

टाटा पेन्ट्सद्वारा प्रदेश १ का डिलरहरूका लागि सौरहामा डिलर मिट सम्पन्न

बजेट र नीति कार्यक्रममा जनसहभागिता बढाउन सुझाव संकलन पोर्टल सुरु

चितवनमा नयाँ इलेक्ट्रिक एसयूभी MG S6 EV Trophy Long Range को औपचारिक शुभारम्भ

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.