भक्तपुरकाे सुडाल कलमसीमा १०८ फिट अग्लाे कल्पेश्वर महादेव विशाल मुर्ति बन्ने भएको छ ।
आज विजय एकादशीका दिनकाे सु-अवसरमा कलमसी कल्पेश्वर महादेव तथा कालिका देवी मन्दिर संरक्षण समाजकाे आयाेजनामा ललितपुरकाे बालकुमारी मन्दिरदेखि भक्तपुरकाे कलमसी कल्पेश्वर धाम सम्म भएको १० अाैँ शिव पर्वती रथ यात्रामा उक्त मन्दिरकाे संकल्प पुजा गरि मुर्ति बन्ने कुराकाे घाेषणा गरेकाे हाे।
लामाे समयदेखि निर्माण गर्ने विभिन्न कार्यहरूकाे याेजना बनाई , त्यस क्षेत्रकाे जग्गा खालि गरी 108 राेपनी जमिनमा अाज विजय एकादशीका दिनकाे अवसरमा शिव तान्त्रिक गुरू बुद्धि कुमार गुरूज्युले उपस्थिति सम्पुर्ण भक्तजनहरूलाई १००८ शिवलिङग दान गर्नलाई शिवमुर्ती निर्माण हुने स्थलमा संकल्प पुजा गराउनु भएको थियोे ।
शिव पार्वती रथ यात्राकाे एक विशेष अाैपचारिक कार्यक्रममा शिव तान्त्रिक गुरू बुद्धि कुमार ज्यु, प्रमुख अतिथि प्रदेश सभाका संसद कृष्णलाल भण्डेल, विशिष्ट अतिथि मेघा हस्पिटलका निर्देशक किशाेर जङ्ग राणा, पशुपति विकास काेषका काेषाध्यक्ष डा.मिलन कुमार थापा, चागुनारायण नगरपालिका प्रमुख साेम मिश्र अतिथिहरूमा वडाध्यक्ष परासर सापकोटा , समाजसेवी /व्यवसायी उरगेन तामाङ , निर्माण तामाङ लगायत त्यस क्षेत्रका सामाजिक , धार्मिक एवम् आध्यात्मिक व्यत्तिहरूकाे विशेष उपस्थिति रहेकाे थियोे ।
विगत दश बर्षदेखि निरन्तर रूपमा ललितपुरकाे बालमुमारि मन्दिरदेखि भक्तपुरकाे कलमसी कल्पेश्वरमा शिव पार्वतीकाे रथ यात्रा हुदै आइरहेकाे कुरा आयाेजकले बताएका छन । हरेक बर्ष शिवरात्रिकाे दुई दिन अघि हुने उक्त रथ यात्रामा हजारौं भक्तजनहरू उपस्थिति हुने गरेकाे छ ।