Connect with us

अन्तर्राष्ट्रिय

हेलिकप्टर दुर्घटना पछि १२ घण्टा पौडी खेलेर ज्यान जोगाएका मन्त्रीले भने, ‘मेरो दिन सकिएको रैनछ

Published

on


मानिसको दिन पुरा भएको छैन भने जस्तो सुकै दुर्घटनावाट पनि जिवित रहन सकिन्छ । हालै पूर्व अफ्रिकी मुलुक मदागस्करका एक मन्त्रीले सो कुराको पुष्टि गरेका छन् । मदागस्कर सरकारका रक्षा एवं प्रहरी मन्त्री सर्ज गेल हेलिकोप्टर दुर्घटनामा परे । समुन्द्रमा दुर्घटना भएको सो विमानमा मन्त्री थिए । तर उनले १२ घण्टासम्म पौडी खेलेर आफ्नो ज्यान जोगाएका छन् ।

मन्त्री गेलेसहित अन्य तीन सुरक्षा अधिकारीको टोली चढेको हेलिकोप्टर सोमबार उत्तर पूर्वी कोस्ट क्षेत्रमा दुर्घटनामा परेको थियो । दुर्घटनाग्रस्त स्थलबाट मन्त्री गेले १२ घण्टासम्म निरन्तर पौडी खेल्दै जमिनसम्म आइपुगेका थिए ।

अधिकारीहरुले मंगलबार बताएअनुसार सो क्षेत्रमा यात्रुबाहक डुङ्गा दुर्घटनामा परेकाहरुको उद्धार र अवलोकनका लागि मन्त्रिसहितको टोली घटनास्थलतर्फ जाँदै थियो ।सोही क्रममा हेलिकोप्टर दुर्घटनामा परेको थियो। सोमबार भएको डुङ्गा दुर्घटनामा परि कम्तीमा ३९ यात्रुको मृत्यु भएको थियो ।

दुर्घटनामा परेका अन्य तीन सुरक्षा अधिकारीले समेत ज्यान जोगाउन सफल भएको अधिकारीहरुले बताएका छन् । दुर्घटनाबाट ज्यान जोगाएका मन्त्री गेलेले ट्विटरमार्फत भनेका छन्, ‘मेरो का ल अझै आइपुगेको छैन । राष्ट्रको हितका लागि भएपनि मैले अझै धेरै बाँच्नु छ ।’ यद्यपि, दुर्घटनापछि उनी सामान्य घाइते भएको बताइएको छ ।

Continue Reading

Facebook Comment

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्पर्क

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.

भरतपुर–१० , चितवन

सूचना बिभाग दर्ता नं.

१६९९/०७६-७७

सम्पर्क

मोबाइल - 9846782512

ई–मेल

[email protected]
हाम्रो टिम
संचालक बिक्रम शर्मा
सम्पादक विपिन कंडेल
संवाददाता सृजना ढकाल
हाम्रो फेसबुक