Connect with us

राजनीति

हेटौडामा भयानक सवारी दुर्घटनाः मृतक एकको पहिचान खुल्यो

Published

on

मकवानपुर |

मकवानपुरको हेटौडा उपमहा नगरपालिका १५ को चुरियामाई नजिकै सवारी दुर्घटना हुँदा मृत्यु भएका एक जनाको पहिचान खुलेको छ । भारतीय मालवाहक कन्टेनरले थिचेर मृत्यु हुनेमा अटोका चालक बसामाडिका सुजनकुमार ढकाल रहेका छन् भने मृत्यु हुने अर्का मोटरसाइकल चालकको पहिचान अझै खुलेको छैन ।

दुर्घटनामा परी पाँच जना घाइते भएको मकवानपुर प्रहरी प्रमुख एसपी मुकेश सिंहले जानकारी दिए । उनीहरुको हेटौडा अस्पतालमा उपचार भइरहेको छ ।
कन्टेनरले ना१ज ७७८६ नम्बर सुमो, बा६६प ६२१३ नम्बरको मोटससाइकल र ना१ह ८८२४ नम्बरको अटोलाई थिचेको थियो भने ना५ख ५११३ र ना४ख ३१४१ नम्बरको बस, को १च २२६७ नम्बरको कुखुरा बोक्ने गाडि र भे१क ६३१ नम्बरको ट्रकलाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।

पूर्वपश्चिम राजमार्गमा सोमबार राति ११ बजे बिग्रिएको एनएलओआइडी ८०३१ नम्बरको मालवाहक १८ चक्के भारतीय नम्बर प्लेटको कन्टेनरलाई क्रेनको सहायताले हेटौँडातर्फ ल्याउने क्रममा अनियन्त्रित भई दुर्घटना भएको थियो ।

Continue Reading

Facebook Comment

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

धेरै पढिएको

सम्पर्क

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.

भरतपुर–१० , चितवन

सूचना बिभाग दर्ता नं.

१६९९/०७६-७७

सम्पर्क

मोबाइल - 9846782512

ई–मेल

narayanidainik@gmail.com
हाम्रो टिम
संचालक बिक्रम शर्मा
सम्पादक विपिन कंडेल
संवाददाता सृजना ढकाल
हाम्रो फेसबुक