Connect with us

Banner

निजगढमा परिवर्तनका लागि युवा परिषद्द्वारा पुस्तकालय स्थापना

Published

on

बारा-6 निजगढ ३० साउन । परिवर्तनका लागि युवा परिषद र स्थानिय तहको सहकार्य तथा मकवानपुर पुस्तकालय अभियान समुहको सहयोगमा निजगढ पुस्तकालयकाे स्थापना भएको छ । नेपाल सरकारका पुर्व युवा तथा खेलकुद मन्त्री पुरूषाेतम पाैडलज्यूकाे प्रमुख आतिथ्यमा उद्घाटन भएको पुस्तकालयमा हेटौंडा पुस्तकालय अभियानले ५० हजार बराबरकाे १५३ थान पुस्तक निजगढ पुस्तकालयलाई हस्तान्तरण गरेकाे छ ।

विगत ४ बर्ष देखि निरन्तर रूपमा रचनात्मक कार्यक्रमहरू सरसफाइ अभियान , वृक्षरोपण अभियान , विविध अन्तरक्रिर्या कार्यक्रम , बाल शिक्षण कार्यक्रम, बाल पार्क निर्माण अभियान लगायत महत्त्वपूर्ण कार्य गर्दै आइरहेकाे परिवर्तनका लागि युवा परिषद्ले निजगढ वडा न.६ मा स्थानीय वडाकाे सहकार्य र हेटौंडा पुस्तकालय अभियानकाे सहयोगमा जिजगढकाे सडकटाेल चाेकमा पाना पुस्तकालय स्थापना गरेकाे हाे ।

निजगढ वडा न.६ का बाल बालिका, युवा, शिक्षक तथा समाजका नागरिकहरूमा स्कुलकाे पाठ्यक्रम बाहेक अन्य महत्त्वपूर्ण धार्मिक , संस्कृतिक, साहित्यक, इतिहास, महापुरूष र विश्व प्रसिद्व व्यक्तिहरूकाे जीवन गाथ सँग सम्बन्धित पुस्तहरूकाे ज्ञान बाँडने उदेश्यका साथ निजगढमा पुस्तकालय स्थापना गरिएको परिवर्तनका लागि युवा परिषदका सचिव बालकृष्ण हुमागाईले मिडिया नेटवर्कलाई जानकारी दिएका छन् ।

उहाँका अनुसार निजगढ वडा न. ६ मा सुविधा सम्पन्न बाल पार्क निर्माण कार्यकाे पनि परिवर्तनका लागि युवा परिषद्ले नै नेतृत्व गरिरहेकाेले छिटै निजगढ नगरपालिकाकै नमुना बाल पार्क निर्माण हुने कुरा बताउनु भएको छ ।

कार्यक्रममा प्रमुख अतिथिमा नेपाल सरकारका पुर्व युवा तथा खेलकुद मन्त्री पुरूषाेतम पाैडेलज्यु निजगढ नगरपालिकाका उप-मेयर लिलादेवी रामिछानेज्यु वडा नम्बर ६ का वडाध्यक्ष श्री कुशबहादुर थापाज्यु, अध्यक्ष तारानाथ तिमल्सिनाज्यु, वडा सदस्य श्री रामप्रसाद हुमागाईज्यु, गाैरीशंकर मा.वि का प्राचार्य यादव कुमार तिमल्सिनाज्यु, हेटौंडा पुस्तकालय अभियानका अभियानताहरू सुरेश श्रेष्ठ , नरेन्द्र भण्डारी , कैलाश धिताल लगायत निजगढ वडा ६ का महत्त्वपूर्ण सामाजिक, धार्मिक, शैक्षिक, राजनीतिक व्यतित्वहरूकाे उपस्थिति रहेकाे थियोे ।

उद्घाटन समारोहमा पुर्व मन्त्री पुरूषाेत्तम पाैडेल, प्राचार्य यादवकुमार तिमल्सिना , पुस्तकालय अभियानताहरूले शुभकामना व्यत्त गर्दै यस पुस्तकालयलाई निरन्तरता दिनु पर्ने र यसमा निरन्तर हाम्रो साथ र सहयोग रहेने कुरा व्यत्त गर्नु भएको थियोे ।

Continue Reading

Facebook Comment

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

धेरै पढिएको

सम्पर्क

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.

भरतपुर–१० , चितवन

सूचना बिभाग दर्ता नं.

१६९९/०७६-७७

सम्पर्क

मोबाइल - 9846782512

ई–मेल

narayanidainik@gmail.com
हाम्रो टिम
संचालक बिक्रम शर्मा
सम्पादक विपिन कंडेल
संवाददाता सृजना ढकाल
हाम्रो फेसबुक