Narayani Dainik skip
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
शनिबार, असोज ०६, २०८०
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

Nepse Bajar Introduces Innovative Portfolio Management System (PMS) – Empowering Investors to Take Control of Their Stock Portfolios

अर्किड कलेजकी परीक्षा भइन चितवन जिल्ला प्रथम

भि ग्रुपले प्राप्त गर्यो अन्तरास्ट्रिय गुणस्तर(ISO) चिन्हको प्रमाणपत्र

गठबन्धन सरकार कसैले हिलाएर हिल्दैन, पाँच वर्ष चल्छ : प्रधानमन्त्री दाहाल

रत्ननगर नगरपालिकाकाको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम सार्वजनिक

पोखरामा चट्याङ लागेर एकको मृत्यु

उच्च अदालतको आदेश अनुसार काम गर्न पाउनुपर्ने चंखपुरबासीको माग !!

श्रमजीवी पत्रकारको न्युनतम तलब ४० प्रतिशत बढाउन सिफारिस

चितवनमा ट्रकले स्कुटरलाई ठक्कर दिदा एकजनाको मृत्यु ,एक गम्भिर घाइते

लोकप्रिय समाचार

झापाका व्यवसायीले बढाए पेट्रोल र डिजेलको मूल्य



  •   शुक्रबार, बैशाख १९, २०७७
  • A
  • A+
  • A++

बैशाख १९ । झापा ।भारतको पश्चिम बंगाल सरकारले झापाको पूर्वीनाका काँकडभिट्टा ठप्प पर्दा झापाका पम्पहरूले आयल निगमले तोकेको दरभन्दा ७५ पैसा बढीमा इन्धन बिक्री गरिरहेका छन्। तर एलपी ग्यास उद्योगहरूले भने तोकेको मूल्यमै उपभोक्तालाई ग्यास सिलिन्डर दिइरहेका छन्।

आयल निगमले चाराआली डिपोको १५ किलोमिटरभित्रका पम्पहरूले पेट्रोल ९४ रुपैयाँ ५० पैसा, डिजेल र मट्टीतेल ८३ रुपैयाँ ५० पैसामा बिक्री गर्न मूल्य निर्धारण गरेको छ। तर, झापाका पम्पहरूले तोकेको मूल्यमा ढुवानी खर्च भन्दै ७५ पैसा थप गरेर इन्धन बिक्री गरिरहेका छन्। कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि भन्दै पश्चिम बंगाल सरकारले गत चैत २६ गतेदेखि पूर्वीनाका काँकडभिट्टा–रानीगञ्ज (पानीटंकी) बाट आयातनिर्यात बन्द गरिदिएको छ।

बंगाल सरकारले पूर्वीनाकामा अघोषित नाकाबन्दी लगाएपछि भारतबाट आउने इन्धन, औषधिलगायत अतिआवश्यक सामान भन्सार आउन छाडेको मेची भन्सार कार्यालय काँकडभिट्टाका प्रमुख ध्रुव विश्वकर्माले जानकारी दिए। काँकडभिट्टा नाका ठप्प भएपछि सिलिगुढी डिपोबाट इन्धन आउन छाडेको महिना दिन हुन लागेको चाराआली डिपोका प्रमुख विपिन श्रेष्ठले जानकारी दिए।काँकडभिट्टाबाट इन्धन आउन छाडेका कारण झापामा इन्धनको मूल्यमा ७५ पैसा बढेको स्विकार्दै डिपोका प्रमुख श्रेष्ठले भने, ‘मेची पेट्रोलियम डिलर्स एसोसिएसनले जिल्ला प्रशासन र चाराआली डिपोको सल्लाहमै रकम बढाएको हो।

विराटनगर डिपोबाट इन्धन लिनुपर्दा ढुवानी खर्च बापतको रकम एसोसिएसनले इन्धनमा जोडेको हो। यसमा हामीले हस्तक्षेप गर्न अधिकारभित्रै पर्दैन। सिलीगुढीबाट इन्धन आउन छाडेकोले यहाँका पम्प व्यवसायीहरूले विराटनगरबाट बिल काटेर इन्धन ल्याएर सीधै पम्पमा लैजाने गरेका छन्। हामीले सहजीकरण मात्र गरिरहेका छौ।’ लकडाउनमा ढुवानी खर्च भन्दै पम्प व्यवसायीले उपभोक्तासँग ढुवानी खर्च जोडेर लिन थालेपछि उपभोक्ता थप मारमा परेका छन्। सरकारले तोकेको मूल्यमा इन्धन नपाएको सवारी चालकहरूको गुनासो छ।

यता मेची पेट्रोलियम डिलर्स एसोसिएसनका अध्यक्ष नवीन कोइराला भन्छन्, ‘विराटनगरबाट इन्धन ढुवानी गरेर बिक्री गर्दा प्रतिलिटर एक रुपैयाँ अतिरिक्त खर्च बढी लाग्न थालेको छ। हामीले केही दिन घाटा व्यहोरेर इन्धन उपभोक्तालाई दिएका हौ,’ उनले थपे, ‘पम्प व्यवसायीलाई घाटा हुन थालेपछि हामीले दुई दिन भयो भाउ बढाएको। काँकडभिट्टा नाका सुचारु भए लगतै निगमले तोकेको भाउमै हामी इन्धन बिक्री गर्छौं।’

पूर्वको झापा, इलाम, पाँचथर र ताप्लेजुङ गरी ६५ वटा पम्प छन्। झापामा मात्र ३५ वटा पम्प छन्। चार वटै जिल्लामा दैनिक एक लाख लिटर इन्धन खपत हुने गरेको चाराआली डिपोका प्रमुख श्रेष्ठले बताए। अहिले लकडाउन अवधिभरले इन्धन पर्याप्त मात्र आइरहेको छैन। त्यसमाथि विराटनगरबाट ल्याउँदा पर्दा झनै समस्या छ। आइतबारदेखि जिल्लामा इन्धन सहज हुने एसोसिएसनका अध्यक्ष कोइरालाले बताए।

ग्यासको मूल्य यथावत्
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य मेची पेट्रोलियम डिलर्स एसोसिएसनले लकडाउनको समयमा बढाएको बेला झापाका ग्यास उद्योगले भने एलपी ग्यासको मूल्य बढाएको छैन । झापामा चार वटा ग्यास उद्योग सञ्चालनमा छ । ग्यास उद्योगहरूले पनि भारतबाटै एलपी ग्यास ल्याइरहेका छन् । काँकडभिट्टा नाका बन्द भएपछि उनीहरू पनि जोगबनी–विराटनगर नाकाबाटै ग्यासका बुलेट भित्राइरहेका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

Nepse Bajar Introduces Innovative Portfolio Management System (PMS) – Empowering Investors to Take Control of Their Stock Portfolios

अर्किड कलेजकी परीक्षा भइन चितवन जिल्ला प्रथम

भि ग्रुपले प्राप्त गर्यो अन्तरास्ट्रिय गुणस्तर(ISO) चिन्हको प्रमाणपत्र

ट्रेन्डिङ

सबै

Nepse Bajar Introduces Innovative Portfolio Management System (PMS) – Empowering Investors to Take Control of Their Stock Portfolios

अर्किड कलेजकी परीक्षा भइन चितवन जिल्ला प्रथम

भि ग्रुपले प्राप्त गर्यो अन्तरास्ट्रिय गुणस्तर(ISO) चिन्हको प्रमाणपत्र

गठबन्धन सरकार कसैले हिलाएर हिल्दैन, पाँच वर्ष चल्छ : प्रधानमन्त्री दाहाल

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

Nepse Bajar Introduces Innovative Portfolio Management System (PMS) – Empowering Investors to Take Control of Their Stock Portfolios

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६
सम्पर्क
मोबाइल – 9846782512
ई–मेल
narayanidainik@gmail.com

हाम्रो टीम

सम्पादक
विक्रम रेग्मी

संवाददाता
सिर्जना ढकाल
बिबेक अधिकारी
अमिर

भिडियो न्युज
बबिता

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2023 Narayani Dainik | All rights Reserved.