• समाचार
  • नारायणी सेरोफेरो
  • राजनीति
  • स्वास्थ्य / जीवनशैली
  • कृषि
  • खेलकुद
  • मनोरञ्जन
  • साहित्य
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • ग्यालरी / फिचर
  • भिडियो
  • रोचक समाचार
  • रोजगारी
  • विचार
  • विज्ञान/प्रविधि
  • समाज
×
शनिबार, बैशाख ३१, २०७९
☰
शनिबार, बैशाख ३१, २०७९
    • समाचार
    • राजनीति
    • नारायणी सेरोफेरो
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U

भर्खरै

लोकप्रिय समाचार

कोरोनाभाइरसः छैटौँ नेपालीमा सङ्क्रमण भएको पुष्टि


  •   बिहिबार, चैत २०, २०७६
  • A
  • A+
  • A++

सरकारले नेपालमा कोरोनाभाइरस सङ्क्रमणको छैटौँ घटना फेला परेको जनाएको छ।

बिहीवार नियमित पत्रकार सम्मेलनका क्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले छैटौँ नेपालीमा कोरोनाभाइरस सङ्क्रमण देखा परेको बताएका हुन्।

उनले काठमाण्डूको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षण अनुसार छैटौँ व्यक्तिमा कोभिड-१९ पोजिटिभ देखिएको बताए।

देवकोटाले भने, “चैत ४ गते दोहाबाट काठमाण्डू आएको QR 652 उडानमा आएका अर्का व्यक्तिमा कोरोनाभाइरसको सङ्क्रमण देखा परेको हो। पहिला नै उक्त उडानमा आएका दुई जनामा सङ्क्रमण देखिएको थियो।”

“कोभिड-१९ पोजिटिभ देखिपछि गर्ने कार्यहरू चिकित्सक र हाम्रा प्राविधिकहरूले गर्न थाल्नुभएको छ। यो भन्दा विस्तृत विवरण आउन बाँकी छ।”

उपचार
अधिकारीहरूका अनुसार यसअघि नेपालमा देखिएका कोभिड-१९ सङ्क्रमणका पाँचैवटा घटनामा विदेशबाट फर्किएका नेपालीहरू जोडिएका छन्।

नेपालमा हालसम्म १,१ ८४ जनामा कोभिड-१९ को परीक्षण गरिएको छ। त्यसमध्ये १,१७८ मा सङ्क्रमण नदेखिएको र पाँच जनालाई आइसोलेसनमा राखेर उपचार भइरहेको छ।

पहिलो सङक्रमण वुहानबाट फर्किएका नेपालीमा देखिएको थियो र अधिकारीरूका अनुसार उनी उपचारपछि निको भएर घर फर्किसकेका छन्।

दोस्रो सङ्क्रमण फ्रान्समा अध्ययनरत कतार एअरवेजबाटै नेपाल आएकी १९ वर्षीय विद्यार्थीमा देखिएको थियो।

उनीसँग जहाजमा यात्रा गरेका सबै १५८ जना नेपालीको खोजी कार्य अघि बढाइएको अधिकारीहरूले बताएका थिए।

तेस्रो सङ्क्रमित व्यक्ति खाडी मुलुकबाट आएका एक पुरुष थिए भने चौथो व्यक्ति २० मार्चमा यूकेबाट दुबई हुँदै दिल्लीबाट विस्तारा एअर चढेर नेपाल आएको बताइएको थियो।

उनको धनगढीमा उपचार भइरहेको अधिकारीहरूले बताएका थिए। सङ्क्रमण देखिएकी पाँचौ नेपाली महिला बेल्जियमबाट कतार हुँदै आएकी महिला थिइन्।

स्वास्थ्य मन्त्रालयका प्रवक्ताले पछिल्लोसहित QR 652 जहाजमा आएका तीन जनामा सङ्क्रमण देखिएको बिहीवारको पत्रकार सम्मेलनमा जानकारी दिए।

बिबिसी

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

चुनावमा खटिन नमान्ने कर्मचारीलाई कारबाही हुने

सत्ता गठबन्धनको चुनावी सभा Live , भरतपुर बाट

निर्वाचन नजिकदै गर्दा घर भेटमा तीब्रता

ट्रेन्डिङ

सबै

चुनावमा खटिन नमान्ने कर्मचारीलाई कारबाही हुने

सत्ता गठबन्धनको चुनावी सभा Live , भरतपुर बाट

निर्वाचन नजिकदै गर्दा घर भेटमा तीब्रता

कांग्रेस आफूले धोका खाए पनि अरुलाई धोका दिँदैन : देउवा

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

आजदेखि देशभरका बालिबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

विवेकशील साझा पार्टीको भरतपुर मेयरको उम्मेदवार प्रविन काफ्ले

जहाजको टायर पड्किदा, भैरहवा विमानस्थल अवरुद्ध

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
सम्पर्क
मोबाइल – 9846782512
ई–मेल
narayanidainik@gmail.com

हाम्रो टीम

सम्पादक
विपिन कंडेल

संवाददाता
सृजना ढकाल

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2022 Narayani Dainik | All rights Reserved.