Connect with us

Banner

जेसिबीको बकेटले हानेर वडाध्यक्षकाे हत्या

Published

on

सर्लाहीकाे ईश्वरपुर नगरपालिका वडा नम्बर-३ का वडाध्यक्ष सूर्यकुमार श्रेष्ठको शुक्रबार राति हत्या भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । हत्यामा संलग्न भएकाे अभियाेगमा प्रहरीले बरहथवा नगरपालिका-१ का ३८ वर्षीय रविन भन्ने हर्क बहादुर तामाङ र ईश्वरपुर-३ का ३५ वर्षीय प्रेमराज दाहाललाई नियन्त्रणमा लिएको छ ।

तामाङ जेसिबी चालक हुन् । तामाङले जेसिबीको बकेटले हानेर वडाध्यक्ष श्रेष्ठकाे हत्या गरेकाे प्रारम्भिक अनुसन्धानबाट खुलेकाे प्रहरीले जनाएकाे छ । साेही वडाकाे भक्तिपुरमा रहेकाे पुरानो सरकारी पोखरी स्तरोन्नति गर्ने कामकाे निरीक्षण गर्न गएका बेला तामाङले श्रेष्ठकाे हत्या गरेका हुन् ।

साेही पाेखरीकाे काम निरीक्षण गर्न गएका बेला वडाध्यक्ष श्रेष्ठको हत्या भएको ईश्वरपुर नगरपालिकाका प्रमुख मनोज देवकोटाले जानकारी दिनुभयाे ।

प्रहरीका अनुसार वडाध्यक्ष श्रेष्ठ, जेसिबीका ठेकेदार प्रेमराज दाहाल र जेसिबी चालक तामाङबीच शुक्रबार नजिकैको होटलमा खाना खाने क्रममा विवाद भएकाे थियाे । विवादकैबीच पाेखरी निरीक्षण गर्न जाने क्रममा चालक तामाङले जेसिबी चलाएर वडाध्यक्ष श्रेष्ठलाई जेसिबीको बकेटले ठक्कर दिएका थिए ।

Continue Reading

Facebook Comment

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

धेरै पढिएको

सम्पर्क

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.

भरतपुर–१० , चितवन

सूचना बिभाग दर्ता नं.

१६९९/०७६-७७

सम्पर्क

मोबाइल - 9846782512

ई–मेल

narayanidainik@gmail.com
हाम्रो टिम
संचालक बिक्रम शर्मा
सम्पादक विपिन कंडेल
संवाददाता सृजना ढकाल
हाम्रो फेसबुक