Connect with us

Banner

भि ग्रुपका सदस्यले अब रु १०० मै लुगा धुने मेसिन किन्न पाउने

Published

on

चितवन । नारायणगढ पुलचोकमा रहेको शुभकामना इलेक्ट्रोनिक्स र भि ग्रुप बीच लुगा धुने मेसीन (वासिङ मेसीन) लाई किस्तावन्दीमा सदस्यको घरमै डेलिभरी दिने बिषयमा सहकार्य हुने भएको छ। आज एक कार्यक्रमका बीच भि ग्रुपका परिकल्पनाकार बिपिन कंडेल र शुभकामना इलेक्ट्रोनिक्सका प्रमुख सूर्य भक्त अधिकारीले समझदारीपत्रमा हस्ताक्षर गर्नु भयो ।

शुभकामना भारतीय लोकप्रिय आइएफबी ब्राण्डको वासिङ मेसीनको आधिकारीक विक्रेता हो । ६१ हजार देखि १ लाख ४ हजारसम्म मूल्य पर्ने ७ मोडेलका वासीङ मेसीनमा किस्तावन्दी सेवा लागु हुनेछ । भि ग्रुपका सदस्यले कम्पनीको वास्तविक मूल्यमा बिशेष छुट पाउने छन् । साथै बजार डुल्नुपर्ने, बार्गेनिङ गर्नुपर्ने जस्ता झण्झटबाट ग्रुपका सदस्यहरु लाभान्वित हुन सक्नेछन् ।

शुभकामना इलेक्ट्रोनिक्सका प्रोपाइटर सूर्यभक्त अधिकारीले सजिलो किस्तावन्दी सेवा मार्फत मासिक ३ हजार देखि ३ हजार ५ सय रुपैयाँ अर्थात दैनिक १००-२०० रुपैया जम्मा गरेर वासिङ मेसीन खरिद गर्न सक्ने बताउनु भयो । सुरुमा वासिङ मेसीनमा सजिलो किस्तावन्दी सेवा लागु गरिएपनि छिटै अन्य घरायसी उपकरणमा समेत यो स्किम ल्याइने उहाँले बताउनु भयो।

“सुरुमा ३० देखि ५० प्रतिशत भुक्तानी गर्नुपर्नेछ, किस्ता रकम दैनिक वा मासिक रुपमा भि ग्रुपमा बुझाउनुपर्ने हुन्छ र ६ महिना देखि डेढ वर्षसम्म सबै रकम भुक्तानी हुनेछ ।” यो सुविधाले सेयर सदस्य लाई सहज हुने छ । ग्रुपले शेयर सदस्यको माग अनुसारको सामानका लागि निश्चित रकम पठाएपछि घरमै पुगेर सामान जडानको सुविधा दिइने अधिकारीले जानकारी दिनु भयो ।

आइएफबी भारतकै पहिलो वासिङ मेसीन उत्पादन गर्ने कम्पनी हो । आइएफबी ब्राण्डको वासिङ मेसीनमा ४ वर्ष फुल पार्टस सहितको वारेन्टी, १० वर्ष मोटरमा वारेन्टी छ । शुभकामना इलेक्ट्रोनिक्सले एक दशकदेखि घरायसी इलेक्ट्रोनिक्स साान विक्रि वितरण तथा सर्भिस सेवा दिदै आएको छ ।

Continue Reading

Facebook Comment

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

धेरै पढिएको

सम्पर्क

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.

भरतपुर–१० , चितवन

सूचना बिभाग दर्ता नं.

१६९९/०७६-७७

सम्पर्क

मोबाइल - 9846782512

ई–मेल

narayanidainik@gmail.com
हाम्रो टिम
संचालक बिक्रम शर्मा
सम्पादक विपिन कंडेल
संवाददाता सृजना ढकाल
हाम्रो फेसबुक