Connect with us

राजनीति

प्रचण्डकै नजिकका व्यक्तिले दिएका रहेछन् ओलीलाई ज्ञानेन्द्रसँग सम्झौता गरेको सूचना

Published

on

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनयुद्धलाई विश्राम दिने विकल्प खोज्ने क्रममा राजा ज्ञानेन्द्र शाहसँग ५ बुँदे सम्झौता गरेको कुरा दोहोर्‍याएका छन्।

शनिबार विराटनगरमा पत्रकारसँगको कुराकानीका क्रममा ओलीले राजासँग वार्तामा बसेका प्रचण्डनिकट व्यक्तिहरूले नै यो कुराको खुलासा गरेको बताए। त्यहीकारण आफूले यसमा थप बोलिरहनु आवश्यक नभएको उनले बताए।

‘उहाँ (प्रचण्ड) कै मान्छेहरूले बोल्दै हिँडिरहेका छन्,’ ओलीले भने, ‘वार्तामा बसेकाले नै भनेपछि विस्तारै लिखित प्रमाण पनि निस्केला।’

प्रचण्डले २०६० मंसिर १८ गते राजा ज्ञानेन्द्रसँग पाँच बुँदे सम्झौता गरेको आरोप ओलीले यसअघि लगाएका थिए।

ओलीको यो आरोपपछि प्रचण्डले सम्झौता भएको भए प्रमाणित गर्न सार्वजनिक चुनौती दिएका थिए।

‘प्रचण्डजीले चुनौती नै दिने हो भने उहाँहरूलाई दिनुपर्छ, जसले सम्झौताबारे बोलिरहेका छन्,’ ओलीले भने ‘मलाई चुनौती दिनुको कुनै अर्थ छैन।’

ओलीले ‘प्रचण्डनिकट व्यक्ति’ भनेर कसैको नाम लिएनन्। यो सम्झौता बारेमा माओवादी पूर्व नेतृ हिसिला यमीको पुस्तकमा पनि उल्लेख छ।

त्यस्तै विश्वका ठूला राजनीतिक घटनाक्रममा दस्तावेजको खुलासा गरेको विकिलिक्सले पनि यो सम्झौताबारे चर्चा गरेको छ।

Continue Reading

Facebook Comment

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्पर्क

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.

भरतपुर–१० , चितवन

सूचना बिभाग दर्ता नं.

१६९९/०७६-७७

सम्पर्क

मोबाइल - 9846782512

ई–मेल

[email protected]
हाम्रो टिम
संचालक बिक्रम शर्मा
सम्पादक विपिन कंडेल
संवाददाता सृजना ढकाल
हाम्रो फेसबुक