Narayani Dainik skip
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
बिहिबार, साउन १९, २०७९
☰
    • समाचार
    • राजनीति
    • नारायणी सेरोफेरो
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U

भर्खरै

लोकप्रिय समाचार

भ्रष्टाचार नियन्त्रणसहित २२ बुँदे माग पूरा गर्न सरकारमाथि राप्रपाको दबाब, देशभर प्रदर्शन



  •   शनिबार, असार २५, २०७९
  • A
  • A+
  • A++

राप्रपाले भ्रष्टाचार नियन्त्रणसहितका २२ बुँदे माग राखेर देशभर प्रदर्शन गरेको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहितको टोली १ असारमा प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको २२ बुँदे ज्ञापनपत्र सम्बोधनको माग राखेर शुक्रबार देशभर प्रदर्शन गरेको पार्टी प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार शुक्रबार देशभरि नै सानाठूला प्रदर्शनसहित ७७ जिल्लाका जिल्ला प्रशासन कार्यालयमा घेराउ र धर्ना दिइएको छ ।
आफ्नो माग पुरा गराउन दबाब दिने उद्देश्यले राप्रपा १३ असारदेखि आन्दोलनमा उत्रिएको छ । राप्रपाले १३ असारमा किसानलाई समयमै रासायनिक मल उपलब्ध गराउन माग गर्दै ७७ वटै जिल्लाका कृषि ज्ञान केन्द्रमा ज्ञापनपत्र र धर्ना दिएको थियो ।

आफ्नो माग सम्बोधन गर्न राप्रपाले १७ असार साँझ देशका सबै जिल्ला सदरमुकाममा राँके जुलुस सम्पन्न गरेको छ । १९ असारमा राप्रपा आबद्ध ट्रेड युनियनले श्रमिकको उचित ज्याला र श्रमिकको जीवन बिमाको व्यवस्था हुनुपर्ने भन्दै श्रममन्त्रीको ध्यानाकर्षण गराएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार सोही कार्यक्रमको निरन्तरता स्वरूप शुक्रबार भ्रष्टाचार नियन्त्रणको मागसहित देशका सबै जिल्लाका जिल्ला प्रशासन कार्यालयमा घेराउ र धर्ना दिएको हो ।

राप्रपाको विद्यार्थी संगठनले २७ असारमा देशभर सबै विद्यालयमा पाठ्यपुस्तक पु¥याउन र कक्षा १२ सम्मको अध्ययन निःशुल्क गराउन माग गर्दै शिक्षामन्त्रीलाई र ३१ असारमा महिला संगठनले महिला हिंसाका घटनाबारे महिला, बालबालिका मन्त्रीलाई विविध कार्यक्रम सहित ज्ञापनपत्र पेस गर्ने कार्यक्रम रहेको प्रवक्ता तथा प्रचार विभाग प्रमुख श्रेष्ठले जानकारी दिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

स्तनपान गराउने महिलाले बिर्सेर पनि सेवन नगर्नुस् यी खानेकुरा

राप्ती नगरपालिका-१० मा नाप नक्साको निस्सा वितरण

चितवनमा पत्रकार कृष्ण आचार्य कुटपिट प्रकरण : कुटपिटमा संलग्न विद्युतका प्रमुखसहित ८ जनाविरुद्ध मुद्धा दर्ता

ट्रेन्डिङ

सबै

स्तनपान गराउने महिलाले बिर्सेर पनि सेवन नगर्नुस् यी खानेकुरा

राप्ती नगरपालिका-१० मा नाप नक्साको निस्सा वितरण

चितवनमा पत्रकार कृष्ण आचार्य कुटपिट प्रकरण : कुटपिटमा संलग्न विद्युतका प्रमुखसहित ८ जनाविरुद्ध मुद्धा दर्ता

‘जे गर्छु, नेपालमै गर्छु’ भन्ने नारा सहित एमविए पढेर युवाले शुरु गरे ‘घडेरी बजार डटकम’

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

‘जे गर्छु, नेपालमै गर्छु’ भन्ने नारा सहित एमविए पढेर युवाले शुरु गरे ‘घडेरी बजार डटकम’

भरतपुर अस्पतालको भर्‍याङमुनि नवजात शिशु बेबारिसे भेटिए

जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको निधन

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
सम्पर्क
मोबाइल – 9846782512
ई–मेल
narayanidainik@gmail.com

हाम्रो टीम

सम्पादक
विपिन कंडेल

संवाददाता
सृजना ढकाल

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2022 Narayani Dainik | All rights Reserved.