Connect with us

Banner

नवलपरासी पूर्वका १८ सहित थप ४२ जनामा कोरोना संक्रमण

Published

on

काठमाडौं- थप ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयद्वारा प्रकाशित बिहीबार बिहानसम्मको तथ्यांक अनुसार नवलपरासी पूर्वमा १८ जना नयाँ संक्रमण पुष्टि भएको हो।

त्यस्तै, तनहुँमा १२ जना, मनाङमा १ जना, गोरखामा ११ जनामा संक्रमण पुष्टि भएको छ।

मनाङको एक जना कपिलवस्तुबाट फर्किएका र अरु सबै भारतबाट फर्किएका सूचनामा निर्देशनालयद्वारा जारी सूचनामा उल्लेख छ।

संक्रमित सबै सम्बन्धित जिल्लाको क्वारेन्टाइनमा छन्।

अध्यावधिक विवरण अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २८९ पुगेको छ। त्यस्तै, नेपालभर संक्रमितको संख्या ७ हजार २ सय १९ पुगेको छ।

Continue Reading

Facebook Comment

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

धेरै पढिएको

सम्पर्क

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.

भरतपुर–१० , चितवन

सूचना बिभाग दर्ता नं.

१६९९/०७६-७७

सम्पर्क

मोबाइल - 9846782512

ई–मेल

narayanidainik@gmail.com
हाम्रो टिम
संचालक बिक्रम शर्मा
सम्पादक विपिन कंडेल
संवाददाता सृजना ढकाल
हाम्रो फेसबुक