Connect with us

कोरोना

जेठ ५ सम्म थपियाे लकडाउन, अझ कडाइ गरिने

Published

on

काठमाडौं । सरकारले लकडाउन अवधि ५ जेठसम्म थप्‍ने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन ५ जेठसम्म लम्ब्याउने निर्णय गरेको हाे ।

कोरोना संक्रमितको संख्या बढ्दै गएपछि सरकारले थप १० दिन लकडाउनलाई निरन्तरता दिने निर्णय गरेकाे हाे । बुधबार पाँचौंपटक लकडाउन अवधि थपिएकाे हाे ।

कोरोना फैलन नदिं‌न सरकारले चौंथो पटक थपेको लकडाउन अवधि बिहीबार सकिँदै थियो ।

सरकारले लकडाउनमा अझ कडाइ गर्ने निर्णय समेत गरेको छ ।

सरकारले पहिलोपटक ११ चैतदेखि एक साता लकडाउन घाेषणा गरेकाे थियो ।

मन्त्रिपरिषद् बैठकले भारतसँग जोडिएका सीमानाका बन्द गर्ने निर्णय यथावत राखेको छ । ती मन्त्रीका अनुसार सीमा नाकामा अझ कडाइ गरिनेछ ।

म‌ंगलबार बसेकाे काेराेना राेकथाम तथा उच्चस्तरीय समितिले लकडाउन यथावत राख्न सरकारलाई सिफारिस गरेकाे थियाे । साे बैठकमा प्रधानमन्त्री केपी शर्मा अ‌ाेली पनि सहभागी  थिए ।

नेपालमा अहिलेसम्म ८२ जनामा काेराेना संक्रमण देखिएकाे छ । तीमध्ये २२ जनाले काेराेनालाई जितेका छन् । निकाे भएकामध्‍ये पनि ३ जनालाई थप परीक्षण गर्न भन्दै फेरि अस्पताल भर्ना गरिएकाे छ ।

सा: सनराइज खबर

Continue Reading

Facebook Comment

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

धेरै पढिएको

सम्पर्क

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.

भरतपुर–१० , चितवन

सूचना बिभाग दर्ता नं.

१६९९/०७६-७७

सम्पर्क

मोबाइल - 9846782512

ई–मेल

narayanidainik@gmail.com
हाम्रो टिम
संचालक बिक्रम शर्मा
सम्पादक विपिन कंडेल
संवाददाता सृजना ढकाल
हाम्रो फेसबुक