Connect with us

Banner

निशुल्क ड्राइभिङ्ग तालिम दिँदै त्रिवेणी ड्राइभिङ्ग ट्रेनिङ सेन्टर

Published

on

भरतपुर-१०,चितवन सि.जि ल्यान्डमार्कसँगै रहेको त्रिवेणी ड्राइभिङ्ग ट्रेनिङ सेन्टरले प्रत्यक हप्ताको शनिबार बिहान ८ बजे निशुल्क तालिम दिँदै आएको जनाएको छ। बढ्दो सबारी चाप,दुर्घटना र सवारी साधनको सुरक्षालाई मध्यनजर गर्दै सो कक्षा सूचारू गरिएको त्रिवेणी ड्राइभिङ्गका सञ्चालक महेश पौडेलले बताउनुभयो।

“हाम्रो एक कदम दुर्घटना न्यूनीकरणका लागि ” नामक शिर्षकका साथ सञ्चालन गरिएको सो कक्षामा सडक सुरक्षा , सवारी इन्जिन सुरक्षा , चालकमा सतर्कता , सडकमा पैदल यात्रीको दायित्व , ट्राफिक नियम तथा बिभिन्न शिर्षकमा छलफल गरिने छ।

बिदेशमा ट्राफिक नियम बिद्यालयतहबाट नै पढाइन्छ तर नेपालमा ट्राफिक नियमको कमिले दिनहु दुर्घटनामा परि ज्यान गुमाइरहेका छन्। उहाँले आफ्नो दायित्व गाडि चलाउन सिकाउनु मात्र होइन सवारी चलाउदा चालकमा आउने सम्पूर्ण चुनौतीका बारेमा सबैलाई बुझाउनु रहेको बताउनु भयो ।

यस्तै सवारी साधना चलाउनु अघि चालकले सवारी साधनमा मोबिलको मात्रा, पानीको मात्रा, ब्रेकको अबस्थामा,चक्काको अबस्था,आदि जस्ता बिभिन्न कुराहरु ठिक रहे-नरहेको सुनिश्चित गरि सवारिसाधन चलाउनु पर्दछ तर धेरैले यसको चेकजाँच नै नगरि सवारि चलाउँदा बाटोमा अफ्ट्यारो पर्न सक्ने संचालक पौडेलले बताउनु भयो।

उदाहरणका लागि; सवारिको तापक्रम बढि भएमा गाडि आफै स्टाट बन्द हुन्छ र पूर्ण स्टाट गर्न खोज्दा स्टाट हुदैन। यस्तो अवस्थामा हामीले धैरे भएर गाडिको तापक्रम घटाउन तिर लाग्नु पर्छ। तापक्रम घटेपछि केहि सुरक्षित उपाय अपनाएर गाडिलाई बिस्तारै बर्कशप सम्म पुराउन सकिन्छ तर उपायको कमीले हामी बल-जबर्जस्ती स्टार्ट गर्नखोज्दा गाडिको इन्जिनलाई असर पुर्याउने सह संचालक राज पौडेलले बताउनु भयो।

Continue Reading

Facebook Comment

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

धेरै पढिएको

सम्पर्क

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.

भरतपुर–१० , चितवन

सूचना बिभाग दर्ता नं.

१६९९/०७६-७७

सम्पर्क

मोबाइल - 9846782512

ई–मेल

narayanidainik@gmail.com
हाम्रो टिम
संचालक बिक्रम शर्मा
सम्पादक विपिन कंडेल
संवाददाता सृजना ढकाल
हाम्रो फेसबुक