काठमाडौँ, माघ १८ – नयाँ शक्ति विद्यार्थी युनियनको दोस्रो राष्ट्रिय महाधिवेशन यही माघ १६ र १७ गते त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरमा सम्पन्न भएको छ। महाधिवेशनले उपाध्यक्षमा भरत ढकाल लाई निर्वाचित गरेको छ। गोर्खा सिरान्चोक १ का ढकाल करिब डेढ दशक देखि निरन्तर विद्यार्थी राजनितीमा सक्रिय छन। विद्यार्थी माझ लोकप्रिय ढकाल विद्यार्थी राजनिती सदैव प्रतिपक्षी हुनुपर्ने मत राख्छन। विद्यार्थीको हक हितको लागी पटक-पटक सडक आन्दोलनको नेतृत्व गरेका ढकाल सडक बाघको रुपमा परिचित छन्।
संगठनका तत्कालीन अध्यक्ष नेत्र चापागाईंले लामो समय एक्लै उभिएर आधारभुत शिक्षाको सन्दर्भमा गरेको आन्दोलनलाई निष्कर्षमा पुर्याउन उनको महत्त्वपूर्ण भुमिका रहेको थियो। तत्कालिन शिक्षा मन्त्री सुमना श्रेष्ठ र हालका शिक्षा मन्त्री विद्या भट्टराई लगायत संग पटक पटकको वार्तामा महत्वपूर्ण भुमिका निभाएका थिए।
संगठनको नेतृत्वमा रहेर नेत्र चापागाईंले गेरेको योगदानलाई उनी उच्च प्रशंसा गर्छन्। चापागाईं विद्यार्थी राजनीतिमा पुस्तौ पुस्ताका निम्ति सम्झने नाम बनेको र आफुले उन प्रति गर्व गर्ने बताउछन।
त्यसैगरी उनी पार्टी अध्यक्ष डा बाबुराम भट्टराई को विश्वास पात्रको रुपमा समेत चिनिन्छन। र भविष्यमा उनलाई गोर्खाको प्रतिनिधित्व गर्दै देशको नीति निर्माण तहमा पुग्न सक्ने उदाउदो नेता मान्नेको संख्या पनि उल्लेख्य रहेको छ।