• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
शुक्रबार, साउन २२, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

सामाजिक सञ्जालमा किन बढ्दै छ मनोज कँडेलको चर्चा? नयाँ शृङ्खलाले बढायो उत्सुकता

भजनमा रमाउँदै चितवनका युवाः मन्दिरदेखि समाजसेवासम्म फैलिँदै एमआरआर अभियान

नेपाली बजारमा प्रवेशसँगै VIDA ले थाल्यो अन्तर्राष्ट्रिय यात्रा

नारायणी लिफ्टको १३ किलोमिटर नहर अतिक्रमणमा

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ

कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण

पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना

चार लाख भारतीय रकमसहित पक्राउ

सञ्चारमन्त्री डा तिमिल्सिनाद्वारा ककनीका समस्याबारे जनप्रतिनिधिसँग छलफल

लोकप्रिय समाचार

छात्रा बेहोस हुन थालेपछि विद्यालय बन्द

  •   शुक्रबार, मङि्सर २४, २०७८
  • A
  • A+
  • A++

जाजरकोट -जाजरकोट सदरमुकाम स्थित त्रिभुवन माध्यमिक विद्यालयका छात्राहरु पठनपाठनको समयमा हरेक दिन वेहोस हुन थालेपछि आइतवार सम्मका लागि विद्यालय बन्द गरिएको छ ।

६ कक्षा देखि १० कक्षा सम्मका छात्राहरु पठनपाठनकै समयमा केही दिन यता अकस्मात वेहोस हुने, चिच्याउने, कराउने, रुने लगायतका समस्या देखिन थालेपछि विद्यालय नै बन्द गर्नु

परेको प्रधानाध्यापक भक्तबहादुर मल्लले बताए । भुत लागेको भन्दै छात्राहरु काप्ने, कराउने, रुने गर्न थालेपछि केही दिन यता पठनपाठन समेत प्रभावित भएको छ ।

विहिवार १० जना भन्दा धेरै छात्राहरुमा त्यस्तो समस्या देखिएपछि चिकित्सकको सल्लाहमा आइतवार सम्मका लागि विद्यालय बन्द गरिएको प्रधानाध्यापक मल्लले बताए ।

केही बेर बेहोस हुने कराउने गरेपछि आफै ठिक हुने गरेको उनले बताए । केही समय पछि फेरी अरु छात्रालाई समेत यस्तो समस्या देखिएपछि विहिवार मध्यान्तर पछि विद्यालयको पठनपाठन बन्द भएको हो ।

केही समय अघि विद्यालयको छात्राबासमा बस्ने १२ कक्षामा अध्ययनरत एक छात्राले आत्महत्या गरेकी थिइन ।

आत्महत्या गरेकी ति छात्राको प्रेत चढेको विद्यार्थीहरुको भनाई छ । जिल्ला अस्पतालका चिकित्सकले त्रिभुवन माविका छात्राहरुमा देखिएको समस्या मास हिस्टेरिया भएको बताएका छन् ।

डा।समिक्षा मल्लले छात्राहरुमा देखिएको समस्या मास हिस्टेरिया भएकोले केही दिन विद्यालय बन्द गरेर सम्पर्क विच्छेद गरे विस्तारै समस्या आफै समाधान हुने बताउँछिन ।

यता विद्यालयले भने आत्महत्या गरेकी छात्राको आत्म शान्तिका लागि विद्यालयमा पुजापाठ र होम गर्ने जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

सामाजिक सञ्जालमा किन बढ्दै छ मनोज कँडेलको चर्चा? नयाँ शृङ्खलाले बढायो उत्सुकता

भजनमा रमाउँदै चितवनका युवाः मन्दिरदेखि समाजसेवासम्म फैलिँदै एमआरआर अभियान

नेपाली बजारमा प्रवेशसँगै VIDA ले थाल्यो अन्तर्राष्ट्रिय यात्रा

ट्रेन्डिङ

सबै

सामाजिक सञ्जालमा किन बढ्दै छ मनोज कँडेलको चर्चा? नयाँ शृङ्खलाले बढायो उत्सुकता

भजनमा रमाउँदै चितवनका युवाः मन्दिरदेखि समाजसेवासम्म फैलिँदै एमआरआर अभियान

नेपाली बजारमा प्रवेशसँगै VIDA ले थाल्यो अन्तर्राष्ट्रिय यात्रा

नारायणी लिफ्टको १३ किलोमिटर नहर अतिक्रमणमा

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

सामाजिक सञ्जालमा किन बढ्दै छ मनोज कँडेलको चर्चा? नयाँ शृङ्खलाले बढायो उत्सुकता

श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.