Connect with us

Banner

बागलुङकी २२ बर्षीय युवतीमा कारोना भाइरस संक्रमण , नेपालमा ५ जना पुग्यो

Published

on

१५ चैत, बागलुङकी एक युवतीमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । युरोपबाट फर्किएकी १९ वर्षीया युवतीमा संक्रमण पुष्टि भएको हो ।

यससँगै नेपालमा कोभिड-१९ बाट संक्रमितको संख्या औपचारिक रुपमा पाँच पुगेको छ । उनीहरू मध्ये एक निको भएर घर गइसकेकी छन् भने दुई जनाको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र एकको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

अहिले संक्रमण देखिएकी बागलुङकी युवती चैत ४ गते नै कतार एयरवेजको ‘क्यूआर ६५२’ विमानबाट नेपाल आएकी थिइन् ।

त्यही विमानमा आएकी १९ वर्षीया युवतीमा कोरोना भाइरसको संक्रमण भएको १० चैतमा पुष्टि भएको थियो । त्यसपछि विमानमा सवार १५८ यात्रुको खोजी थालिएको थियो । त्यसक्रममा बागलुङ नगरपालिकामा रहेको युवतीलाई पनि धौलागिरी अस्पतालमा नमुना संकलन गरिएको थियो ।

नमुना संकलनपछि उनलाई अस्पतालमै बस्न भनिएको, तर आफ्नै घरमा बसेको उच्च स्रोतले बताएको छ । अहिले कोराना भाइरसको संक्रमण पुष्टि भएकी उनलाई सुरक्षित रुपमा काठमाडौं ल्याउने तयारी भइरहेको छ ।

Continue Reading

Facebook Comment

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

धेरै पढिएको

सम्पर्क

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.

भरतपुर–१० , चितवन

सूचना बिभाग दर्ता नं.

१६९९/०७६-७७

सम्पर्क

मोबाइल - 9846782512

ई–मेल

narayanidainik@gmail.com
हाम्रो टिम
संचालक बिक्रम शर्मा
सम्पादक विपिन कंडेल
संवाददाता सृजना ढकाल
हाम्रो फेसबुक