Connect with us

Banner

चितवन युथ चेम्बरको अनलाइन परामर्श कक्षामा युवा व्यावसायि तथा अभिनेता सन्जोग कोईरालाको सहजीकरण सम्पन्न

Published

on

नारायणी दैनिक / चितवन – अहिले देशभर लक डआउन छ। यही खाली समयलाई मध्यनजर गर्दै युवाहरुलाई उद्द्मी र सिर्जनशिल बनाउन चितवन युथ चेम्बरले दैनिक अनलाइन परामर्श दिईरहेको छ।

देशमै रहेर सफल युवा उद्यमीहरुको नामले चिनिएका युवाहरुले नव उधमी युवायुवतीहरुलाई आफ्नो संघर्ष र सफलताको कथा समेटिएको परामर्श कक्षामा सहजीकरण गर्दै आएका छन।

त्यस्तै शनिवार युवा व्यावसायि तथा अभिनेता सन्जोग कोईरालाले सहजीकरण गर्नुभएको छ। अनलाईन कक्षामा १०० जना भन्दा धेरैले सहभागिता जनाएका थिए। अनलाईन कक्षामा अबको भविष्यमा हुन सक्ने सम्भावाना र त्यसमा नव उधमीले कसरी अगाडी बढ्ने जस्ता बिषयमा संजोगले सहजीकरण गरेका थिए।

त्यस्तै शुक्रबार ज्योती ग्रुप अफ कम्पनिजका निर्देशक सौरभ ज्योतीले सहजिकरण गरेका थिए । पछिल्लो समय नेपालका सफल उद्यमी ज्योतीले भिडियो मार्फत आफ्नो संघर्ष र सफलताको कथा युवामाझ बताएका थिए।

अहिले सबै मानिसहरु घरभित्रै बसेर विभिन्न गतिविधि गर्दै समय बिताईरहेका छ्न। किताब पढ्ने ,रेडियो सुन्ने,टिभि हेर्ने,मोबाइल चलाउने,फिल्म हेर्ने आदी गर्दै मानिसहरुको दिनचर्या चलिरहेको छ । तर यो समयलाई एकदमै सदुपयोग होस भनेर बिभिन्न अनलाईन कक्षाहरु संचालन भई रहेका छन। देशका सफल युवा उद्यमिहरुबाट सहजिकरण गराई चेम्बरले अनलाइन परामर्श दिईरहेको छ । अनलाइन परामर्शमा युवाहरूलाई उद्यमशिलता र नेतृत्व बिकास सम्बन्धि विभिन्न जिबन उपयोगी कुराहरु सिकाइएको छ ।

कसरी लिने यस्तो कक्षा ?

यदी तपाई पनि आगामी दिनमा हुने यो कक्षामा म आफु पनि सहभागी हुन चाहन्छु भन्ने लाग्छ भने Zoom App डाउनलोड गरेर इन्सटल गर्नु पर्ने हुन्छ। त्यसपछि तपाईले Join Meeting गरेर Meeting Id:422 602 5786Password:startup हानेर सहभागी हुन सक्नुहुन्छ।

 

Continue Reading

Facebook Comment

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

धेरै पढिएको

सम्पर्क

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.

भरतपुर–१० , चितवन

सूचना बिभाग दर्ता नं.

१६९९/०७६-७७

सम्पर्क

मोबाइल - 9846782512

ई–मेल

narayanidainik@gmail.com
हाम्रो टिम
संचालक बिक्रम शर्मा
सम्पादक विपिन कंडेल
संवाददाता सृजना ढकाल
हाम्रो फेसबुक