Connect with us

समाचार

ग्राहकहरुको मन जित्दै – बिराज पेन्ट्स

Published

on

रंग रोगनको लागी बजारमा धेरै किसिमका रंगहरु पाइएपनि बिराज पेन्ट्सले प्रयोगकर्ताको मनजित्दै आएको छ । भरतपुर, ८ गौरिगन्जमा अबस्थित बिराज पेन्ट्सले बिगत १० बर्षदेखी सर्बसुलभ र गुणस्तरीय टिकाउहुने रङ्गहरु उपलब्ध गराउदै आएकाले नै आज सबैको विश्वास जितेर मनमुटुमा बस्न सफल भएको हो ।

बिभिन्न गुणस्तरका उत्पादनहरुले ग्राहकहरुलाइ पुर्ण सन्तुप्ष्टि प्रदान गर्ने उदेश्य रहेको यस बिराज पेन्ट्स ISO 9001-2015 प्रमाणित कम्पनी हो । १० बर्ष भन्दा बढिको अनुभब साथै, समय अनुसार अन्बेसण गर्दै नया टेक्नोलोजी सहित सम्पुर्ण उत्पादनहरु ल्याब परिक्षण गरेर मात्र बजारमा बितरण गर्ने गर्दछ ।
बिराज पेन्ट्सका उत्पादनहरु –

Biraj – Acrylic Distemper र Fewa – Acrylic Distemper
यो घर भित्र घामपानी नपर्ने ठाउँमा भित्ताहरुमा लगाउन प्रयोग गरिन्छ ।यो सबै कलरमा उपलब्ध हुन्छ ।
Weather Warrior – Exterior Premium Emulsion
यो घर भित्र तथा बाहिरको भित्ताहरुमा प्राईमर लगाईसकेपछि प्रयोग गर्न सकिन्छ । यो ईमल्सन प्लाष्टिक पेन्ट्स (Emulsion Plastic Paints) हो । यो आफूले चाहेको र रोजेको कलरमा हुन्छ । यो विशेष गरि घरको बाहिरी भागमा प्रयोग हुने रंग हो । यसले घाम र पानीबाट घरलाई जोगाई राख्छ । यो लगाएको ठाँउमा फोहोर भएको खण्डमा चिसो कपडाले वा पानी हालेर Detergent को प्रयोग नगरी सफागर्न सकिन्छ ।
Wall mine¬- Interior Premium Emulsion
यो घर भित्र घाम पानी नपर्ने ठाउँमा भित्ताहरुमा प्राईमर लगाईसकेपछि प्रयोग गर्न सकिन्छ । यो ईमल्सन प्लाष्टिक पेन्ट्स Emulsion Plastic Paints हो । यो लगाएको ठाँउमा फोहोर भएको खण्डमा चिसो कपडाले वा पानीहालेर Detergent को प्रयोग नगरी सफागर्न सकिन्छ ।
Glint Touch Premium Silky Emulsion
यो घर भित्र घाम पानी नपर्ने ठाउँमा भित्ताहरुमा प्राईमर लगाईसकेपछि प्रयोग गर्न सकिन्छ । यो ईमल्सन प्लाष्टिक पेन्ट्स Emulsion Plastic Paints हो । यो लगाएको ठाँउमा फोहोर भएको खण्डमा चिसो कपडाले वा पानीहालेर Detergent को प्रयोग नगरी सफा गर्न सकिन्छ । यो रंग लगाउदा smooth, glossy र लामो समय टिकाउ हुन्छ । यो घरको भित्री भागमा प्रयोग हुने रंग हो । यो घरको भित्र wall डिजाइनहरु गर्नको लागि पनि प्रयोग गर्न सकिन्छ ।

Evergreen Exterior Premium Luxury Emulsion
यो घरभित्र तथा बाहिरको भित्ताहरुमा प्राईमर लगाईसकेपछि प्रयोग गर्न सकिन्छ । यो ईमल्सन प्लाष्टिक पेन्ट्स (Emulsion Plastic Paints) हो । यो आफूले चाहेको र रोजेको कलरमा हुन्छ । यो विशेष गरि घरको बाहिरी भागमा प्रयोग हुने रंग हो । यसले घाम र पानीबाट घरलाई जोगाई राख्छ । यो Dust proof, smooth glossy paint हो।

Biraj Stone Guard & Finish
यो घरको भित्ताहरुमा लगाईने एक प्रकारको Lamination हो । घरमा रंगरोगन गरिसके पछि प्रयोग गरिने यो Lamination ले घरको भित्ताहरुमा धुलो तथा अन्य Dust लाग्नबाट बचाई रंगलाई लामो समयसम्म टिकाउ हुनमा सहयोग पुर्याउछ । फोहोर लागेको ठाउँमा सफागर्दा कोट्याउदा पनि रङ्लाई यसले बच्चाइ राख्छ ।

Biraj Wall Putty
घरमा प्लाष्टर गरिसकेपछि घरको भित्ताहरुमा प्रयोग गरिने Biraj Wall Putty ले घरको भित्ताहरुमा चिल्लोपना बढाउनुका साथै प्लाष्टर र रंगको आयु पनि बढाउन सहयोग पुर्याउछ । तपाईंको घरको भित्ताहरुको प्लास्टर बिग्रिएको छ भने यो प्रयोग गरेर Smooth देखाउन सकिन्छ ।

Biraj Wood Varnish
यो फर्निचरहरुमा लगाईने एक प्रकारको Lamination हो जसले घर तथा अफिसमा भएका फर्निचरहरुलाई सुरक्षा प्रदान गर्दछ र फर्निचरहरुको टिकाउ अवधि बढाउछ । यो लगाएको फर्निचरहरुमा लागेको फोहोर स्प्रिटहरुले सफागर्दा पनि रंगलाई असर गर्दैन ।

Biraj Synthetic Enamel
बिराज सिन्थेटिक इनामेल काठमा र फलाममा लगाईने रंग हो । यो इनामेल जनरल प्रपोजको लागि प्रयोगगर्न सकिन्छ । यो Medium quality को हो । यसलाई सधैं दुई कोट लगाउनु पर्छ अनी यो टिकाउ रराम्रो देखिन्छ । यो बाहिर र भित्र दुबैतिर लगाउन सकिन्छ ।

Biraj Metal Primer
यो फलाममा रंग लगाउनु भन्दा पहिला लगाईने प्राईमर हो । यो लगाएर ईनामेल लगाउदा फलामलाई खिया लाग्नबाट बचाउनुका साथै टिकाउ राम्रो हुन्छ । तसर्थ फलाममा यो लगाएर मात्र रंग लगाउनु उपयुक्त हुन्छ ।

Black Japan
यो फलाममा खिया नलागोस भन्नको लागि प्राईमर प्रयोग नगरिकन लगाइने सस्तो खालको कालोरंग हो।
B- Eden High – gloss Enamel
यो उच्च स्तरीय इनामेल हो । यो काठमा र फलाममा लगाउन सकिन्छ । यो कम खपत र टिकाउ हुन्छ। यो सबै कलरमा उपलब्ध हुन्छ । यो बाहिर र भित्र दुबैतिर प्रयोग गर्न सकिन्छ ।

Biraj Aluminium Paints
यो फलाममा लगाईने आलुमुनियम रंग हो । यो सिल्भर कलरको हुन्छ । यो मेटल प्राईमर लगाएर मात्र प्रयोग गर्न सकिन्छ ।
Biraj Colour Motion
यो घरको भित्री भागमा डिजाइनिङको लागी प्रयोग गरिने एक प्रकारको Metalic Paint हो । यो प्रयोग गर्दा तिनवटा फरक फरक कोणबाट हेर्दा तिन फरक फरक रंगमा देख्न सकिन्छ । यो आँफैमा एक प्रकारको रंग हो । यो c olormotion नेपालमै पहिलो पटक बिराज पेन्ट्सले ल्याएको छ ।
Biraj Acrylic Wall putty

Biraj Acrylic Wall putty – सर्बप्रथम स्वस्थबर्दक छ । यो अर्को धुलोजस्तो घोलीरहनु पर्दैन । यो रेडिमेड हुन्छ । यो अर्को वालपुट्टीको तुलनामा smooth टिकाउ लगाउन सजिलो हुन्छ ।

Biraj Gold Color
Biraj Gold Color metallic paint हो । यो सुन कलरको हुन्छ । यो बिशेष गरेर डिजाइनहरुको लागि भित्त्ता, काठ र फलाम सबै ठाउँमा प्रयोग गर्न सकिन्छ ।

Biraj Silver Color
Biraj Silver Color metallic base paint हो । यसबाट हामीले चाहेको कलर बनाउन सक्छौं । यो कलर घरमा डिजाइनहरुको लागि बिशेष प्रयोग गर्न सकिन्छ । यो काठ, फलाम र भित्ताहरुमा प्रयोग गर्न सकिन्छ ।

Biraj Anti Block Primer
घरको भित्तामा आँखाले देख्नन सकिने सुक्ष्म किटाणुहरु हुन्छन । भित्ताको प्लास्टर प्वालहरुमा पसेर किटाणुहरुलाई रोक्नेकाम गर्ने भएकोले यसलाई बिराज एन्टीब्लक प्राइमर नाम दिइएको छ। यसमा Nano Emulsion प्रयोग हुनेभएकोले यसले रङ्गमा आउने धब्बा नुनजस्तोलाई निर्मुल पार्ने काम गर्छ र सिफेसहरुलाई कम गर्ने काम गर्छ । अरु प्राइमरको तुलनामा कभरेज धेरैको साथै रङ्गलाई लामो समय टिकाउने काम गर्छ ।
Biraj Cement Primer

घरको भित्ता सुकेपछी फोहोर सफागरी प्राइमरको प्रयोग गर्नुपर्छ । बिराज प्राइमर सधैं एककोट लगाएको ५-६ घण्टापछी मात्र दोश्रो कोट लगाउनुपर्छ । बिराज प्राइमर भित्रको प्राइमर हो।

Shikhar Cement Primer
घरको भित्ता सुकेपछी फोहोर सफागरी प्राइमरको प्रयोग गर्नुपर्छ । शिखर प्राइमर सधैं एककोट लगाएको ५-६ घण्टापछी मात्र दोश्रो कोट लगाउनु पर्छ । शिखर प्राइमर बाहिरको प्राइमर हो ।

आफूले चाहेको र रोजेको कलरमा, सर्बसुलभ र टिकाउ हुने बिराज पेन्ट्स उत्पादनहरु नै तपाइको रंग सन्सारको विश्वासिलो साथी बन्नसक्नेछ । त्यसैले एक पटक लगाएर बर्षौ बर्ष ढुक्क बनौ ।

Continue Reading

Facebook Comment

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

धेरै पढिएको

सम्पर्क

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.

भरतपुर–१० , चितवन

सूचना बिभाग दर्ता नं.

१६९९/०७६-७७

सम्पर्क

मोबाइल - 9846782512

ई–मेल

narayanidainik@gmail.com
हाम्रो टिम
संचालक बिक्रम शर्मा
सम्पादक विपिन कंडेल
संवाददाता सृजना ढकाल
हाम्रो फेसबुक