Connect with us

विचार

आमानै सबै भन्दा मायां गर्ने प्राणी हो – चेतन खनाल

Published

on

म सानो थिय आमा प्रय अरुकै घरमां काम गरेर साझ बिहानको छाक टार्नु हुन्थ्यो। बिहानै साहुको मेलामा जानुपर्ने भयकाले आफ्नो घरमा चुलो संम जल्दैनथ्यो। मेरो पेट भोकले बटारिदै हुन्थ्यो भोक लाग्यो आमा खानादेउ म रुन सुरुगरीहाल्थे !आमाले संझाई बुझाई गरेर केहिबेर पछी साहुको घरमा आईज पेटभरी खान दिउला भनेर निस्कनु हुन्थ्यो ।

म पनी आमा बिना त्यती समय कहां रहन सक्थेर आमा पुगेको १० मिनेट नहुदै म पुगीहाल्थे । साहु को परिवार हरु भित्र बसेर रमाउदै गफीदै नास्ता खााईरहेका थिय तर मेरी आमालाई पिढिमां बसालियको थियो टपरीमा रोटी अलीकती अचार र दही राखियको थियो
आमाले साहेद मेरै प्रतीक्षा गरिरहनु भयको थियो मलीन अनुहार पारेर मलाई अंगालोमा लिनुभयो दही र रोटी टुक्रा टुक्रा पारेर टपरीमै भिजाउनु भयो अनी विस्तारै विस्तारै सबै मलाई ख्वाईदिनु भयो उतीबेला मलाई निक्कै आनन्द महसूस हुन्थ्यो तर त्यहिकुरा संझेर आजभोली यकान्तमा निकै रुनेगर्छु ।

भित्र बाट आवाज आयो साईली अरु खान्छेउ खानेभय एउटा रोटी अझै बचेकोछ खाऊ ल। हुन्छ भन्दै आमाले रोटी माग्नुहुन्थ्यो मलाई एकान्तमा बोलायर ल यो रोटी लियर जा गाईलाई दुई मुठा घांस टाढैबाट फाल्दिनु अनी भोकलागे यो रोटी खानु फेरी गाईले हान्लाहै बाबु सानोछस् ध्यानदियस ल । हुन्छ भनेर ऊछल कुद गर्दै म घर पुगे फेरी त्यती दुरीपनी त कहांथियोर १० मिनेटमै घर पुगीन्थ्यो ।

घास हालेर केहिबेर आफ्नै सुरमा बारीतिर घुमिरहेको थिय आमापनी आउनु भयो अनी ल यही खेलीराछस हिडभनी उही लियर जानुभयो खाना चाही मलाई कचौरामा अनी आमालाई टपरीमा आउथ्यो खै केटाकेटी मान्छे भयर होला अरुको घरको खाना निक्कै मिठो लाग्ने मलाई ।
साच्चीकै मेरो कारन आमा कयौ दिन भेकै बस्नु भयोरेे कयौ दुरीको बाटोमा पैदल हिड्नुभयो आमाको कथा निकै लामोछ बसेर सुन्नुमात्र पर्छ बरबरती आशु झर्छन। भन्नु हुन्छ सानैबाट तैले धेरै खान्थिस साहुहरुले एक जनाले काम गर्ने दुई जना बराबर खाने भन्लान भनेर तलाई पेटभरी खुवायर म भोकै उठ्थे ।

त जन्मिएको केही मैनामै तेरो बा सौतेनी आमा लियर फरार भयो कयौ पटक मर्छु भनेर प्रयास पनी गरे तर मर्नुभन्दा पहिल्यै आखामा झल्झली तेरो तस्वीर आउथ्यो मन मुटु तेरै मायांमा चस्किन्थ्यो ।आफ्नो लागी नभयर तेरो लागी भयपनी बाच्नु पर्यो मर्न सक्दिनथेे आमा भन्नु हुन्छ !
एक्लो महिला न कसैको साथ र सहयोग निरन्तर कष्टहरु उठाई रहनुभयो अली अफ्ठ्यारो पर्योकी मलाई हेरर मन बुझाउने लत बसि सकेको थियो आमाको साच्चीकै आमा जस्तो माया गर्ने दुनीयामा अरु कुनै आफन्त हुदोरहेनछ ।

कसैले एकदिन पनी सु:ख- दुःख के कस्तोछ कहिल्यै सोधेन मानब जातीको त्यो घमंड देखेर पक्षपात देखेर मलाई घ्रिणा जागीसकेको थियो उनीहरुलाई हामिबाट केहि सहयोग चाहिय बिना हिचकिचावट माग्ने मान्छछेहरु हामिले केहि सुको लियबापत पनी काम गराउन खोज्दा निकै घ्रिणा जागेर आउँछ। साच्चीकैै आमा को गुुुणगान जती गायपनी कमनै हुुुुन्छ। हरेक ब्याक्तीका लागी दुनीया मा सबै भन्दा मायांं गर्ने प्रणी आमानै रैहेछ।

चेतन खनाल

Continue Reading

Facebook Comment

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

धेरै पढिएको

सम्पर्क

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.

भरतपुर–१० , चितवन

सूचना बिभाग दर्ता नं.

१६९९/०७६-७७

सम्पर्क

मोबाइल - 9846782512

ई–मेल

narayanidainik@gmail.com
हाम्रो टिम
संचालक बिक्रम शर्मा
सम्पादक विपिन कंडेल
संवाददाता सृजना ढकाल
हाम्रो फेसबुक