• समाचार
  • नारायणी सेरोफेरो
  • राजनीति
  • स्वास्थ्य / जीवनशैली
  • कृषि
  • खेलकुद
  • मनोरञ्जन
  • साहित्य
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • ग्यालरी / फिचर
  • भिडियो
  • रोचक समाचार
  • रोजगारी
  • विचार
  • विज्ञान/प्रविधि
  • समाज
×
बुधबार, जेठ ०४, २०७९
☰
बुधबार, जेठ ०४, २०७९
    • समाचार
    • राजनीति
    • नारायणी सेरोफेरो
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

नेपाललाई प्रगतीको बाटो मा अघि बढाउने सिद्धान्त बोकेका छौ :प्रचण्ड


  •   मङ्गलबार, मङि्सर २१, २०७८
  • A
  • A+
  • A++

काठमाडौँ, मङ्सिर २१ : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीको ध्यान नयाँ विचारको विकास गर्दै देशलाई एकताबद्ध गर्नमा रहेको बताउनुभएको छ ।

खुमलटारमा आज आयोजित पर्सा जिल्लाबाट नेकपा एमाले तथा जनता समाजवादी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गर्ने नेता तथा कार्यकर्तालाई पार्टीमा स्वागत गर्दै उहाँले मुलुकलाई नयाँ गति दिने गरी विचारको विकास गर्न लागिएको बताउनुभयो ।

अध्यक्ष प्रचण्डले भन्नुभयो, “त्यसकारण अहिले यो पटक देशैभरि बलियो पार्टी बनाउनुपर्छ भनेर हामी लागेका छौँ । हाम्रो ध्यान अब समाजवादी क्रान्तिको कसरी विकास गर्ने भन्नेमा छ ।”

उहाँले मधेसकै पहिचान र अधिकारका निम्ति आफूहरुले लडाइँ लडेको बताउनुभयो । उहाँले भन्नुभयो, “बीचमा मधेसी जनतामा भ्रम दिने पनि काम भयो । तर अहिले मधेसमा माओवादी केन्द्रप्रति लहर आएको छ । म मधेसका विभिन्न जिल्लाका कार्यक्रममा जाँदा मैले जनतामा माओवादीप्रति उत्साह देखेको छु ।”

मधेसी जनताको मुक्ति र अधिकारको कुरा गर्ने र उनीहरुलाई अगाडि बढाउने हो भने माओवादी केन्द्रबाहेक अरू कसैको पनि विचार त्यहाँका जनताको पक्षमा नभएको उहाँको दाबी थियो ।

उहाँले भन्नुभयो, “हाम्रो पहिचान र अधिकारको निम्ति लड्ने पार्टी त माओवादी नै हो रहेछ भन्ने चेतना अहिले बिस्तारै आउँदै गएको छ ।”

एकअर्को प्रसङ्गमा अध्यक्ष दाहालले आफूले नेपालको समाजवाद कस्तो हुने भन्नेमा बहस गर्ने र नेपाली जनतालाई अझ माथि कसरी उठाउने भन्ने बारेमा प्रतिवेदन लेखिरहेको बताउनुभयो ।

उहाँले पार्टीमा पुनः जोडिन आएका नेता तथा कार्यकर्ताहरुलाई उचित जिम्मेवारी दिने प्रतिबद्धता व्यक्त पनि व्यक्त गर्नुभयो ।

पार्टी प्रवेश गर्ने विभिन्न पार्टीका नेता तथा कार्यकर्ताले माओवादी मधेसका जनताको वास्तविक हक अधिकारका लागि लड्ने पार्टी भएको बताउनुभएको थियो । झन्डै दुई दर्जन नेता तथा कार्यकर्ता एमाले र जसपा परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

चुनावमा खटिन नमान्ने कर्मचारीलाई कारबाही हुने

सत्ता गठबन्धनको चुनावी सभा Live , भरतपुर बाट

ट्रेन्डिङ

सबै

चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

चुनावमा खटिन नमान्ने कर्मचारीलाई कारबाही हुने

सत्ता गठबन्धनको चुनावी सभा Live , भरतपुर बाट

निर्वाचन नजिकदै गर्दा घर भेटमा तीब्रता

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

आजदेखि देशभरका बालिबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

जहाजको टायर पड्किदा, भैरहवा विमानस्थल अवरुद्ध

विवेकशील साझा पार्टीको भरतपुर मेयरको उम्मेदवार प्रविन काफ्ले

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
सम्पर्क
मोबाइल – 9846782512
ई–मेल
narayanidainik@gmail.com

हाम्रो टीम

सम्पादक
विपिन कंडेल

संवाददाता
सृजना ढकाल

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2022 Narayani Dainik | All rights Reserved.