• समाचार
  • नारायणी सेरोफेरो
  • राजनीति
  • स्वास्थ्य / जीवनशैली
  • कृषि
  • खेलकुद
  • मनोरञ्जन
  • साहित्य
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • ग्यालरी / फिचर
  • भिडियो
  • रोचक समाचार
  • रोजगारी
  • विचार
  • विज्ञान/प्रविधि
  • समाज
×
मङ्गलबार, जेठ ०३, २०७९
☰
मङ्गलबार, जेठ ०३, २०७९
    • समाचार
    • राजनीति
    • नारायणी सेरोफेरो
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

सरिता गिरीकाे सांसद पद गुम्दै, पार्टीले निस्काशन गर्दै


  •   सोमबार, असार ०१, २०७७
  • A
  • A+
  • A++

काठमाडौँ : विवादित सांसद सरिता गिरीलाई समाजवादी पार्टीले पार्टीबाट निस्कासित गर्ने भएको छ ।

संविधान संशोधनका क्रममा पार्टी ह्विप विपरीत गएको भन्दै उनलाई कारबाही गरिने तयारी गरिएको समाजवादी स्रोतले बतायो ।

यसअघि उनले भारतबाट लिपुलेक, लिम्पियाधुरा र कालापानी लगायतका क्षेत्र फिर्ता लिन तथा ती क्षेत्रलाई नक्सामा उल्लेख गर्द‌ै राष्ट्रिय निशानमा समेत समेट्न गरिएको संविधान संशोधन प्रस्तावमाथि संशोधन हालेकी थिइन् । उनको सोही कदमले पार्टी उनीसँग असन्तुष्ट रहेको बताइन्छ ।

सांसद गिरीले आफू लिपुलेक र लिम्पियाधुरा नेपालको हो भन्ने कुरा नमान्ने समेत उल्लेख गरेकी थिइन् । शनिबार प्रतिनिधि सभामा भएको संविधान संशोधन बैठक पनि उनले बहिष्कार गर्दै बाहिरिएकी थिइन् । सोही दिन पार्टीका बरिस्ठ नेता डा. बाबुराम भट्टराईले पार्टी ह्विपविरुद्ध गएकाले सरिता गिरीलाई कारबाही गरिने बताएका थिए ।

यद्यपि पार्टीले उनलाई कारबाही गरेको अौपचारिक निर्णय सार्वजनिक गरिसकेको छैन । ‘हामीले उहाँलाई बोलाएर पार्टीको निर्णय मान्न सम्झायौं, स्रोतले भन्यो,‘ तर, उहाँले पार्टीको निर्देशन मान्नुभएन ।

पार्टी नेताहरु उपेन्द्र यादव बिराटनगरमा र डा. बाबुराम भट्टराई गोरखामा भएकाले दुबै नेता काठमाडौं फर्कनासाथ पार्टीको साधाराण सदस्याट समेत हटाइने पार्टी स्रोतले बतायो ।

संविधानको धारा ८९ को (ङ) मा जुन दलको उम्मेदवार भई प्रतिनिधिसभा सदस्य बनेको हो, त्यस्तो दलले दल त्याग गरेको कुरा सूचित गरेमा सांसद पद निलम्वन हुने प्रावधान छ ।

समाजवादी पार्टीकी नेतृ गिरी खस आर्यको कोटाबाट समानुपातिकतर्फकी सांसद भएकी हुन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

चुनावमा खटिन नमान्ने कर्मचारीलाई कारबाही हुने

सत्ता गठबन्धनको चुनावी सभा Live , भरतपुर बाट

ट्रेन्डिङ

सबै

चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

चुनावमा खटिन नमान्ने कर्मचारीलाई कारबाही हुने

सत्ता गठबन्धनको चुनावी सभा Live , भरतपुर बाट

निर्वाचन नजिकदै गर्दा घर भेटमा तीब्रता

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

जहाजको टायर पड्किदा, भैरहवा विमानस्थल अवरुद्ध

आजदेखि देशभरका बालिबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

विवेकशील साझा पार्टीको भरतपुर मेयरको उम्मेदवार प्रविन काफ्ले

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
सम्पर्क
मोबाइल – 9846782512
ई–मेल
narayanidainik@gmail.com

हाम्रो टीम

सम्पादक
विपिन कंडेल

संवाददाता
सृजना ढकाल

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2022 Narayani Dainik | All rights Reserved.