• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
आइतबार, असार २८, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा मन्त्री चौधरीको जोड

अल्भारेजको निर्णायक गोलमा अर्जेन्टिना विश्वकप सेमिफाइनलमा

राष्ट्रियसभाबाट ‘राष्ट्र ऋण उठाउने’ विधेयक स्वीकृत

निर्माण क्षेत्रका समस्या समाधान गर्न सरकार सकारात्मक छः प्रधानमन्त्री

लमजुङ कारागार बजेट अभावमा रोकियो

सवारीसाधन दुर्घटनामा मृत्यु

विषादीको व्यवसाय जथाभावी गर्न नपाइने

बिमा कार्यक्रम बन्दः सेवाग्राही समस्यामा

अर्जेन्टिनाको रोमाञ्चक जित

लोकप्रिय समाचार

  • १. बिमा कार्यक्रम बन्दः सेवाग्राही समस्यामा

  • २. मेक्सिकोलाई पराजित गर्दै इङ्ग्ल्यान्ड विश्वकपको क्वाटरफाइनलमा

  • ३. भूमिहीन र सुकुमवासीलाई लालपुर्जा वितरण जारी रहन्छ : मन्त्री रावल

  • ४. सरकारका १०० दिन : आन्तरिक रोजगारको सिर्जना र वैदेशिक रोजगार व्यवस्थितमा केन्द्रित श्रममन्त्रालय

  • ५. पहिरोका कारण सडक अवरुद्ध

  • ६. गृहमन्त्री गुरुङ झापाको सीमा सुरक्षा र हात्ती प्रभावित क्षेत्रमा

  • ७. सडक सुरक्षाका लागि सबै राजमार्गमा ‘अन्डरपास’ र ‘ओभरपास’ बनाइने : मन्त्री लम्साल

  • ८. सवारीसाधन दुर्घटनामा मृत्यु

  • ९. विज्ञान र प्रविधिका क्षेत्रमा नयाँ कार्यक्रम तय हुँदैछ : मन्त्री पुन

  • १०. लमजुङ कारागार बजेट अभावमा रोकियो

उपत्यकामा १५९ सहित देशभर ६८१ सङ्क्रमित थप



  •   बुधबार, भदौ ०३, २०७७
  • A
  • A+
  • A++

काठमाडौं उपत्यकामा १५९ सहित देशभरमा ६८१ नयाँ सङ्क्रमित थपिएका छन् । आज थपिएका सङ्क्रमितमध्ये ४६५ पुरुष र २१६ महिला छन् । उपत्यकामा थपिएका सङ्क्रमितमध्ये काठमाडौँमा १३४, ललितपुरमा १७ र भक्तपुरका आठ रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले बताउनुभयो । पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरी ११ हजार ५२२ नमूना परीक्षण भएको थियो । हालसम्म पाँच लाख ५४ हजार ३८८ नमूना परीक्षण भइसकेको छ ।

देशभरमा गरी पछिल्लो २४ घण्टामा १२० जना सङ्क्रमित निको भएका छन् । हालसम्म निको हुनेको सङ्ख्या १७ हजार ७०० रहेको छ । यो जम्मा सङ्क्रमितमध्ये ६१ दशमलव २ प्रतिशत हो । देशभरमा क्वारेइन्टिनमा रहनेको सङ्ख्या १३ हजार ५७१ रहेको छ । देशभर जम्मा ११ हजार ११८ सक्रिय सङ्क्रमितमध्ये सात हजार ९२७ संस्थागत आइसोलेसन र तीन हजार १३१ होम आइसोलेसनमा रहेका छन् ।

प्रदेशअनुसार संस्थागत सक्रिय सङ्क्रमित प्रदेश नं १ मा एक हजार ६०, प्रदेश नं २ मा दुई हजार ३७, बाग्मती प्रदेशमा दुई हजार ६७९, गण्डकी प्रदेशमा ४ मा २८८, प्रदेश नं ५ मा ८३८, कर्णाली प्रदेशमा २४५ र सुदुर पश्चिम प्रदेशमा ८३० रहेका छन् । त्यस्तै, होम आइसोलेनमा प्रदेश नं १ मा २०५, प्रदेश नं २ मा दुई हजार ५४५, बाग्मती प्रदेशमा १११, गण्डकी प्रदेशमा २७, प्रदेश नं ५ मा २०४, कणार्ली प्रदेशमा ११ र सुदुर पश्चिम प्रदेशमा २८ रहेका छन् ।

देशभरमा गरी ११३ सङ्क्रमित आइसियुमा छन् । प्रदेश नं १ मा १०, प्रदेश नं २ मा ४६, बाग्मती प्रदेशमा ५७, गण्डकी प्रदेशमा छ र प्रदेश नं ५ मा १२ जना आइसियूमा रहेका छन् । बाग्मती प्रदेशमा छ जना सङ्क्रमित भेण्टिलेटरमा रहेका छन् । नेपालमा प्रति १० लाख जनसङ्ख्यामा आजसम्म १८ हजार ९९८ जनामा पिसिआर परीक्षण भएको छ भने प्रति १० लाख जनसङ्ख्यमा निधन ४ दशमलव १ रहेको छ । मन्त्रालयको कल सेन्टरमा पछिल्लो २४ घण्टामा ८३० कल प्राप्त भएको पनि डा गौतमले बताउनुभयो ।

जिल्लागत रुपमा काठमाडौँमा १३४, ललितपुरमा १७ र भक्तपुरका आठ नयाँ सङ्क्रमित फेला परेका छन् । ओखढुङ्गामा एक, झापामा १६, पाँचथरमा एक, मोरङमा ६९, सुनसरी ३६, धनुषा २८, पर्सा १०८, बारा १५, महोतरी १२, रौतहट चार, सप्तरी १३, सर्लाही १९, सिराहा १९ जना सङ्क्रमित फेला परेका छन् । त्यस्तै, चितवान २४, धादिङ्ग एक, कास्की पाँच, गोरखा तीन, तनहुँ चार, नवलपरासी पूर्ब १२, लमजुङ तीन, कपिलबस्तु छ, दाङ तीन, नवलपरासी एक, पाल्पा एक, प्युठान दुई र बर्दिया दुई छन् । बाँके १८, रुपन्देही ५२, जुम्ला नौ, दैलेख चार, सल्यान १७, सुर्खेत १३, अछाम तीन, कैलाली तीन र डोटीमा चार जनामा सङ्क्रमण पुष्टि भएको हो ।
थप छ जनाको निधन

पछिल्लो २४ घण्टामा कोभिडका कारण थप छ जनाको मृत्यु भएसँगै देशभरमा सङ्क्रमणका कारण निधन हुनेको सङ्ख्या १२० पुगेको छ । पछिल्लो विवरणअनुसार, मृत्यु हुनेमा काठमाडौँ र बर्दियाका एक÷एक जना पुरुष, मोरङ, भक्तपुर, चितवान र सुनसरीका महिला छन् । प्रवक्ता गौतमले मेडिकल कलेजले जम्मा श्ययामध्ये एक तिहाई र निजी अस्पतालले २० प्रतिशत श्यया छुट्टाउनुपर्ने बताउनुभयो । सङ्क्रमण अझै केही वर्षसम्म रहनसक्ने विश्व स्वास्थ्य सङ्गठनले बताएकाले त्यसको तयारीका लागि अस्पतालले श्यया छुट्टाउनुपर्ने उहाँको भनाइ छ । निजी अस्पतालमा उपचारका लागि आउने जो कोहीलाई कोरोना देखिन सक्ने उहाँको भनाइ छ । कोभिडका लागि श्यया छुट्याउने अस्पताललाई कोभिड परीक्षणको अनुमति दिइने उहाँले जानकारी दिनुभयो । सरकारी अस्पतालका श्यया भरिँदै गएकाले पनि निजीले तयारी गर्नुपर्नेमा उहाँको जोड छ । उहाँले भन्नुभयो, “अरु रोगको उपचारका लागि आएका बिरामीलाई कोरोना पुष्टि भएमा त्यही राखेर उपचार गर्नुपर्छ ।”

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा मन्त्री चौधरीको जोड

अल्भारेजको निर्णायक गोलमा अर्जेन्टिना विश्वकप सेमिफाइनलमा

राष्ट्रियसभाबाट ‘राष्ट्र ऋण उठाउने’ विधेयक स्वीकृत

ट्रेन्डिङ

सबै

मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा मन्त्री चौधरीको जोड

अल्भारेजको निर्णायक गोलमा अर्जेन्टिना विश्वकप सेमिफाइनलमा

राष्ट्रियसभाबाट ‘राष्ट्र ऋण उठाउने’ विधेयक स्वीकृत

निर्माण क्षेत्रका समस्या समाधान गर्न सरकार सकारात्मक छः प्रधानमन्त्री

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

अल्भारेजको निर्णायक गोलमा अर्जेन्टिना विश्वकप सेमिफाइनलमा

मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा मन्त्री चौधरीको जोड

बिमा कार्यक्रम बन्दः सेवाग्राही समस्यामा

मेक्सिकोलाई पराजित गर्दै इङ्ग्ल्यान्ड विश्वकपको क्वाटरफाइनलमा

भूमिहीन र सुकुमवासीलाई लालपुर्जा वितरण जारी रहन्छ : मन्त्री रावल

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

ट्रकको ठक्करबाट एक महिलाको मृत्यु

बिमा कार्यक्रम बन्दः सेवाग्राही समस्यामा

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.