गाेरखा- सिरानचाेक गाउपालिकाकाे केन्द्र चित्रेपाेखरी कायम भएकाे छ । बुधबार बसेकाे सभा तथा अधिबेशनले गाउपालिकाकाे केन्द्र वडा न ५ काे चित्रेपाेखरी कायम गरेकाे हाे ।
असार २४ गते बसेकाे २१औं गाउसभाकाे बैठकले गाउपालिकाकाे केन्द्र चित्रेपाेखरी सार्न प्रस्ताव गरेकाे थियाे ।
१६ जना कार्यपालिका सदस्य रहेकाे गाउपालिकाका १३ सदस्यले चित्रेपाेखरी केन्द्र कायम गर्न प्रस्ताव पेश गरेका थिए ।
अाज भएकाे मतदानमा ४२ सदस्यिय सदस्यमा चित्रेपाेखरीकाे पक्षमा ३७ मत खसेकाे थियाे भने ५ मत विपक्षमा परेकाे थियाे ।
चित्रेपाेखरीका स्थानियले गत अाइतबार ५० राेजनी जग्गा गाउपालिकालाइ निशुल्क दिने घाेषणा गरेका थिए।
नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र जनता समाजवादी पार्टीका स्थानिय नेताहरूकाे बैठकले गाउपालिकालाइ निशुल्क जग्गा उपलब्ध गराउने निर्णय गरेका थिए ।
गाउपालिकाकाे केन्द्र हाल साविककाे छाेप्राक गाउ विकास समितिकाे भवन ‘मैदान’मा छ । कार्यपालिकामा नेपाली काँग्रेसका २९, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का १२ तथा जनता समाजवादी पार्टीका २ सदस्य रहेका छन् । साभार: गोर्खा सन्देश