Connect with us

Banner

”वर्तमान शिक्षा, शिक्षाप्रणाली र पाठ्यक्रमका बारेमा विमर्श गर्दै आवश्यक सुधारको आवस्यकता”- रमेश कण्डेल

Published

on

शिक्षा सबैको मौलिक अधिकार हो । तर के त्यो मौलिक अधिकारले प्रदान गरेको शिक्षाले व्यक्तिलाई सक्षम बनाएको छ । शिक्षा व्यक्तिको सर्वाङ्गिण विकास गर्ने, व्यक्तिको अन्तरनिहित प्रतिभालाई प्रष्फुतित गर्ने, व्यक्तिमा जीवनोपयोगी सीपको विकास गराउने, व्यक्तिगत, पारिवारिक, सामाजिक एवं व्यावसायिक जीवनका लागि आवश्यक पर्ने ज्ञान प्रदान गर्ने माध्यम हो ।

आजको शिक्षाले के यो सम्भव छ ? शिक्षाको माध्यमबाट व्यक्तिले आफ्नो देशको इतिहास, भूगोल, संस्कृति, जीवनपद्धति, महापुरुष, राजनीति, अर्थनीति आदिको बारेमा जाने चेष्टा विद्यार्थीमा गरायो वा गराएन ? वा हामीले प्रेरणा प्रदान गर्यौँ कि गरेनौँ ? शिक्षाले स्वाबलम्बी, आत्मजागरूक, आत्मविश्वासी, आत्मसंयमी, स्वरोजगारमुखी वा श्रमशील बनाउन सक्यो कि सकेन ?

शिक्षाले व्यक्तिमा अनुशासन, नैतिकता, चरित्रता, इमान्दारिता, धैर्यता जस्ता गुणको विकास गराउन सक्यो कि सकेन ? शिक्षाले व्यक्तिमा राष्ट्रिय चरीत्र र राष्ट्रिय दृष्टिकोणको विकास गराउँदै प्रत्येक व्यक्तिलाई आफ्नो राष्ट्रप्रति जिम्मेवार बनाउन सक्यो कि सकेन ? समग्रमा शिक्षाले देशको आवश्यकता र अनुकुलको जनशक्ति निर्माण गर्न सक्यो कि सकेन ? यदि यस्ता तमाम बिषयमा हामीले बहस र चिन्तन गर्ने हो भने प्रायः उत्तर निराशाजनक नै पाउँछौँ ।

हामीले शिक्षालाई मात्र प्रमाणपत्रको रूपमा बुझ्यौँ, व्यावहारिकता र सीपलाई भुलिदियौँ । शिक्षालाई मात्र तहगत अन्तिम परीक्षाको सफलतासङ्ग जोडिदियौँ, व्यक्तिगत/ पारिवारिक/ सामािजक/ राष्ट्रिय जीवनका अनेक परीक्षाका लागि आवश्यक व्यावहारिक ज्ञानलाई चटक्कै भुलिदियौँ ।

अभिभावक, विद्यार्थी र टिचर सबैले शिक्षामा सफलता भने कै फररर… अङ्ग्रेजी बोल्नु हो भन्ने सोचको विकास गर्यौँ/ गरायौँ, जसका लागि कुनै विद्यार्थीले आफ्नो राष्ट्रभाषा बोल्दैमा स्कुलमा पिटाइ खानुपर्ने र जरिवाना तिर्नु पर्ने हिनताबोधले ग्रसित मानसिकताबाट सिर्जित व्यवस्था गरेर आफ्नो भाषा र मौलिकतादेखि विद्यार्थीलाई विमुख गराउने दुष्प्रवित्तिको विकास गर्यौँ। (प्रायः नीजी विद्यालयमा देखिने व्यवस्था) । हामीले गुरुकुल र विद्यालयलाई स्कूलमा परिणत गर्यौँ । गुरुलाई टीचर, सर र मिसमा परिणत गरिदियौँ ।

यहाँ अनेकौँ कुरा परिवर्तन भए । हाम्रो सोच, व्यवहार, अपेक्षा, सिकाइ आदि कुरा सबै परिवर्तन भए । जसको परिणाम व्यक्ति जति शिक्षित बन्दै छ त्यति समस्या र निराशा थपिदैँछ । हामीले बालागुरु षडानन्द, योगि नरहरिनाथ, स्वर्गद्वारी महाप्रभु आदिले दिन खोजेको ज्ञान/जीवनपद्धति, खप्तड स्वामीले तयार गर्न खोजेको विचार, भानुभक्त, लेखनाथ लक्ष्मीप्रसादले दिन खोजेको ज्ञान, पृथ्वीनारायण, अमरसिंह, भीमसेन आदिले सिकाउन खोजेको राष्ट्रभक्ति र राष्ट्रिय सोच, पासाङ्ग ल्हामु, भृकुटी आदिले सिकाउन खोजेको वीरता र सौर्य र अनेकौँ ती महापुरुष, विभूति, र पूर्खाले सिकाउन खोजेको त्याग, समर्पण, मानवीयता, सद्भाव, करुणा, वीरता, इमान्दारिता र विश्वास आदि समग्र ज्ञानलाई तिलाञ्जलि दिएर मेकाले पद्धतिलाई देशभित्र आयात गर्यौँ, जसको परिणामस्वरूप आज लाखाँै युवाशक्ति सोच र सामथ्र्यलाई विदेश निर्यात गरिरहेका छाँै ।

मातृदेवो भव, पितृदेवो भव, अतिथि देवो भव, माताभूमि पुत्रोऽहम् पृथ्वीया, मातृवत् परदारेषु……….., जननी जम्मभूमिश्च स्वर्गादपी गरियसी………., विद्या ददाति विनयम्……. सर्वे भवन्तु सुखिनः….. आदि आदर्श विचार र चिन्तनको आधारमा व्यक्तित्व निर्माणका लागि शिक्षाजगत्को प्रयास शून्यतामा सिमित रह्यो ।

कथित क्रान्तिका नाममा नैतिक शिक्षाका पाठ्यक्रम, संस्कृत र संस्कृत वाङ्मयका साहित्य जलाउन प्रारम्भ भएदेखि समाजमा नैतिकताको खडेरी प्रारम्भ भयो, संस्कार र सदाचारको अभाव महशुस हुन थाल्यो । जसको परिणाम हामीले वर्तमान समाजमा देखिरहेका छौँ ।

महान् परिवर्तनका नाममा हामीले शिक्षामा दलीय राजनीतिलाई प्रवेश गरायौँ जससँगै प्रत्येक तह, निकाय र समूहमा हुने दलीय राजनीति, हस्तक्षेप, प्रभाव र भागबण्डाले शिक्षाक्षेत्रको मूल मर्मलाई नै बदलिदियो । कार्यालय सहायकदेखि पदाधिकारीसम्म राजनीतिले प्रवेश पायो, हरेक समूहका लागि राजनीति आकर्षण बन्यो ।

योग्यता, गुणवत्ता, पारदर्शिता, इमान्दारिता र कर्तव्यनिष्ठा जस्ता कुराले शिक्षाक्षेत्रलाई पटक पटक गिज्याइ रह्यो जसको परिणाम देशलाई आवश्यक जनशक्ति भन्दा दल र दलका नेतालाई आवश्यक जनशक्ति र कार्यकर्ता निर्माणमा शिक्षाक्षेत्र केन्द्रित बन्यो ।

हाम्रा पाठ्यक्रम, शिक्षानीति, प्रणाली आदि सहयोगी दाताको प्राथमिकताको आधारमा तयार भए जसले गर्दा दाताको अपेक्षा हाम्रो शिक्षाको प्राथमिकता र नीति बन्यो जसको परिणाम देशानुकूल शिक्षा र उत्पादित युवाशक्तिको अभाव सदैव महशुस भइरह्यो ।

त्यसैले वर्तमान समयमा देशको शिक्षामा फरक तरिकाले विमर्श प्रारम्भ गर्नु आवश्यक छ । हामीले कस्तो शिक्षा दिने ? कस्तो जनशक्ति तयार गर्ने ? उत्पादित जनशक्तिको प्राथमिकता के हो/कहाँ हो ? आदि अनेकौँ सवाल हाम्रा सामु चुनौतीको रूपमा छन् ।

हामीले राष्ट्रमा सकारात्मक परिवर्तनको अपेक्षा गरिरहँदा देशको समग्र परिवर्तनका लागि आवश्यक पर्ने योग्य, कुशल नैतिकवान् एवं राष्ट्रसर्वाेपरि भावका साथ कार्य गर्न सक्ने जनशक्ति निर्माणको आधार शिक्षाक्षेत्रमा मौलिकताको बहस् एवं परिवर्तनको काम अबको प्राथमिकता बन्नु पर्दछ ।

देशको प्रकृति, भूगोल, इतिहास, जीवनपद्धति, समृद्धिका सम्भावित श्रोत र साधन, आवश्यक जनशक्ति, अवसर, सम्भावनाहरू, चुनौति आदिको बारेमा व्यापक विमर्शको आधारमा देशको शिक्षानीति निर्माण हुनु आवश्यक छ ।

देशको माटोअनुकुलका पाठ्यक्रम निर्माण हुनु अनिवार्य छ । जुन शिक्षाले प्रत्येक व्यक्तिलाई आफ्नो देशको इतिहास, पूर्खा, भूगोल, साहित्य, संस्कृति, राजनीति आदि तमाम विषयप्रति सचेत एवं जागरुक गराउन सकोस् । व्यक्तिमा अनुशासन, इमान्दारिता, कर्तव्यवोध, सत्चरित्रता, नैतिकता, संस्कार आदिको विकास गराउँदै उसमा आत्मजागरूकता, आत्मविश्वास, र आवश्यक व्यावहारिक सीपको विकास गराउन सकोस् ।

देशमा नै अवसरको खोजी, पहिचान गर्न सकोस् वा सिर्जना गर्न सकोस् । राष्ट्रियभाव, राष्ट्रिय स्वाभिमान, सुरक्षा, सम्मान, मौलिकता र मानवीयतालाई सदैव प्राथमिकतामा राख्न सिकोस् । भ्रष्टाचार अन्त्यका लागि प्रत्येक व्यक्ति स्वयंले इमान्दारिता र नैतिकतालाई व्यवहारमा उतार्न सिकोस् । महिला सुरक्षा र सम्मानका लागि सदैव चरित्र र अनुशासनलाई आत्मसात गर्न सिकोस् ।

स्वस्थ समाज निर्माणका लागि सात्विक आहार, विहार र जीवनपद्धतिलाई आफ्नो प्राथमिकतामा राख्न सिकोस् । नेपाली भाषा, साहित्य, संस्कृति, कला र भेषभूषालाई बुझ्न सकोस्, र सदैव उसको प्राथमिकता बनोस् । पर्यावरणको संरक्षण, प्रदूषणमुक्त वातावरण, दूव्र्यसनमुक्त समाज, मानवीयता, सहयोग, सद्भाव, सहिष्णुता र संवेदनायुक्त समाज निर्माण गर्न सक्ने जनशक्ति शिक्षाक्षेत्रले तयार गरोस् ।

समाजले अपेक्षा गरेका यी र यस्तै थुप्रै विषयका लागि हामीले हाम्रो शिक्षामा देशानुकूल व्यवस्था र नीतिको निर्माण गर्नु आवश्यक छ । यहाँ नैतिक शिक्षा, योग शिक्षा र आध्यात्मिक शिक्षाको पुनर्जागरण एवं विमर्श अनिवार्य छ ।

नेपालको प्राकृतिक सम्पदा, श्रोत साधन, कृषि, पर्यटन, खनिज, जलश्रोत, जडिबुटि आदि विषयलाई सहि अर्थमा चिन्न र चिनाउन सक्ने, यसैमा आफ्नो भविष्यका साथै देशको समृद्धि देख्न सक्ने तथा कार्य गर्न सक्ने वातावरण निर्माणका लागि शिक्षाक्षेत्रमा चिन्तनको अपरिहार्यता छ ।

दुनियाँको लागि आकर्षक बन्दै गरेको योग, ध्यान, पारिवारिक जीवनपद्धति, संस्कृति, मूल्य मान्यता, कला, साहित्य र ग्रन्थहरूले हाम्रो पाठ्यक्रममा प्रवेश पाउनु अत्यावश्क छ । यही देशका महापुरुष, उनीहरूका साहित्य र विचार तथा यथार्थ जीवनको चर्चा प्रारम्भ हुनु अनिवार्य छ । जसको माध्यमबाट प्रत्येक युवाले सैद्धान्तिक ज्ञानका साथ यो देशलाई बुझ्न सकोस् ।

देशमा भएका अनेकौँ अवसर र सम्भावनाप्रति आफ्नो दृष्टि अगाडि बढाउन सकोस्, दुनियाँले खोजिरहेको हाम्रोपनलाई सगर्वका साथ आत्मसात् गर्दै अगाडि बढ्न सकोस् । यो अपेक्षा आजको शिक्षाजगत्बाट समग्र समाजले गरिरहेको छ ।

तसर्थ हामीले हाम्रा विद्यार्थीलाई के सिकाउने ? कसरी सिकाउने ? किन सिकाउने ? र कति सिकाउने ? यो विमर्शका साथ हाम्रा राम्रा र उत्कृष्ट कुराहरूलाई औपचारिक एवं अनौपचारिक माध्यमबाट सिकाइको वातावरण निर्माण गर्दै भविष्यमा यही देशको विचारको आधारमा यहीँका महापुरुषलाई आदर्श मान्दै, देशलाई केन्द्रविन्दुमा राखेर कार्य गर्न सक्ने योग्य, असल र क्षमतावान् जनशक्ति देशका प्रत्येक क्षेत्रमा गएर कार्य गर्न सक्ने वातावरण निर्माण हुन सक्छ ।

तसर्थ राष्ट्र पुनर्निर्माणको महत्वपूर्ण आधार असल व्यक्ति निर्माणका लागि इमान्दारिताका साथ देशको वर्तमान शिक्षा, शिक्षाप्रणाली र पाठ्यक्रमका बारेमा विमर्श गर्दै आवश्यक सुधारका लागि एक सकारातमक वातावरण निर्माण गर्नु नै तपाई हामी एवं समग्र राष्ट्रका लागि हितकर हुनेछ ।

– रमेश कण्डेल
(राष्ट्रिय सह–संगठन सचिव, प्राज्ञिक विद्यार्थी परिषद्, नेपाल)

Continue Reading

Facebook Comment

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

धेरै पढिएको

सम्पर्क

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.

भरतपुर–१० , चितवन

सूचना बिभाग दर्ता नं.

१६९९/०७६-७७

सम्पर्क

मोबाइल - 9846782512

ई–मेल

narayanidainik@gmail.com
हाम्रो टिम
संचालक बिक्रम शर्मा
सम्पादक विपिन कंडेल
संवाददाता सृजना ढकाल
हाम्रो फेसबुक