बोक्साको आ’रोप लगाउने ६ जनालाई प्रहरीले प’क्राउ गरेको छ । प’क्राउ पर्नेमा हरिहरपुरगढी गाउँपालिका—५ हात्तिदमारकी ३० वर्षीया हरिमाया वाइवा, २३ वर्षीय शुकबहादुर वाइवा, ५० वर्षीया फूलमाया वाइवा, २६ वर्षीया रजिनामाया वाइवा, २४ वर्षीय लाल भनिने तासिङ लामा र काभ्रे धुलिखेल नगरपालिका—८ का २२ वर्षीय सुरेन्द्र तामाङ वाइवा छन् ।
सोही ठाउँ बस्ने लक्ष्मण बम्जनलाई बोक्सा भन्दै हा’त’पात गरेको प्राप्त उजुरीका आधारमा उनीहरुलाई यही भदौ ७ गते प’क्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक श्यामहादुर खत्रीले बताउनुभयो । प’क्राउ परेका सबैलाई जिल्ला अदालत सिन्धुलीबाट सात दिनको म्याद थप गरी बोक्सीको आ’रोप लगाइएको मु’द्दामा थप अ’नुसन्धान भइरहेको उहाँले बताउनुभयो ।