• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
बिहिबार, असोज ०८, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

शनिबारसम्म वर्षा निरन्तर बढ्ने संकेत, सावधानी अपनाउन आग्रह “

चुरोट तथा सुर्तीजन्य पदार्थ बोकेर आएका व्यक्ति विमानस्थलमै पक्राउ

नेपाल वादरियो कराते चितवनमा नयाँ नेतृत्व, अध्यक्षमा निशान्त धमला

थ्री एन्जल नेपाल,चितवनको पहलमा १० दिनपछि धादिङमा फेला परिन राक्सिराङकी १५ बर्षीय किशोरी

मलेसिया रोजगारीको सिन्डिकेट तोड्न प्रधानमन्त्री शाहको निर्देशन

भरतपुर महानगर सभापतिका दाबेदार बुद्धिकान्त न्यौपाने वडा–६ बाट सर्वसम्मत प्रतिनिधि चयन

धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

सञ्चारमन्त्रीसँग कोरियाका राजदूतद्वारा शिष्टाचार भेट

मानव-वन्यजन्तु द्वन्द्व घटाउन ४० करोडको लगानिमा कंक्रिट वाल,तर निर्माण अझै अपुरो – मानबहादुर स्याङ्बो

लोकप्रिय समाचार

  • १. धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

  • २. चुरोट तथा सुर्तीजन्य पदार्थ बोकेर आएका व्यक्ति विमानस्थलमै पक्राउ

  • ३. शनिबारसम्म वर्षा निरन्तर बढ्ने संकेत, सावधानी अपनाउन आग्रह “

  • ४. मलेसिया रोजगारीको सिन्डिकेट तोड्न प्रधानमन्त्री शाहको निर्देशन

  • ५. सञ्चारमन्त्रीसँग कोरियाका राजदूतद्वारा शिष्टाचार भेट

  • ६. भरतपुर महानगर सभापतिका दाबेदार बुद्धिकान्त न्यौपाने वडा–६ बाट सर्वसम्मत प्रतिनिधि चयन

  • ७. नेपाल वादरियो कराते चितवनमा नयाँ नेतृत्व, अध्यक्षमा निशान्त धमला

  • ८. थ्री एन्जल नेपाल,चितवनको पहलमा १० दिनपछि धादिङमा फेला परिन राक्सिराङकी १५ बर्षीय किशोरी

जुम्लामा उत्पादन भएको स्याउको अधिक माग



  •   बुधबार, साउन ०६, २०८३
  • A
  • A+
  • A++

कर्णाली, ६ साउनः आमनेपालीले जुम्लामा उत्पादन भएका स्याउ रुचाउन थालेका छन् । चिकित्सक स्याउलाई उच्चकोटीको फल मान्दछन् । स्याउको बोक्रा नतासिकन खाँदा पर्याप्तमात्रामा फाइबार पाइने भएकाले पेटसम्बन्धी रोग नलाग्ने बताइन्छ ।

जुम्लामा गत आव २०८२÷८३ मा एक करोड ८२ लाख ४५ हजार केजी स्याउ उत्पादन भएको थियो । उत्पादनको झन्डै ७० प्रतिशत स्याउ नेपाली बजारमानै खपत भएको छ ।

सो आर्थिक वर्षमा एक करोड २६ लाख ५४ हजार केजी स्याउ नेपाली बजारमा खपत भएको छ । उत्पादनको करिब ३० प्रतिशत अर्थात् ५५ लाख ९१ हजार केजी स्याउ भारत निर्यात भएको कृषि विकास कार्यालय जुम्लाका कार्यालय प्रमुख रामभक्त अधिकारीले बताउनुभयो ।

भारतमा बिक्री भएको स्याउबाट गत वर्ष जुम्लाले रु ४१ करोड ३७ लाख ३४ हजार आम्दानी गरेको छ । प्रतिकेजी रु ७४ मा स्याउ बिक्री गरी जुम्लाले उक्त आम्दानी गरेको हो । भारतमा जुम्लाको स्याउलाई ‘पहाडीय चिसो स्याउ’ भनेर त्यहाँका उपभोक्तले रुचाउने गरेको अधिकारीले राससलाई बताउनुभयो ।

कृषि विकास कार्यालय, जुम्लाले भारतमा स्याउको अधिक माग भएपछि चालु आव २०८३÷८४ मा भारततर्फ झण्डै रु ८० करोडको स्याउ निर्यात गर्न दुई करोड ७० हजार केजी स्याउ उत्पादन गर्ने लक्ष्यअनुरुप स्याउ उत्पादनलाई प्राथमिकता दिइएको छ ।

स्याउका दान हेर्दा आकर्षक नदेखिए पनि खाँदा गुलियो स्वाद भएकै कारण नेपाली तथा भारतीय बजारमा ‘जुम्ली स्याउ’को माग अकासिँदै गएको तथ्याङ्कबाट पुष्टि हुन्छ ।

जुम्लामा झण्डै चार हजार ६०५ हेक्टर अर्थात् ९२ हजार ८० रोपनी क्षेत्रफलमा स्याउखेती गरिएको छ । चालु आवमा झण्डै १०८ हेक्टर अर्थात् दुई हजार १६० रोपनी थप क्षेत्रफलमा स्याउखेती विस्तार गरिने लक्ष्य छ ।

अधिकारीले भन्नुभयो, “गत वर्षभन्दा यस वर्ष स्याउको उत्पादन र उत्पादकत्व बढाउने उद्देश्यले गत पुसदेखि माघसम्म यहाँका ८०० किसानलाई स्याउ बगैँचा काटछाँटको अभियान चलाएका छौँ । यसले स्याउको दाना ठूला, पोटिला, स्वादिष्ट, रङसहित आकर्षक हुने र किसानले उचित मूल्य प्राप्त गर्ने अपेक्षा गरेका छौँ ।”
—रासस

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

शनिबारसम्म वर्षा निरन्तर बढ्ने संकेत, सावधानी अपनाउन आग्रह “

चुरोट तथा सुर्तीजन्य पदार्थ बोकेर आएका व्यक्ति विमानस्थलमै पक्राउ

नेपाल वादरियो कराते चितवनमा नयाँ नेतृत्व, अध्यक्षमा निशान्त धमला

ट्रेन्डिङ

सबै

शनिबारसम्म वर्षा निरन्तर बढ्ने संकेत, सावधानी अपनाउन आग्रह “

चुरोट तथा सुर्तीजन्य पदार्थ बोकेर आएका व्यक्ति विमानस्थलमै पक्राउ

नेपाल वादरियो कराते चितवनमा नयाँ नेतृत्व, अध्यक्षमा निशान्त धमला

थ्री एन्जल नेपाल,चितवनको पहलमा १० दिनपछि धादिङमा फेला परिन राक्सिराङकी १५ बर्षीय किशोरी

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

शनिबारसम्म वर्षा निरन्तर बढ्ने संकेत, सावधानी अपनाउन आग्रह “

धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

चुरोट तथा सुर्तीजन्य पदार्थ बोकेर आएका व्यक्ति विमानस्थलमै पक्राउ

शनिबारसम्म वर्षा निरन्तर बढ्ने संकेत, सावधानी अपनाउन आग्रह “

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवर्द्धनसम्म

पोखरा महानगरद्वारा बाढी प्रभावितका लागि ४५ लाख सहयोग

भोटेकोशी बाढीः रसुवागढी जलविद्युत् आयोजना स्थलमा उद्धार टोली परिचालित

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.