Connect with us

Banner

‘मौलिकपनले नै संस्कृतिलाई जीवन्त राख्न सक्दछ’:रमेश कण्डेल

Published

on

हिजो सामाजिक सञ्जालमा सबैले आफ्नी ममतामयी आमालाई स्मरण गर्दै, उनको महिमालाई उच्च महत्वका साथ विश्लेषण गर्दै विभिन्न पोष्टहरू गरिरहे, चाहे स्मरण गर्ने शैली र भाषा फरक फरक थिए तर सबैको भाव एक थियो आफ्नी आमाप्रतिको श्रद्धा, भक्ति र स्नेह ।

जसलाई हेर्दा र विश्लेषण गर्दा आम युवामा आफ्नो संस्कृतिप्रतिको आकर्षण र चेतनामा विस्तारै बढोत्तरी भइरहेको छ वा सामाजिक सञ्जालमा देखिएको प्रभाव मात्र हो ? यो एक अध्ययनको विषय बन्न सक्दछ ।

कुनै पनि राष्ट्रको आफ्नै एक मौलिक विशेषता हुन्छ जसको आधारमा नै त्यो राष्ट्र निर्माण भएको हुन्छ, आफ्नै विशिष्ट मौलिकपन, समान मातृभूमि, समान पूर्खा, समान इतिहास, परम्परा, संस्कृति, आदर्श, श्रद्धाकेन्द्र, मूल्य मान्यता र जीवनपद्धति, समान जीवन लक्ष्य, समान सुख दुःख, समान शत्रु, मित्र आदि भावको आधारमा राष्ट्रको निर्माण हुन्छ ।

जसको प्रथम आधार भनेको त्यहाँकौ मौलिकता हो, जसलाई हामीले आत्माको संज्ञा दिऊँ वा राष्ट्रको मेरुदण्ड भनौँ जे भनेता पनि सांस्कृतिक धरातलको आधारमा राष्ट्र खडा हुन्छ । यदि हामीले हाम्रो समाज व्यवस्था, यहाँको जीवनपद्धति, रहन सहन, भेषभूषा, संस्कृति र सभ्यता आदिलाई हे¥यौँ र विश्लेषण ग¥यौँ भने हाम्रो आफ्नैपन छ, आफ्नै सभ्यता र संस्कृति छ, आफ्नै एक विशिष्ट इतिहास छ, हाम्रा पूर्वज छन्, यहाँ आफ्नै एक जीवन जिउने विशिष्ट कला छ ।

जसको चर्चा वर्तमान विश्व स्वास्थ्य संकट कोरोना भारइसका कारण उत्पन्न संकटबाट बच्नका लागि (नमस्कार, आहार–विहार आदि) भइरहेको हामीले सुनिरहेका छौँ, देखिरहेका छौँ ।

कुनै पनि राष्ट्रको अस्तित्वलाई बचाई राख्नका लागि त्यहाँको आफ्नोपन र मौलिकतालाई जीवन्त राख्नु अनिवार्य छ । आधुनिकताका नाममा, वैश्विकरणको कथित होड र विकास अथवा परिवर्तनका नाममा हुने विभिन्न बहस् र चर्चाका कारण परम्परा, मूल्य मान्यता, संस्कृति र जीवनपद्धतिमा आउने क्षयीकरणबाट हामीले हाम्रो मौलिकपनलाई कसरी बचाई राख्न सक्छौँ ?

आउने पुस्तालाई यो सनातन जीवनपद्धति, विशिष्ट संस्कृति र सभ्यतालाई पुस्तान्तरणका लागि वर्तमान पिँढीले के सोचिरहेको र गरिरहेको छ ? यो एउटा व्यापक बहस् र चिन्तनको विषय हो ।

वर्तमान पिँढी पाश्चात्य सामाजिक व्यवस्था, जीवनपद्धति, भौतिक आकर्षण र स्वभावको पछाडि दौडिइरहको छ, जसको दुष्प्रभाव विस्तारै हाम्रो परिवार÷समाज व्यवस्था र जीवनपद्धति आदिमा परिरहेको हामीले महशुस गरिरहेका छौँ ।

सायद आधुनिकता, विकास र परिवर्तनको बारेमा हाम्रो सोच र बुझाईको कारण वा लर्ड मेकालेको शिक्षाले हामीमा पारेको प्रभावको कारण यो चिन्तन प्रायः युवावर्ग, अभिभावक तथा बौद्धिकवर्गमा व्याप्त छ । कुनै पनि समाजको मौलिकपनको त्याग नै आधुनिकता कदापि हुन सक्दैन । आधुनिकताका लागि हामीले हाम्रोपन, आफ्नोपन र मौलिकतालाई छोड्नु पर्छ भन्ने कदापि होइन ।

आफ्नो मौलिकपनलाई कायम राख्दै पनि आधुनिकताको लक्ष्यलाई हासिल गर्न सक्दछौँ भन्ने कुरालाई हामीले बिर्सन हुँदैन । आधुनिकता र नेपालीपन÷मौलिकपन कहिल्यै विरोधाभाष हुन सक्दैन । आधुनिकताको अर्थ रहनसहन, खानपान, भेषभूषा, भाषा, संस्कृति आदिमा पश्चिमी समाजको सिकाई वा अन्धानुकरण कदापि होइन । रुढीवादी सोच, कुप्रथा, अन्धविश्वास जस्ता प्रवृत्तिबाट आफू र समाजलाई सदैव मुक्त राख्दै देश र समाजका लागि जुन संस्कृति, मूल्य मान्यता र परम्परा हितकर छ, राम्रो छ त्यसको विषयमा सोच्नु र त्यसलाई जीवन्त राख्नका लागि निरन्तर उदार भावका साथ विचार एवं चिन्तन गर्नु नै आधुनिकता हो ।

आफ्नो जीवनपद्धति, संस्कृति र सभ्यताको आधारमा हामीले आधुनिकताको नयाँ मानक समाजमा तय गर्न सक्छौँ जसका लागि विश्वले हामीलाई हेर्न सकोस् विश्वले हाम्रो मौलिकतालाई अनुशरण गर्न सकोस्, सायद वर्तमान विश्व आवश्यकता यही नै हो ।

तर वर्तमान समयमा सूचना प्रविधिको बढ्दो प्रभाव, अंग्रेजीकरण र कथित आधुनिकरणको होडबाजी, संस्कृतिलाई तोडमोड गर्नु वा त्याग्नु नै विकासको शिखर चुम्नु हो भन्ने पश्चिमी सोचका कारण हामी युवामा परिहरहेको प्रभावले हामीले हाम्रा रीतिरिवाज, पर्व र परम्पराको मौलिकपनलाई कति बचाइ राख्न सक्छौँ ? महत्वपूर्ण चुनौति वर्तमान युवा पिढिँको अगाडि खडा भएको छ ।

हाम्रा पूर्खा, ऋषि महर्षि र सन्तहरूको जीवनभरको साधना, त्याग र तपस्याका कारण सिर्जित प्रत्येक संस्कार, संस्कृति र परम्पराका पछाडि कुनै न कुनै विशिष्ट गुण व्याप्त रहेको छ । यद्यपि त्यसको बारेमा हाम्रो समाजमा चर्चा र चासो कम छ तर पनि त्यसको आफ्नै महत्वपूर्ण अर्थ छ । प्रत्येक पर्व र रीतिरिवाजलाई मनाउने÷अनुशरण गर्ने क्रममा त्यसको वैशिष्ट्यता र मौलिकतालाई तिलाञ्जली दिएर त्यसको आधुनिकीकरण÷अंग्रेजीकरण गर्ने नाममा हामी कुन दिशातर्फ अगाडि बढ्दै छौँ यसतर्फ हाम्रो दृष्टि पुग्नु आवश्यक छ ।

प्रत्येक पर्वलाई अंग्रेजी नामाकरण गर्ने (जस्तै ः मातातीर्थ औँशी–ःयतजभचुक म्बथ, कुशेऔँशी– ँबतजभचुक म्बथ, गुरुपूर्णिमा–त्भबअजभचुक म्बथ आदि) प्रवृत्तिको मानसिकताले के हाम्रो मौलिकतालाई जीवन्त राख्न सक्छ ? हाम्रा प्रत्येक शब्दले एक विशिष्ट अर्थ बोकेका हुन्छन् जसलाई अंग्रेजीकरणले त्यसको महत्तालाई कदापि बोक्न सक्दैन । क्भअगबिचष्कm को अर्थ धर्म निरपेक्षता कदापि हुन सक्दैन, जसरी च्भष्निष्यल को अर्थ धर्म हुन सक्दैन, ल्बतष्यल शब्दले राष्ट्रको व्यापकतालाई समेट्न सक्दैन त्यसरी नै माता, पिता, गुरु आदि शब्दको विशिष्टता, भाव र संवेदनालाई अंग्रेजी शब्दले कहिल्यै पनि प्रतिनिधित्व गर्न सक्दैन । यस्ता अनेकौँ उदाहरण छन्, अनेकौँ शब्द र विषय छन् जसको प्रयोगका बारेमा हामी सचेत र संयमित हुनु आवश्यक छ । कुनै पनि पर्व वा उत्सवलाई अंग्रेजीकरण गर्दा र मनाउँदा त्यसले उक्त पर्वको वैशिष्ट्यतालाई वर्तमान एवं आगामी पिँढीका लागि सन्देश प्रवाह गर्नमा समर्थ रहन्छ ? हामीले गम्भीरतापूर्वक सोच्नुपर्ने विषय हो ।
यदि हामीले संयमता र सजगता अपनाउन सकेनौ भने आधुनिकता र परिवर्तनको नाममा हामीले गरिरहेको र सिकिरहेको ंअंग्रेजीकरण, पश्चिमीकरण र अन्धानुकरणले हाम्रो संस्कृतिसँगै सभ्यता र जीवनपद्धतिलाई नै सखाप पार्न कुनै बेर लाग्दैन ।

संस्कृतिमाथिको आाक्रमणसँगै राष्ट्रको अस्तित्वलाई सखाप पार्ने विश्वव्यापी षड्यन्त्रका कारण जसरी विश्वमा सयौँ संस्कृति र सभ्यताको क्षयीकरणसँगै अनेकौँ राष्ट्रको अस्तित्व समाप्त भएर गए । सोही दिशामा हाम्रो सोच, मानिसकता र दृष्टिकोणलाई अगाडि बढाउन सक्रिय पश्चिमी मानसिकताको अन्त्यका लागि हामीले गम्भीरतापूर्वक कार्य गर्नुपर्ने राष्ट्रिय जिम्मेवारी हाम्रा सामुन्ने उपस्थित छ ।

त्यसैले राष्ट्रको आत्मा संस्कृति, सभ्यता र जीवनपद्धतिलाई सदैव आफ्नै मौलिकपनमा रहन दिऊँ र मौलिकताको आधारमा नै त्यसको उत्सवलाई मनाऔँ । सूचना प्रविधिको विकास, सामाजिक संजालको प्रयोग र त्यसमा हाम्रो आकर्षणसँगै प्रत्येक पर्वमा देखिने हाम्रो अंग्रेजीकरणको कुण्ठित मनोवृत्तिको अन्त्य गर्दै प्रत्येक चाडपर्व, संस्कृति र परम्परालाई सकारात्मक भाव, आफ्नो स्वसंस्कृतिप्रति आत्मगौरव र आत्मविश्वासका आफ्नैपन र आफ्नै शैलीमा मनाउने र कार्यमा हामी सदैव सक्रिय रहाँैँ जसले सदियौँसम्म हाम्रो संस्कृति र सभ्यतालाई जीवन्त राख्न सकोस् ।

शास्त्र हराए संस्कार हराउँछ ।
संस्कार हराए संस्कृति हराउँछ ।
संस्कृति हराए पहिचान हराउँछ ।
पहिचान हराए राष्ट्र हराउँछ ।

रमेश कण्डेल

राष्ट्रिय सह–संगठन सचिव प्राज्ञिक विद्यार्थी परिषद्, नेपाल

Continue Reading

Facebook Comment

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

धेरै पढिएको

सम्पर्क

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.

भरतपुर–१० , चितवन

सूचना बिभाग दर्ता नं.

१६९९/०७६-७७

सम्पर्क

मोबाइल - 9846782512

ई–मेल

narayanidainik@gmail.com
हाम्रो टिम
संचालक बिक्रम शर्मा
सम्पादक विपिन कंडेल
संवाददाता सृजना ढकाल
हाम्रो फेसबुक