Connect with us

समाचार

बाँकेको एक परिवारले लकडाउनकाे समयमा राहत नपाएको गुनासो

Published

on

बाँकेको  एक  परिवारले  राहत  नपाएको  गुनासो 

बाँके – विश्वव्यापी  महामारीको  रूपमा  फैलिएको  नाेबल  कोरोना  भाइरस  ( काेभिड – १९ ) ले  गर्दा नेपालमा  मिति  २०७६  साल  चैत  ११  गते , मंगलबार , बिहान  ०६:००  बजेदेखि  मिति  २०७७  साल  बैशाख  ०३  गते , मंगलबारसम्म  लकडाउन  भइरहेको  छ , अहिलेसम्म  दुईपटकसम्म  लकडाउन  थप  गरिएको  छ  अझै  कहिलेसम्म  लकडाउन  हुन्छ  भन्ने  थाहा  छैन । अहिले  नेपालकाे  ७७  वटै  जिल्लामा  राहत  वितरण  कार्यक्रम  भइरहेको  छ  तर  बाँकेको  कोहलपुरमा  बस्ने  एक परिवारले  आफूले  राहत  नपाएको  गुनासो  गरेको  छन् ।

नेपालकाे  प्रदेश  नम्बर  ५  मा  पर्ने  बाँके  जिल्लाको  कोहलपुर  नगरपालिका – ११, नयाँ  बस्ती , सुकुम्बासीमा  बस्ने  मग्या  सार्की  र  पान्सरा  सार्कीको  घरपरिवारले  आफूले  राहत  नपाएको  गुनासो  गरेका  छन् । उनीहरू  पहिला  कर्णाली  प्रदेश  पर्ने  मुगु  जिल्लाको   खतेड  गाउँपालिका  वडा  नम्बर  ९  मा  बस्ने  गर्थे । मग्या  सार्की  र  पन्सरा  सार्कीको  एउटा  छाेरा  र  एउटी  छाेरी  छन्  , छाेरा  सुरेन्द्र  सार्की  र  छाेरी  मनिसा  रहेको  छन् । मग्या  सार्कीले  आफ्नो  घर  नजिकको  सडक  पेटीमा  जुत्ता  र  चप्पल   सिलाउने  काम  गरिएका  थिए  तर  अहिले  लकडाउन  भएको  कारणले  तर  लकडाउन  भएकोले  काम  गर्न  पाएका  छैन । आफ्नो घरपरिवार  आर्थिक  अवस्था  परिरहेको  समयमा  अचानक  लकडाउन  भएपनि   बिहान  र  बेलुका  छाक  टार्न  गाह्रो  भएको  सार्की  परिवारले  बताएका  छन् । वडा  कार्यालयले , स्थानीय  निकायले  तथा  सरकारी  निकायले  अहिलेसम्म  यस्तो  विपतकाे  समय  पनि  आफूहरुले  कुनै  ठाउँमा  राहत  नपाएको  गुनासो  गरेका  छन् ।

सुरेन्द्र  सार्की  २७  वर्षका  हुन् । अहिले  सुरेन्द्र  सार्की  विगत   एक  वर्षदेखि  भारतकाे  मिम्लामा  मजदुरको  काम  गर्ने  छन् । भारतमा  पनि  अहिले  लकडाउन  भइरहेको  छ  त्यसैले  सुरेन्द्रले  पनि  अहिले  काम  गर्न  पाएका छैन । लकडाउनकाे  कारणले  भारतबाट  नेपालमा  रकम  पठाउन  पाएको  छैन , अहिलेसम्म  मेरो  घरपरिवारले  राहत  पाउनु  भएको  छैन , भारतबाट  नेपालमा  फाेन  गर्न  पनि  मोबाइलमा  रकम  नभएकोले  घरमा  कुराकानी  गर्न  पाएको  छैन , भारतमा  जति  रकम  कमाउथे  घरमै  पठाउथे  तर  अहिले  लकडाउनले  गर्दा  रकम   पठाउन  पाएको  छैन , नेपालमा  आफ्नो  घर  बाहेक  अरु  खेतबारी  छैन , दिनमा  मजदुरकाे  काम  गरेे  छाक  टार्थे  तर  लकडाउनले  गर्दा  घरपरिवारको  आर्थिक  अवस्था  निकै  नाजुक  रहेको  छ , मेरो  बुबाआमाकाे  साहारा  म  नै  थिए  तर  लकडाउन  भएको  कारणले  नेपालमा  बुबाआमा  र  बहिनी  भोकभोकै  बस्नु  भइरहेको  छ  भनेर  सुरेन्द्र  सार्कीले  बताए । सुरेन्द्र  सार्की  लकडाउन  खुल्न  साथै  नेपाल  फर्किने  बताए ।

देश  तथा  विदेशबाट  केही  रकम  वा  सहयोग  पठाउन  इच्छुक  व्यक्तिहरुले  अथवा  संघसंस्थाले  तल  दिएको  नम्बरमा सम्पर्क  गर्नुहोला ;

मग्या  सार्की : ९८६४८७३५१६

सुरेन्द्र  सार्की : ९१-९८८२७१७९२०

निराज  रानाभाट ( सामाजिक  अभियान्ता ) : ९८४५४२२५०२  वा  ९८०९१८९११

Continue Reading

Facebook Comment

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

धेरै पढिएको

सम्पर्क

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.

भरतपुर–१० , चितवन

सूचना बिभाग दर्ता नं.

१६९९/०७६-७७

सम्पर्क

मोबाइल - 9846782512

ई–मेल

narayanidainik@gmail.com
हाम्रो टिम
संचालक बिक्रम शर्मा
सम्पादक विपिन कंडेल
संवाददाता सृजना ढकाल
हाम्रो फेसबुक