Connect with us

Banner

बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाईदै

Published

on

जानुका दुवाडी / आज पनि देशभरका ५ वर्षसम्मका बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाईदै छ । हिजो खुवाउन छुटेका बालबालिकालाई आज भिटामिन ए को क्याप्सुल र जुकाको औषधी खुवाउन लागिएको हो ।

जन्मेको ६ महिनादेखि पाँच वर्षसम्मका झण्डै २७ लाख बालबालिकालाई भिटामिन ‘ए’ को क्याप्सुल, एक वर्षदेखि पाँच वर्षमुनिका २४ लाख बालबालिकालाई जुकाको औषधि,६ महिनादेखि दुई वर्षसम्मका चार लाख बालबालिकालाई बालभिटा वितरण गर्नुका साथै ५ बर्षसम्मका बालबालिकाको पोषणको अवस्था थाहा पाउन पाखुराको नाप लिइने स्वास्थ्य सेवा विभाग, पोषण शाखाका प्रमुख केदार पराजुलीले जानकारी दिनुभयो ।

७ सय ५३ वटै पालिकाका ५२ हजार बुथमा स्वास्थ्यकर्मी परिचालन हुने भिटामिन ए कार्यक्रमका लागि झण्डै साढे ३ करोडरुपैयाँ विनियोजन गरिएको छ ।

Continue Reading

Facebook Comment

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

धेरै पढिएको

सम्पर्क

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.

भरतपुर–१० , चितवन

सूचना बिभाग दर्ता नं.

१६९९/०७६-७७

सम्पर्क

मोबाइल - 9846782512

ई–मेल

narayanidainik@gmail.com
हाम्रो टिम
संचालक बिक्रम शर्मा
सम्पादक विपिन कंडेल
संवाददाता सृजना ढकाल
हाम्रो फेसबुक