Connect with us

Banner

सिमानामा छिमेकीको नजर , हामीलाई गुलामी गर्दैमा फुर्सद छैन।

Published

on

सृजन घिमिरे ।बैशाख २७ ।
छिमेकी भारतले नेपाली भूमि अतिक्रमण गर्दै तिब्बतमा रहेको कैलाश मानसरोवर यात्राका लागि शुक्रबार नयाँ बाटो खोल्यो । भारतीय रक्षामन्त्री राजनाथ सिंहले धार्चुला-लिपुलेक लिङ्क रोड उद्घाटन गरे ।

भारतको उत्तराखण्डस्थित धार्चुला क्षेत्रको पिथौरागढबाट नेपालको दार्चुलाको गुन्जी क्षेत्रबाट लिपुलेक पुग्ने सडक मार्ग भारतले खोलेको भन्ने समाचार आयो ।

यो बाटो के तुरुन्तै बन्यो त ?
होइन । सन २०१५ मे १५ तारीखका दिन भारतका प्रधानमन्त्री नरेन्द्र मोदि र चीनका राष्ट्रप्रमुख सी चिनफिङबिच नेपालको भूमि प्रयोग गर्ने गरि सम्झौता भयो । यो ठाडो हस्तक्षेपको सुरुवात त्यहीँबाट भएको थियो । हुन त यसअघि पनि सिमा मिचिने काम पटक पटक हुँदै आएकै हो । त्यसबेला २ छिमेकीहरु बिचमा भएको विभिन्न सम्झौता मध्यको सम्झौता पत्र बुदाँ न. २८ मा नेपाली भूमि लिपुलेक लिम्पियाधुरा भू–भाग जुन नेपालको पर्दछ त्यसलाई प्रयोग गर्ने गरी व्यावसायिक सम्झौता भएको थियो ।

नेपाललाई कुनै जानकारी नदिई सम्झौता गरिएको छ त्यो नेपालको सार्वभौमसत्ता, नेपाल र नेपाली माथी नै आँच आउने काम गरिएको थियो ।
आफ्नो भुमि भित्र छिमेकीले बाटो बनाउने सम्झौता गर्दा देखि बाटो बनाएर तयार गर्दासम्म के हाम्रो सरकारलाई खबर भएन ? कि
लिपुलेक, लिम्पियाधुरा र कालापानी हाम्रो छदै थिएन ? यदि हाम्रो हुन्थ्यो त रास्ट्रवादी सरकार बोल्थ्यो होला, तेत्रो बाटो बनाएर उद्घाटन गरुन्जेल सम्म थाहा पाउँथ्यो होला, सुतेर बस्दैनथ्यो होला ।

त्यो हाम्रो थियो भने पनि बिक्री भैसकेको थियो कि ? कि त्याँ बिकास गर छिमेकी भनेर छोड्देको ? कि सरकार सुत्केरी भयो ? कि सुरुङ्ग युद्ध छेड्नेहरु सुरुङ्ग भित्रै पुरिए ?

४० बुँदे माग बुझाउने र बुझ्नेहरु ज्युदै छन कि मरे ?

यो संकटमा क-कसलाइ सत्ता चाहिएको छ ? को को दूतावास धाउदैछ छन ? कसको पार्टी फुट्ने भो कसको कसरी जुट्ने भो ?हामी(जनता)ले हिसाब गरिरहेका छौं । हुन त हामीले धेरै पहिला देखि नै हिसाब गर्न थालेको हो । हामी(जनता )हिसाब गर्छौं, हिसाबमा सधैं आफुलाई घाटा भएकै नतिजा आउँछ ।

सुगौली सन्धी हुँदा त कति हो कति घाटाको हिसाब गरियो ।

कोसी सम्झौतामा घाटाको हिसाब आयो । महाकाली सन्धी हुदा घाटाको हिसाब आयो, सिमा मिचिदा कति घाटा भयो भयो । विद्युतका आयोजनाहरु पोल्टामा पारेर कामै नगरी ओगट्ने सम्झौता हुँदा घाटा परियो । पटक पटक नाकाबन्दी लगाउन भुमिका खेल्नेहरुले कति हो कति घाटा लगाए ।

कहिले राणाले घाटा लगाए, कहिले राजाले घाटा लगाए, कहिले समाजवादी भन्नेहरुले त कहिले कम्युनिस्ट क्रान्तिकारीहरुले । आफू सधैं घाटा पर्दा पनि हामी(जनता) हिसाब गरेरै बस्यौं । रास्ट्रप्रती गद्दारी गर्नेहरु चिनियो, मौका आउदा रिस फेरौंला भनेर पर्खेर बस्यौं । कती मौका आए गए तर घाटाको हिसाब जस्ताको तस्तै । गद्दारहरुको मुखुण्डो पतालियो अनि फेरि तिनै कट्टर रास्ट्रवादी बनिहाले । रास्ट्रघात विरुद्ध लड्ने, हाम्रा निमित्त लड्ने ती नायक बनिहाले । हामीले बिर्सियौं, पत्याईहाल्यौं । हामीलाई घाटा लगाएर यो देशलाई यसरी नै घाटाको हिसाबमा फसाएर पटक पटक उम्किनेहरुलाई हामी फेरि फुलमाला लगाउँछौ । तिनीहरुको गुलामी गर्दा गर्दै हामीलाई गुलामी गर्ने बानी लाग्दैछ । हामी दिनदिनै कमजोर बन्दैछौँ ।

मैले एउटा हिन्दी सिनेमा हेरेको थिएँ, “क्रान्तीवीर” । अभिनेता नाना पाटेकरको जोडदार अभिनय । गरिब सुकुम्बासीहरुले पुस्तौंदेखि बस्दै आएको जग्गा हडप्न गाउँमै आगो लगाउने गद्दारहरुलाई एक एक गर्दै मारे पछि फाँसीको फन्दामा चड्नु अघि हजारौं गाउँलेहरुको माझमा उनले मर्ने अन्तिम इच्छा व्यक्त गर्छन । आफ्नो एकमात्रै भरोसा आफ्नै अगाडि फाँसीमा झुण्डिन लाग्दा समेत चुपचाप रमिता हेरिरहने गाउँलेहरु माझ उनले पोखेको आक्रोश । ओहो ! काँडा उमार्ने खालको छ । त्यो ठ्याक्कै अहिलेको नेपालको अवस्थासँग मिल्छ । हाम्रो अवस्था सँग मिल्छ । हिन्दी भासामा रहेको उनको भनाईलाई मैले नेपालीमा उल्था गर्ने प्रयास गरेको छु ।

लामो हाँसो सहित उनी भन्छन,-” आयौ होइन मेरो मृत्युको तमास हेर्न ? मलाई अब झुण्ड्याउँछन, आँखा यसरी बाहिर निस्किन्छ, जिब्रो बाहिर निस्किन्छ । एकछिन झुण्डिन्छु त्यसपछि यो भाइ(जल्लाद ) मलाई डोरिबाट झार्छ । तिमीहरु निरास भए झैँ गर्छौ, एकछिन विचारा भन्छौ, घर जान्छौ भात खान्छौ, सुत्छौ । तिमीहरूको यो नामर्दपन, बुद्धिहिनता एकदिन यो देश मरेको तमासा यसैगरि हेर्नेछ । केही भन्नू छैन तिमीहरुलाई, तिमीहरूको जिन्दगीमा केही फरक पर्नेवाला छैन ।”

”अँध्यारोमा बस्ने बानी छ तिमीहरूको, गुलामी गर्ने बानी छ । पैला राजा महाराजको गुलामी गर्यौ, त्यसपछि अंग्रेजको अनि ऐले जनगद्दार नेता र गुण्डाहरुको । धर्मको नाममा तिनीहरु तिमीलाई बहकाउदैछन, तिमीहरू एक अर्काको गला काटीरहेका छौ, काट, काट ! उपरवाला(भगवान) पनि माथीबाट हेर्दै होला र लाजमान्दै होला । सोच्दैहोला, मैले सबैभन्दा सुन्दर चिज बनाको थें “मान्छे” । ऐले तल हेर्दा त सब किरा बनेछन किरा । सडेर मर, आयो अनि गयो खेल खत्तम । किन बाँच्यो थाहा छैन, किन मर्यो थाहा छैन । कलमवाली(पत्रकार) बाई क्रान्ति ल्याउन चाहन्थी, कलमको माध्यमबाट कालो बर्तमानलाई अन्त्य गर्न चाहन्थे ।

तर कसले बुझ्यो उसको कुरा ? सब साला मुर्दाहरु, जिउँदो लासहरु । कसलाई जगाउन सक्थी र उसले । म जागें, राम्रो काम गरेर जाँदैछु । तर ध्यान राख, तिमीहरूको यो मौनता भोलि तिम्रो बच्चाको आँसु बन्नेवाला छ ।

यी कानुनवाला(वकिल/न्यायाधीश ), वर्दिवाला(पुलिस/प्रसासन), नेताहरु यिनले आफ्नो इमान बेचिसके । तर एक अर्कालाई जलाउने बेला तिमीहरुको इमान कहाँ गएको थियो ? भाँडमा ?? यती सानो हाम्रो छिमेकी(पाकिस्तान), भोलिको दिनमा सायद आफुले आफुलाई विश्वको नक्सामा पाउछ कि पाउदैन । उ एउटा कुरा बिर्सिरहेको छ, उसको घरमा जुन रोटी बन्छ नी त्यसको आँटा पनि बिदेशी चक्किबाट आउँछ ।

साला ! आफ्नो देशमा सियो बनाउन सक्दैन हाम्रो देशलाई टुक्र्याउने सपना देख्छ । उ यो सपना देख्नसक्छ किनकि उसलाई यो थाहा छ कि यो मुर्दाहरुको देश हो । मातृभूमिको लागि कसैलाई कुनै हमदर्दी(मतलब) छैन । यसलाई तोड्न बिलकुलै सजिलो छ । म हिन्दु, म मुसलमान, म शिख, म इसाई । म फलाना, म ढिम्का । एक लाठी लाई त भाँच्न सजिलो हुन्छ तर लाठीको भारीलाई तोड्न गाह्रो हुन्छ । मैले बचपनमा पढेको थिएँ, ३ कक्षामा ।

म किन सम्झाइरहेको छु, तिमीहरुलाई ? म पागल हुँ, भुस भरिएको छ मेरो दिमागमा । किन बोल्दैछु यी पत्थरहरुसँग ? हाँस, हाँस खुसी मनाओ, क्रान्तिको बाटोमा एउट अर्को मान्छे कुकुर मराई मरीरहेको छ, भोलि अर्को मर्नेछ । हामीलाई के मतलब होइन ? हामी त यसरी नै बाँचिरहन्छौं होइन ? बाँच भाइ बाँच जस्तो मनलाग्छ बाँछ । म चैं हिजडाको जिन्दगी बाँच्न चाहन्न ।”

अत्यन्तै गहिरो सन्देश सहित सिनेमामा अभिनेताले भनेका प्रत्येक शब्द शब्दले ऐले हामीलाई गिज्याईरहे जस्तो लाग्छ । बर्तमानमा हामीले साँधिरहेको मौनतामा उनले गरेको प्रहार ठ्याक्कै निसानामा लागेको छ ।

भारतियहरुले हाम्रो भुमीमा सडक बनाएर उद्घाटन गर्दा समेत पत्तो नपाउने हामी, केही नबोल्ने हामी । हामीलाई जनगद्दार नेताहरुको गुलामी गर्दैमा फुर्सद छैन । हामी कम्युनिस्ट छौं, काँग्रेस छौँ । अझ ती पार्टी भित्रका पनि गुटका छौँ । खुलेआम रास्ट्रीय स्वाभिमान बेचिँदा,सिमा मिचिँदा हामी कि त मौन बस्छौं कि त पक्ष र विपक्षमा बाँडिन्छौं । के रास्ट्रीयता पनि पक्ष र विपक्षको हुन्छ र ?

सिमानाका सुरक्षाकर्मी माथी भारतीयको आक्रमण, प्रमुख प्रासनिक भवन सिंहदरबार अगाडिको कडा सुरक्षाका बिच प्रहरीमाथी चीनियाँको मुक्का । हामी सिमाना मिचिएका ठुला समस्यामा देखि साना साना व्यबहारमा समेत कमजोर साबित हुदैछौं । आज हामी मात्रै कमजोर बनेका छैनौँ, हाम्रो भावी पुस्तालाई जन्मिदै साँपे जन्माईरहेका छौं । हामी घुँडा टेकिरहेका छौँ, यस्तै रहिरहने हो भने हाम्रो भावी पिडिँ त घुँडा टेक्न लायक पनि रहने छैन । उ त घस्रने वाला छ ।

Continue Reading

Facebook Comment

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

धेरै पढिएको

सम्पर्क

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.

भरतपुर–१० , चितवन

सूचना बिभाग दर्ता नं.

१६९९/०७६-७७

सम्पर्क

मोबाइल - 9846782512

ई–मेल

narayanidainik@gmail.com
हाम्रो टिम
संचालक बिक्रम शर्मा
सम्पादक विपिन कंडेल
संवाददाता सृजना ढकाल
हाम्रो फेसबुक