• समाचार
  • नारायणी सेरोफेरो
  • राजनीति
  • स्वास्थ्य / जीवनशैली
  • कृषि
  • खेलकुद
  • मनोरञ्जन
  • साहित्य
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • ग्यालरी / फिचर
  • भिडियो
  • रोचक समाचार
  • रोजगारी
  • विचार
  • विज्ञान/प्रविधि
  • समाज
×
सोमबार, जेठ ०२, २०७९
☰
सोमबार, जेठ ०२, २०७९
    • समाचार
    • राजनीति
    • नारायणी सेरोफेरो
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U

भर्खरै

लोकप्रिय समाचार

दरबार हत्याकाण्ड र राजनीतिक परिवर्तनको सम्बन्ध शंकास्पद


  •   सोमबार, जेठ १९, २०७७
  • A
  • A+
  • A++

तत्कालिन राजा वीरेन्द्र शाहको वंशनाश हुने गरी दरबार हत्याकाण्ड भएको १९ वर्ष पुरा गरी वर्ष पुगेको छ । आजभन्दा ठिक १९ वर्ष अघि २०५९ जेठ १९ गते तत्कालिन राजा वीरेन्द्र शाह र उनको परिवारको हत्या भएको थियो ।

नेपालको राजनीतिलाई नयाँ मोडमा लाने उक्त हत्याकाण्डमा तत्कालिन युवराज दीपेन्द्र शाहलाई मुख्य दोषी देखाइएको छ । सरकारद्वारा गठित छानविन समितिहरुले दीपेन्द्रले केही समययता भएको पारिवारिक विवादका कारण बाबुआमा, भाई र बहिनीसमेतमाथि गोली चलाएको निष्कर्ष निकालेको थियो । त्यसपछि उनी स्वयंले आत्महत्या गरेको भनिएको छ ।

वीरेन्द्रको सन्तानका रानी ऐश्वर्या, छोराहरु युवराज दीपेन्द्र, अधिराजकुमार निराजन, छोरी अधिराजकुमारी श्रुती, भाइ अधिराजकुमार धिरेन्द्र, दिदीहरु शोभा सिंह र शारदा शाहका अलावा ज्वाईं कुमार खड्ग विक्रम शाहसमेत कुल १० जनाको दरबार हत्याकाण्डमा ज्यान गएको थियो । यो घटना राष्ट्रिय अन्तर्राष्ट्रिय चर्चामा आएको थियो । घटनाको मुख्य कारण दीपेन्द्र शाह र देवयानी राणाको प्रेमसम्बन्ध रही विवाह गर्न खोज्दा परिवारले नमानेपछि आक्रोशित भई स्वचालित हतियार चलाउँदा भएको भनिएको छ । तर, घटनाबारे अझै आशंका मेटिएको छ ।

दरबारभित्रको शक्तिसंघर्षले उक्त घटना भएको आशंका गर्नेहरु पनि छन् । यसमा विदेशीको हात रहेको भन्दै शंकाहरु नउठेका होइनन् । तर, त्यसको औपचारिक रुपमा पुष्टि हुनसकेको छैन । नेपालको इतिहासको एउटा कालो रातका रुपमा १९ जेठ २०५८ को शुक्रबार साँझलाई लिइएको छ ।

दरबार हत्याकाण्ड भएको चार वर्षमै देशमा गणतन्त्रको ढोका खुलेको थियो । त्यसपछि संविधानसभाको चुनाव भई २०६५ सालमा गणतन्त्र घोषणा भई २४० वर्ष लामो शाहवंशको शासन अन्त भएको थियो । यसकारण पनि दरबार हत्याकाण्डमै पछिसम्मको राजनीतिक परिवर्तनको योजना थियो कि भन्ने शंका गर्ने ठाउँ बनेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

आज देशभर बदली, दिउँसाे यी प्रदेशमा चट्याङ सहित वर्षा हुँदै

बाघको आक्रमणबाट एकजना बेपत्ता

विद्यालयवाट घर फर्कदै गरेकी कक्षा १० मा पढ्ने किशोरीको बाटोमै हत्या

ट्रेन्डिङ

सबै

चुनावमा खटिन नमान्ने कर्मचारीलाई कारबाही हुने

सत्ता गठबन्धनको चुनावी सभा Live , भरतपुर बाट

निर्वाचन नजिकदै गर्दा घर भेटमा तीब्रता

कांग्रेस आफूले धोका खाए पनि अरुलाई धोका दिँदैन : देउवा

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

आजदेखि देशभरका बालिबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

जहाजको टायर पड्किदा, भैरहवा विमानस्थल अवरुद्ध

विवेकशील साझा पार्टीको भरतपुर मेयरको उम्मेदवार प्रविन काफ्ले

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
सम्पर्क
मोबाइल – 9846782512
ई–मेल
narayanidainik@gmail.com

हाम्रो टीम

सम्पादक
विपिन कंडेल

संवाददाता
सृजना ढकाल

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2022 Narayani Dainik | All rights Reserved.